|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
अमेरिकाको लहैलहैमा भारत लाग्न नहुने काठमाडौं, May 18, 2008-नेपाल मामिलालाई लिएर भारतका विदेश नीति निर्धारकहरुबीच तीब्र बिबाद देखिएको खुलाशा भएको छ । नेपालका लागि भारतका एक पूर्व राजदूतले नेपाल र नेपालसंबन्धी नीतिलाई अमेरिकी आँखाले हेर्न नहुने बताएका छन् । नेपालकालागि पूर्व भारतीय राजदूत देब मुखर्जीले अमेरिकाको लहैलहैमा लागेर भारतले नेपाल नीति निर्धारण गरे त्यसको नकरात्मक असर भारतलाई पर्ने बताएका हुन् । उनले नेपालमा अमेरिकी स्वार्थ हावी हुन लागेको भन्दै यसतर्फ सचेत रहन भारत सरकारसँग आग्रह गरेका छन् । माओवादीलाई सत्तामा जान नदिन भारत र अमेरिकाले भित्री भूमिका खेलेको आशंका गिरंदै आएको छ । 'संविधान सभा निर्वाचनमा माओवादीले जितेपछि उ बैधानिक शक्तिमा बदलिएको छ, माओवादीको बैधानिक प्रशासन नमान्न अमेरिकाले खेल खेलिरहेको छ र भारतले त्यसलाई समर्थन गरेको छ भने त्यसले दक्षिण एसियालाई अस्थिरतातर्फ डोर्याउनेछ' मुखर्जीले भनेका छन्- 'भारत दक्षिण एसियालाई अस्थिर बनाउने अमेरिकी खेलमा लाग्नु हुँदैन ।' माओवादीको बैधानिक सत्तालाई अस्वीकार गर्दा तिब्बति मामिलालाई आधार बनाएर चीन सकृय हुने र त्यसको असर भारतलाई पर्ने राजदूत मुखर्जीको विश्लेषण छ । उनले भने- 'नेपालमा भैरहेको तिब्बति शरणार्थीको आन्दोलनप्रति चिनिया राजदूतले चेतावनी दिएका छन् । यो स्थितिमा अमेरिका र भारत मिलेर माओवादीलाई सत्तामा आउन नदिने हो भने चीनले माओवादीलाई समर्थन गर्न सक्छ । त्यो स्थितिमा अमेरिकी स्वार्थका कारण भारत र चीनबीच टकराव सिर्जना हुनसक्छ ।' यस्तो स्थिति आउन नदिन भारत चनाखो हुनुपर्ने बताएका राजदूत मुखर्जीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सत्ता नछाड्नकालागि नेपाली कांग्रेसभित्रका अमेरिकी लबीका मानिसहरुले उक्साएको संकेत गरेको श्रोतको भनाई छ । राजनीति सामरिक नीति र परराष्ट्र नीति निर्धारणकालागि भारतका थिङ्कट्याङ्कहरु सम्मिलित 'अब्जर्भर रिसर्च फाउन्डेसन' द्धारा आयोजित अन्तरकृयामा उनले यस क्षेत्रमा रहेको अमेरिकी स्वार्थबारे भारत सरकारले गहिरो अध्ययन गरेर पाइला चाल्नुपर्ने बताएका थिए । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®