Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सहमतिको सरकार बनाउन ठुल्दाइको सुझाब

काठमाडौं,  August 3, 2008- भारतले नेपालमा राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव दिएको छ ।

१९ साउनमा सार्क शिखर सम्मेलनका दौरान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटी भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले उक्त सुझाव दिएकॊ कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीसँगको भेटपछि सन्‍चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले भनेका छन्- 'भारतले नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने कामना गरेको छ ।' कोइरालाले नेपालको शान्ति प्रकृयामा भारतले पुर्याएको सहयोगको प्रशंशा गर्दै भविष्यमा पनि सहयोग जारी रहने अपेक्षा गरेका थिए ।

भारतीय प्रधानमन्त्रीले नेपालको शान्ति प्रकृया निष्कर्षमा पुर्याउन जुनसुकै सहयोगको प्रतिवद्धता व्यक्त गरेको जानकारी प्रधानमन्त्री कोइरालाले दिएका थिए । भारतीय प्रम डा. सिंहले नेपाल र भारत सुख दुःखको साथी हुन् भन्दै सहयोगका लागि सँधै तयार भएको बताएपछि आफू निकै उत्साही भएको कोइराला बताएका छन् ।

दुई प्रधानमन्त्रीबीचको भेटपछि भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले नेपालको शान्ति प्रकृयालाई सफल बनाउन जुनसुकै सहयोग गर्न भारत तयार रहेको दोहोर्याएका थिए । मुखर्जीले दुई देशका प्रधानमन्त्रीबीचको भेट आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण आयाम भएको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री सिंहबीचको भेटघाटमा भएको कुराकानीलाई नेपालको सत्ता-समीकरणसँग जोडेर हेरिएको छ । माओवादी नेतृत्वको सरकार गठनमा अनुदार देखिएको भारतले राष्ट्रिय सहमतिको सरकार गठनको नाममा कांग्रेसकै सरकार गठनमा भूमिका खेलेको विश्वास नेपालको राजनीतिक बृत्तमा हुन थालेको छ ।

राजिनामा दिइसकेपछि काम 'चलाउ सरकार' को प्रधानमन्त्री कोइराला आफ्नो पक्षमा भारत लगायतका सार्क राष्ट्रको समर्थन हासिल गर्नकै लागि सार्क सम्मेलनमा गएका थिए । सार्क सम्मेलनबाट फर्कंदा उनले नयाँ दिल्लीमा कांग्रेस आई की अध्यक्ष सोनिया गान्धी र भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीसँगपनि भेट्ने भएका छन् ।

त्यसैले प्रधानमन्त्री कोइराला सार्क सम्मेलनबाट फर्केपछिपनि राजनीतिक गतिरोधको अन्त्य हुने र सबैभन्दा ठूलो दलको नाताले माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना झन् झन क्षीण बन्दै गएको छ । सम्भवत: भारतीय नेताहरुले कोइरालालाई कुनैपनि हालतमा माओवादीलाई सत्ता नसुम्पन आग्रह गर्नेछन् ।

-Sitaram Baral in Kathmandu



   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®