Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली भूमिमा भारतीयहरुद्वारा स्कुल निमार्ण

काठमाण्डौ, 2 Feb, 09- संविधान सभा अन्तरगतको अन्तरराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको टोलीले भारतद्वारा पुर्वी नेपालको धेरै भागमा सिमा अतिक्रमण भएको ठहर गरेको छ ।

समितले गठन गरेको टोलीले १७ गतेदेखी जारी राखेको सिमा निरीक्षणको क्रममा झापा र ईलामको विभिन्न भागमा भारतीय पक्षले जवरजस्ती अतिक्रमण गरेको पाईएको टोलीका सयोजक पदमलाल विश्वकर्माले जानकारी दिए ।

विभिन्न सिमा क्षेत्रमा भारतीय एसएसविले नेपालीहरुलाई धम्की दिने र आतकित पार्ने गरेको पनि पाईएको छ । उनले झापाको महेशपुरमा मात्र नेपालका करीव ६० घर परिवार भारतीय पक्षको अतिक्रमणवाट प्रभावित भएको वताए ।

ईलामको पशुपति नगर फाटकमा नेपाली भुमिको १० फिट वरसम्म भारतीय पक्षले चेकपोष्ट खडा गर्नुका साथै घर पनि वनाएकॊ छ । कोर्खेमाने भन्ज्याङ, हिले पेनल, चार भन्ज्याङ, पाच माईल, श्रीन्तु, पानी ढलो र छव्विसेमा भारतले सिमा अतिक्रमण गरेको पाईएको टोलीले वताएको छ । भारतले १० गजामा एसएसवि क्याक्पको संरचना खेल मैदान जस्ता संरचनाहरु वनाएको छ ।

भारतीय अतिक्रमणको विरोध गर्दै चार भन्ज्याङ हिलेमा १० गजामा घर वनाउँदा ती घरहरु हटाउनु पर्ने भन्दै एसएसविले नेपालीहरुलाई धम्की दिदै आएको छ । ईलामकै पाच माईलमा भारतीयहरुले घर वनाएर एसएसवीले नया सिमाना राखेको पनि टोलीले जनाएको छ ।

यस्तै श्री अन्तुको गुफातालमा केही दिन यता ३ मिटर वाटो मिचेको छ । ईलामकै पानी ढलो मिचेर नेपाली भुमिमा भारतीयहरुले वृक्षरोपण गरेका छन् भने छव्विसेमा स्कुल निमार्ण गरेका छन् ।

माघ १७ गतेदेखी अध्ययन शुरु गरेको सो समितिले आज मेची नदी किनार आसपासको भद्रपुर लगायतका क्षेत्रमा गई अध्ययन गर्दैछ । यसैवीच ईलामकै सन्दकपुरमा अतिक्रमित भुमि अवलोकन गर्न भने भारतले रोक लगाएको छ ।
सुरक्षाको कारण देखाउदै भारतले सन्दकपुरमा जान नदिएको टोलीका एक सदस्यले जानकारी दिए । भारतीय वाटो हुदै जानु पर्ने भएकाले दुतावासमा अनुरोध गर्दा भारतीय दुतावासले तत्कालका लागि सुरक्षा प्रदान गर्न नसकिने वताएपछि टोली सन्दकपुर जान नसकेको हो ।

यसै गरी सुस्ता कालापानी लगायतको क्षेत्रमा भएको अतिक्रमणको अवलोकन गर्न सभासद नवीन्द्र राज जोशीको नेतृत्वमा एक टोली जादै छ ।

यसै गरी महाकालीको अतिक्रमित भु -भागको अवलोकन गर्न राधा ज्ञवालीको नेतृत्वमा एक टोली जादै छ । यो सवै टोलीले अध्ययन सकेपछि एक महिना भित्र प्रतिवेदन ल्याउने सयोजक विश्वकर्माले उल्लेख गरे।

-Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®