Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

भारतले माओवादी सरकारलाई सहयोग गर्ने

काठमाडौं, April 18, 2008-माओवादी सरकारलाई भारतले पूर्ण समर्थन गर्ने भएको छ । उसले नेपाली माओवादी र भारतीय माओवादी बीच कुनै सम्बन्ध नरहेकोपनि जनाएको छ ।

भारतीय गृहमन्त्रालयले बुधबार भारतीय र नेपाली माओवादीबीच कुनै सम्बन्ध नरहेको जानकारी संसदलाई गराएको थियो । भारतीय संसदका केही सदस्यहरुले नेपालमा माओवादीले विजय हासिल गरेकाले त्यसको फाइदा भारतीय माओवादीले लिनसक्ने बारे जिज्ञाशा राखेका थिए ।

आगामी हप्ता बन्ने विश्वास गरिएको माओवादी नेतृत्वको सरकारले भारतको समर्थन पाउला-नपाउला भन्ने बारेमा उत्पन्न आशंकालाई भारती गृहमन्त्रालयले संसदमा पठाएको यो जवाफबाट नेपाली माओवादीलाई राहत पुगेकोमात्र छैन नेपालकालागि भारतीय राजदूत शिवशंकर मुखर्जीले माओवादी नेतृत्वमा बन्ने सरकारलाई भारतले पूर्ण समर्थन गर्ने बताएर माओवादी नेतृत्वमा सरकार बन्नासाथ त्यसलाई समर्थन गर्ने संकेत दिनुभएको छ ।

गत हप्ता धनगढीको एक अस्पतालमा दुर्घटनामा परेका रिपोटस्र क्लबका अध्यक्ष ऋषि धमलाको स्वास्थ्यलाभको कामनाकालागि अस्पताल गएका भारतीय राजदूत मुखर्जीले सन्‍चारकर्मीहरुसँगको कुराकानीमा उपरोक्त कुरा बताएका हुन् । 'नेकपा माओवादी जनताको मत पाएर विजयी भएको हो' मुखर्जीले भने- 'नेपाली जनताको अभिमतलाई भारत सरकार जहिलेपनि सम्मान गर्छ ।'

उनले नेपाली जनताको समर्थन पाएको नेकपा माओवादी सँग सहकार्य गर्न पाउँदा भारत सरकार खुसी भएकोपनि बताए । उनको भनाई थियो- 'नेपालको शान्ति र विकास भारतको चाहना हो । यसकालागि जनताबाट निर्वाचित भएर जो आएपनि त्यो सरकारलाई भारत सरकारले समर्थन गर्नेछ ।'

भारतीय राजदूत मुखर्जी मंगलबार माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्ड निवास नयाँ बजार पुगेका थिए । यसैगरी भारतका विदेशमन्त्री प्रणब मुखर्जी र माओवादी अध्यक्षकाबीच त्यसैदिन फोनवार्तापनि भएको थियो । फोनवार्तामा विदेशमन्त्री मुखर्जीले प्रचण्डलाई पूर्ण सहयोगको बचन दिएका थिए । उता भारतीय संसद सदस्य निर्मलादेश पाण्डेसहित ३४ प्राध्यापक, पत्रकार र सामाजिक कार्यकर्ताहरुले माओवादीलाई बहुमत सहितको विजयकालागि संयुक्त रुपले बधाई दिएका छन् ।

-Sitaram Baral in Kathmandu




















































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®