Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भारतीय विदेशमन्त्री मुखर्जीले दिएको लाली पप, १९५० सन्‍धीबारे मौन

काठमाण्डौं, November 25, 2008- भारतले दार्चुलाको कालापानी र नवलपरासीको सुस्ता सीमा समस्या वार्ताबाट समाधान गर्न सहमति जनाएको छ ।

परराष्ट्रमन्त्री उपेन्द्र यादवसँगको भेटवार्ता पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले कालापानी र सुस्ता समस्या वार्ताबाट समाधान गर्न तयार रहेको बताउनु भएको हो ।

उहाँले पुराना सहमति पुनरावलोकन गर्न पनि सहमति जनाउनुभएको छ । कोशि बाँधको निर्माणकार्यको वारेमा जानकारी दिँदै मुखर्जीले भन्नुभयो 'आउने सन् २००९ मार्चसम्ममा कोशी पुरानै बाटोमा फर्काउन गरी टेक्निकल टोली तयारीमा लागेको छ ।'

मुखर्जीले परराष्ट्रमन्त्री यादवसँग परराष्ट्र मन्त्रालयमा करिब ३० मिनेटसम्म भेटवार्ता गर्नुभएको थियो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर मुखर्जीले शान्ति प्रकि्रया र संविधान निर्माणमा दलहरुबीच सहमति हुनु पर्नेमा जोड दिनुभएको छ ।

मुखर्जीले नयाँ संविधान कस्तो हुने भन्ने नेपाली जनताले आफै निर्णय गर्नुपर्ने बताएको प्रधानमन्त्री सल्लाहकार हिरा बहादुर थापाले संचारकर्मीलाई जानकारी दिनुभयो ।

भेटमा आर्थिक लगानी' कोसी कटान नियन्त्रण' जलस्रोत र गृह सचिवस्तरीय बैठकमा भएका कामका प्रगति लगानीको वातावरण लगायतका विषयमा छलफल भएको थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् १९५० को नेपाल-भारत सन्धि र सीमा विवादको बारेमा भने कुनै कुरा भएन ।

प्रधानमन्त्रीले नेपालमा आर्थिक लगानीको वातावरण तयार गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

यस्तै भारतीय विदेशमन्त्री मुखर्जीले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईरालासँगको भेटमा आफूले नेपालको राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

कोशी डुबान प्रभावित क्षेत्रको भ्रमण गरी मुखर्जी बुधबार नै भारत फर्कने कार्यक्रम छ ।

मुखर्जीले राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ र २४ दलसँग पनि दुई देशबीचको साझा समस्याको वारेमासमेत छलफल गर्नुभएको छ ।

मुखर्जीको ३ दिने नेपाल भ्रमणलाई कोशी उच्च बाँधका लागि उच्च कदम चालिने अनुमानका रुपमा लिइएको भएपनि त्यस्को छनक भने आएको छैन ।

-Khagendra Makhim Limbu in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®