कोशी कटानबाट पानी फर्काउन नसक्दा भारतीय
ठेकेदारहरु बेपत्ता
काठमाण्डौं, December 8, 2008- कोशी कटानबाट बगिरहेको पानी फर्काउनका लागि
काम गरिरहेका भारतीय ठेकेदारहरु बेपत्ता भएका छन् ।
पानी फर्काउनका लागि निर्माणाधिन पाईलट च्यानल असफल भएपछि भारतीय
ठेकेदारहरु बेपत्ता भएका हुन् ।
गएको भदौमा सप्तकोशीको पूर्वी तटबन्ध भत्किएपछि भारत सरकारले तत्काल पानी
कोशी ब्यारेजतर्फ फर्काउन हिन्दूस्तान स्टील लिभर कन्स्ट्रक्सन प्रालिलाई
जिम्मा दिएको थियो ।
कम्पनीलाई ३५ दिनभित्र पानी फर्काउने निर्देशन भारत सरकारले दिएपनि ४ महिना
बितिसक्दा पनि काम हुन सकेको छैन ।
पानी नफर्काई तटबन्ध निर्माण गर्न नसकिने नेपाली ठेकेदारहरुले बताएका छन् ।
भारतीय ठेकेदारहरु फरार भएपछि नेपाली ठेकेदारहरुले मंसिर २३ गते कम्पनीको
बरमझिया स्थित कार्यालयमा तालाबन्दी गरी उपकरण कब्जामा लिएका छन् ।