Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

फेरी बल्झियो घाऊ: भारतीय नागरिक नेपालको मन्त्री ?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
दौरा सुरुवाल लगाएर सभासद बनेका भारतीयहरुको खोजी गर्नुपर्ने

काठमाण्डौं, November 12, 2008- स्थानीय विकास मन्त्री रामचन्द्र झा भारतीय नागरिक रहेको दावी गरेका उनले दौरा र सुरुवाल लगाएर धेरै भारतीय सभासद बनेको आरोप लगाए ।

दौरा सुरुवाल लगाएर नेपाली संविधान सभाको सदस्य बनेका भारतीयहरुको खोजी गर्नुपर्ने बताउँदै उनले बरु धोती लगाउने मधेशीहरु राष्ट्रवादी र नेपालको राष्ट्रियता जोगाउन प्रतिबद्ध रहेको तर टोपी लगाउनेहरु राष्ट्रघाती देखापरेको बताए । आफ्नो दलका केही नेताहरुपनि विदेशीलाई खुशी पार्ने प्रतिष्पर्धामा लागेको यादवको आरोप थियो ।

Minister Ramchandra Jha. Photo courtesy: NepaliTimes.Com.np

तराईमा सशस्त्र संघर्षरत समूहहरुसँग वार्ता गर्ने हो भने बामदेव गौतमलाई गृहमन्त्रीबाट हटाउनुपर्ने माग नेकपा माओवादीका केन्द्रीय सदस्य मातृका यादवले गरेका छन् ।

सरकारले वार्ताको हल्लामात्र चलाएको आरोप लगाउदै माओवादी नेता यादवले गृहमन्त्री वामदेव गौतम सरकारमा रहेसम्म वार्ता नहुने ठोकुवासमेत गरेका छन् । वार्ताका लागि ठोस काम नभएको बताउँदै उनले हालको वार्ता समितिबाट वार्ता हुननसक्ने ठोकुवासमेत गरेका छन् ।

'सरकार वार्ताको हल्लामात्र फिजाइरहेको छ' रिपोटस्र क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा माओवादी नेता यादवले भने- 'भारतीय नागरिक रहेको वार्ता कमिटि र वार्ताविरोधी गतिविधि गरिरहेका गृहमन्त्री वामदेव गौतम रहेसम्म वार्ता हुनसक्ने देखिदैन ।' उनले मन्त्री मण्डलमा भारतीय नागरिक रहेको भनेर स्थानीय विकासमन्त्री एबं वार्ता समितिका सदस्य रामचन्द्र झाप्रति इङ्गित गरेका थिए । झा एमालेको केन्द्रीय सदस्यसमेत हुन् ।

गृहमन्त्री गौतमले वार्ताका लागि सकारात्मक रहेका सशस्त्र समूहलाई कारबाहीको धम्की दिएर वातावरण असहज बनाएको आरोप लगाउँदै माओवादी नेता यादवलॆ भने- 'अपराधिका नाइकेलाई गृहमन्त्री बनाएर शान्ति सुरक्षा सुदृढ गर्न सकिदैन, बामदेव शान्ति सुरक्षा सुधार्न होइन माओवादीलाई असफल बनाउन सरकारमा आएका हुन् ।' एमाले र मधेशी जनअधिकार फोरम माओवादीविरुद्ध अनेकन रणनीति बनाएर सकि्रय रहेको आरोपपनि उनले लगाए ।

सशस्त्र समूहसँग आफ्नो सम्पर्क भएको बताउँदै यादवले विगतमा गोइत नेता रहेको र हाल प्रतिकको नेतृत्वमा एकीकृत भएको ९ वटा संगठनसँग आफ्नो कुराकानी भएको खुलासापनि गरे । उक्त संगठनले वार्ताका लागि सकारात्मक भनाई राखेपनि सरकार जिम्मेवार रुपमा प्रस्तुत नभइरहेको उनको आरोप छ । 'सशस्त्र समूहले छुट्टै मधेश राज्य भनेका छन् मैंले नेपालभित्र मधेशीको अधिकार खोजिनुपर्छ भनेको छु' यादवले भने- 'मधेशलाई विहार बनाउने षड्यन्त्र पनि भइरहेकाले सचेत हुनुपर्छ ।'

Former minister and Maoists leader Matrika Yadav. Photo: Sitaram
  स्थानीय विकास मन्त्री रामचन्द्र झा भारतीय नागरिक रहेको दावी गरेका उनले दौरा र सुरुवाल लगाएर धेरै भारतीय सभासद बनेको आरोप लगाए । दौरा सुरुवाल लगाएर नेपाली संविधान सभाको सदस्य बनेका भारतीयहरुको खोजी गर्नुपर्ने बताउँदै उनले बरु धोती लगाउने मधेशीहरु राष्ट्रवादी र नेपालको राष्ट्रियता जोगाउन प्रतिबद्ध रहेको तर टोपी लगाउनेहरु राष्ट्रघाती देखापरेको बताए । आफ्नो दलका केही नेताहरुपनि विदेशीलाई खुशी पार्ने प्रतिष्पर्धामा लागेको यादवको आरोप थियो ।

आफ्नो पार्टीका बरिष्ठ नेता एबं अर्थमन्त्री डा. बाबुराम भट्टराईको नामै किटेरै भने- 'विदेशीलाई खुशी पार्नका लागि अमेरिकामा गएर बाबुराम भट्टराईजीले पार्टीको नाम फेर्ने कुरा गर्नुभएको हो त्यो स्वीकार्य हुनसक्दैन ।' माओवादीनै आफूहरुको सिद्धान्त भएकाले त्यसलाई छाड्न नसक्ने बताउँदै माओवादी सिद्धान्तलाई छाडेमा पार्टीनै समाप्त हुने दावी गरे । पार्टीभित्र विवाद रहेको स्वीकार्दै माओवादी पार्टीभित्र क्रान्तिकारी प्रवृत्ति हावी नभएमा देश बर्वाद हुने ठोकुवासमेत गरे ।

क्यान्टोनमेन्टमा रहेका सबै जनसेनालाई नेपाली सेनामा समायोजन गर्नुपर्नेमा जोड िदंदै उनले केही जनसेनालाई मात्र सेनामा समायोजन गर्न खोजिए अर्को विद्रोह हुने चेतावनी दिएका छन् । सेना समायोजनबारे विवाद झिक्नेहरु शान्ति प्रकि्रयाका विरोधी रहेको आरोपपनि उनले लगाए ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®