Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

नयाँ भारतीय राजदूतले के के भने?


साक्षात्कार कार्यक्रममा बोल्दै नेपालकालागि नबनियुक्त भारतीय राजदूत राकेश सुद Indian Ambassador Rakesh Sood. Photo: Sitaram

काठमाडौं, May 15, 2008-भारतीय राजदूत राकेश सुदले नेपालमा राष्ट्रिय एकताको सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् । दुई हप्ताअघिमात्र राजदूतको रुपमा नेपाल आएका सुदले पहिलो पटक औपचारिक नेपाली प्रेसमार्फत् आफ्‍ना धारणा राख्दै राजनीतिक दलहरुले नयां सरकार गठन गर्दा राष्ट्रिय सहमति र सहकार्य स्थापित गर्ने आधार तयार गर्नुपर्ने पनि बताएका छन्।

'नेपालमा राष्ट्रिय एकताको सरकार गठन होस्' सुदले भने- 'नेपाली जनताले सहमति र सहकार्यका साथ अघि बढ्ने म्याण्डेट दिएका छन् हामीलाई आशा छ दलहरु जनताले दिएको म्याण्डेट बमोजिम जानेछन् ।' राजनीतिक दलहरुबीच अझै एकता र सहकार्यको आवस्यकतामा उनले पटक-पटक जोडपनि दिए । सबैभन्दा ठूलो दल भएकाले माओवादीले सहमति र सहकार्य विकास गर्न प्रमुख दायित्व निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।

माओवादी अध्यक्ष प्रचण्डसमक्ष राजदूत सुदले प्रम गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन दबाब दिएको राजनीतिक बृत्तमा व्याप्त छ । यससम्बन्धमा पत्रकाहरुले उनीसँग जिज्ञाशा राखेका थिए । उनले यसको खण्डन गरे । उनको भनाई थियो- 'हामीले त्यस्तो दबाब दिने कुरै आउँदैन । यस्तो काम गर्न हामीले मिल्दैन । यस्तो विषय नेपालका राजनीतिक दलहरुले नै निर्णय गर्ने कुरा हो ।'

माओवादी नेतृत्वको सरकारलाईपनि भारतको सहयोग निरन्तर रहने बताएका उनले माओवादी अध्यक्ष प्रचण्डले निकट भविष्यमै भारत भ्रमण गर्ने खुलाशापनि गरे । 'उहाँलाई हामीले भारत भ्रमणको औपचारिक निम्तो दिइसकेका छौं' उनले भने- उहाँ भारत जाने मितिको टुङ्गो भने केही दिनमै लाग्नेछ ।' नयाँ सरकार बनेपछि भारतीय विदेशमन्त्री प्रणब मुखर्जीले नेपालको भ्रमण गर्नेपनि उनले बताए ।

दुई वर्षअघिको लोकतान्त्रिक आन्दोलनले उत्कर्ष रुप िलंदै गर्दा राजा, राजदरवारसँग पारिवारिक नाता रहेका करण िसंह, भारतीय प्रम मनमोहन िसंहको बिशेष दूतको रुपमा नेपाल आएका थिए । गणतन्त्रको माग उत्कर्षमा पुगेकाबेला बिशेष दूत िसंहले राजा र कांग्रेस-एमालेबीच गुप्त सम्झौता गराएको र सोही सम्झौताका कारण राजतन्त्र फ्‍याँक्न कांग्रेस-एमाले धर्मराएको आशंकापनि गिरंदै आएको छ ।

'राजतन्त्रबारे विगतमा भारतीय प्रधानमन्त्रीका विशेष दूत करण िसंहले गोप्य सहमति गराएका थिए ?' भन्ने प्रश्न पनि राजदूतसमक्ष पत्रकारहरुले राखे । उनी कुटनीतिक उत्तर दिएर उम्कन खोजे । पत्रकारहरुले सोधे- 'करण िसंह साक्षी बसेर राजा र कांग्रेस-एमालेबीच राजतन्त्र राख्ने गोप्य सम्झौता भएको हो कि होइन ?' यो प्रश्नले उनलाई अप्ठ्यारो पार्यो ।

उनले कुटनीतिक जवाफ दिएर यो प्रश्न छल्न खोजे । 'सविधान सभाको चुनाव भैसकेको छ' राजदूत सुदको जवाफ थियो- 'नेपाली जनताले संविधान सभामा गणतन्त्रको पक्षमा मत दिएका छन् ।' पत्रकारहरु सन्तुष्ट भएनन् । 'करण िसंहको उपस्थितिमा राजतन्त्र राख्ने गोप्य सम्झौता भएको छ कि छैन ?' पत्रकारहरुले फेरि प्रश्नको झटारो तेस्र्याएपछि उनले जवाफ दिए- 'भारतले कुनै सहमति गराएको छैन ।'

'नेपाली जनताले राजतन्त्रको विपक्षमा मतदान गरेका छन्' उनले थपे- 'जनताको निर्णय बमोजिम राजनीतिक दलहरुले निर्णय लिनेछन् ।' 'राजतन्त्र १५ जेठबाट अन्त होला त ?' भन्ने जिज्ञाशामा उनको उत्तर थियो- 'नेपाली जनताले दिएको म्याण्डेट अनुसार दलहरुले निर्णय गर्नेमा हामी विश्वस्त छौं ।' जनमत पाएका दलहरुको निर्णय अनुसार गणतान्त्रिक नेपालको घोषणा भएमा भारतले स्वागत गर्नेपनि उनले बताए ।

संविधान सभाले कस्तो संविधान बनाउनु पर्ला भन्ने बारेमापनि उनले कुटनीतिक सीमाभित्रै रहेर बोले । 'नेपाली जनताले शान्ति, लोकतन्त्र र राजनीतिक स्थायित्वका पक्षमा मतदान गरेका हुन्' उनले भने- 'यही भावना अनुकूलको संविधान बनोस् भन्ने हाम्रो कामना छ ।' मधेशी, जनजाति र उपेक्षित समुदायको हितको सम्बोधन हुने संविधान बने नेपाल दीगो शान्तिको नयां चरणमा प्रवेश गर्ने उनको सुझाव थियो।

तातो बहसको विषय बनेको सेना समायोजन र माओवादीको हतियार व्यवस्थापनको बिषय सम्बेदनशील भएको बताउँदै उनले विगतमा भएको सम्झौता अनुसार सहमति खोज्नुपर्ने सुझाव दिए । 'कुनैपनि सहमति एक दुई दिनमै बन्न सक्दैनन्' उनले भने- 'नेपालसामु उत्पन्न चुनौती विस्तारै पार लाग्दै जानेछन् ।' सेना र हतियार व्यवस्थापनको सुपरिवेक्षण गर्न बसेको 'अनमिन' लाई नेपाल सरकारले नै डाकेकाले त्यसको म्याद थप्ने नथप्ने टुंगो पनि नेपालले नै लगाउनुपर्ने विचार व्यक्त गरे ।

नेपाल र भारतबीच भएको १९५० को सन्धि पुनरावलोकन या नयां सन्धि गर्ने विषयमा छलफल गर्न भारत तयार रहेको बताएका नयाँ राजदूत सुदले नेपाल र भारतबीच सरकारी स्तरमा नभई जनस्तरमा पनि सम्बन्ध गाँसिएको बताउँदै भने- 'सीमा र संस्कृतिसमेत आदानप्रदान गरिरहेका छौं भने कुन चािहं समस्या समाधान गर्न नसकिने होला र ?'

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®