|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पूर्व राजावादीहरुबीच माओवादी हुने होड |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भारतीय राजदूत सुदले ज्ञानेन्द्रसँग यताका कुरा उता र उताका कुरा यता
किन गर्दै छैन् ? यतै हप्ता नागरिक समाजका अगुवाहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भेटमा र बुधबार प्रधानमन्त्रीले बुटवलमा भएको एक कार्यक्रममा व्यक्त गरेको धारणापछि राजदूत सुदको भूमिकाबारे प्रश्नचिन्ह उठेको हो । यसैहप्ता नागरिक समाजका अगुवा डा. देबेन्द्रराज पाण्डेलगायतले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । भेटका क्रममा पाण्डेलगायतले माओवादीले बिगतका मण्डले र राजावादीहरुको ओइरो लागेको र माओवादीले उनीहरुलाई 'फिल्टर' नगरी पार्टी प्रबेश गराएकोमा असन्तुष्टि ब्यक्त गरेका थिए । यस सम्बन्धमा प्रधानमन्त्री प्रचण्डको जवाफ रोचक र रमाइलो थियो । प्रधानमन्त्री प्रचण्डले नागरिक समाजका अगुवाहरुसँग सहमति जनाउँदै भने- 'तपाईंहरुको कुरा सही हो, हालै भारतीय राजदूत सुदले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेका रहेछन् । उनले मलाई भने अनुसार ज्ञानेन्द्र हिजोको आफ्ना सबैजसो सहयोगीहरु माओवादी भएको बताएका रहेछन् ।' पुष ९ गते बुटबलमा आयोजित औद्योगिक व्यापार मेला एबं कृषि एबं पर्यटन प्रबद्र्धन महोत्सबको उद्घाटनका अवसरमा सम्बोधन गर्दै प्रचण्डले यही कुरा दोहोर्याएका छन् । बुटवलमा आयोजित कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले राजदूत सुदलाई उपरोक्त कुरा भनेको प्रसङ्ग दोहोर्याउँदै प्रचण्डले भनेका छन्- 'के ज्ञानेन्द्रले आफ्ना मान्छेलाई तिमीहरु माओवादी भन्दा अझै बढि अराजक भएर बिध्वंस गर भन्दै त पठाएका छैनन् यस कुरामा मलाई शंका र डर दुबै लागेको छ ।' उग्रक्रान्ति र प्रतिक्रान्तिद्धारा पूर्व राजाले माओवादीलाई बदनाम गर्न खोजेको शंका प्रचण्डले गरेका छन् । केही समययता पूर्व राजावादीहरुबीच माओवादी हुने होड चलेको छ । हिजो राजाको पक्षमा रहेका समाजका केही बदनाम व्यक्तिहरुले माओवादी बनेर माओवादीकै बदनाम गरिरहेका छन् । यसबारेमा स्वयं माओवादी पार्टीभित्रैपनि कुरा उठ्न थालेको छ । माओवादीका शुभेच्छुकहरुले यसतर्फ माओवादी नेतृत्वलाई सजग गराउँदै आएका छन् । फोटो- भारतीय राजदूत राकेश सुद Photo: Sitaram |
|
|
पार्टीभित्रबाट र बाहिरबाट माओवादीमा प्रवेश गरेका राजावादीहरुले माओवादीको बदनाम गराउन थालेपछि प्रचण्डले राजदूत सुदलाई पूर्व राजा ज्ञानेन्द्रले भनेका उपरोक्त कुराहरुबारे बताएका हुन् । यसले राजदूत सुदले यताका कुरा उता र उताका कुरा यता लगाउने रहेछन् भन्ने कुरासमेत पुष्टि गरेको छ । राजदूत सुदले कतै राजासँग भएका 'गोप्य कुरा' प्रचण्डलाई सुनाएजस्तै प्रचण्डसँग भएका गोप्य कुरापनि पूर्व राजालाई सुनाउने गरेका त छैनन् ? -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||