|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भारतको चाहना कोइरालालाई राष्ट्रपति बनाउने
प्रचण्डको दाबी काठमाडौं, July 6, 2008- माओवादी अध्यक्ष प्रचण्डले भारतको चाहना अनुसार गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन लागिएको र त्यसै प्रयोजनकालागि मधेशी पार्टीहरुलाई उचालेर सदन अबरुद्ध पारिएको बताएका छन् । माओवादी पार्टीका संविधान सभा सदस्यहरुलाई शनिवार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । 'अमेरिकालगायत पश्चिमाहरुले नेपाललाई रणनीतिक अखडा बनाउन खोजिरहेका छन् र दक्षिण भारतले नेपाली सेना लालसेना बन्ने भयो भनेर सत्ताको जोडघटाउमा लागिरहेको छ' प्रचण्डले भने- 'प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएर मधेशी नेतालाई धाप मारेपछि रोष्ट्रम घेर्ने, संविधान सभा अबरुद्ध पार्ने काम संयोगमात्र हुन सक्दैन यो गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन गरिएको षडयन्त्र हो ।' तैपनि कोइराला वा माधव नेपाल कसैलाईपनि राष्ट्रपति नबनाइने दृढता उनले प्रकट गरे । 'निश्चय नै कसैलाई राष्ट्रपति बनाइदिएको भए दुई महिना अघि नै सरकार बनिसक्ने थियो तर नेपाली जनताको विश्वासलाई हामी धरापमा पार्न सक्दैनौं' प्रचण्डले राष्ट्रपतिकालागि आफ्नो पार्टीको पुरानै क्राइटेरिया दोहोर्याउँदै भने- 'महिला, जनजाति, दलित र मधेशी व्यक्तिमध्येबाट राष्ट्रपति बनाइनुपर्छ भन्ने पक्षमा हामी अहिलेपनि दृढ हामी छौं ।' उनले बालुवाटार र सिंहदरवारमा भएको लडाईं अन्तर्राष्ट्रिय सर्वाहारा र अन्तर्राष्ट्रिय पूँजीपतिहरुबीचको लडाईंको रुपमा व्याख्या गरेका छन् । 'यो धनी र गरिबबीचको पेचिलो लडाइपनि हो धनी बर्गका मानिसहरु बालुवाटार र सिंहदरवार गरिव वर्गको प्रतिनिधित्व गर्ने पार्टीलाई छाड्न चाहिरहेका छैनन्' प्रचण्डले भने- 'तर यो लडाईं अब लामो समय चल्दैन छिट्टै उत्कर्षमा पुग्नेछ र खत्तम हुनेछ ।' त्यो लडाईंमापनि माओवादी पार्टी नै बिजयी हुने दावी प्रचण्डले गरे । उनले यो पनि भने- 'जनतालाई धोका दिएर पूँजीपति बर्गको पिछलग्गु हुन नचाहेकाले माओवादीलाई छिटो सरकार बनाउन नदिइएको हो हामीहरु उनीहरु सामु नझुकाले सरकार बन्ने काममा ढिलो भैरहेको छ ।' प्रशिक्षण कार्यक्रममा प्रचण्डले बताए अनुसार अमेरिकालगायत पश्चिमाहरुले नेपाललाई रणनीतिक अखडा बनाउन खोजिरहेका छन् र दक्षिण भारतले नेपाली सेना लालसेना बन्ने भयो भनेर सत्ताको जोडघटाउमा लागिरहेको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||