
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
भारतद्वारा नेपालका नदीको पानी रोक्न तटबन्ध
काम शुरु
काठमाण्डौं, November
26, 2008-
नेपाल-भारत सीमावर्ती क्षेत्रमा भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर
बनाएका बाँध तथा सडक बनेमा नेपालका नदी र खोलानालाबाट बग्ने पानी रोकिने र
वर्षायाममा तराईका अधिकांश गाउँहरु डुबानमा पर्नेछन् ।
भारतले नेपालपट्टिका नदी तथा खोलाको पानी रोक्नलाई तटबन्धको काम शुरु गरेको
छ ।
तटबन्धले वर्षेनी हजारौं नेपाली डुबानमा परिरहेको अवस्थामा भारतले फेरि
पूर्वदेखि पश्चिमसम्म सात मिटर चौडाई भएको तटबन्ध बनाउन थालेको हो ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार अर्को देशलाई कुनै असर पर्नेगरी कुनै भौतिक
पूर्वाधार तयार गर्न नपाईने भएपनि यसपटक पनि भारतले नेपाललाई कुनै जानकारी
नदिई सडक बनाउन थालेको छ ।
भारत सीमावर्ती क्षेत्रमा २४ अर्ब ३ करोड २० लाख रुपैयाको लगानीमा तटबन्ध
बनाउन शुरु गरिएको हो ।
नेपाल-भारत सीमाक्षेत्र प्रबन्धन योजनाका आयुक्त डाक्टर सच्चिदानन्द पाठकले
भन्नुभयो 'सडक यातायातको विस्तार, सीमासुरक्षामा सुधार र पानीको सदुपयोगको
लागि सडक बनाउन थालेको हो ।'
सडकले सीमाका हरेक सुरक्षा पोष्टलाई जोड्ने छ ।
यसैगरी नेपालका नदी, खोलानाला र पहाडबाट भारतले सडक बनाउन ढुङ्गा गिट्टी र
बालुवा लैजाने कामलाई पनि तिव्रता दिएको छ ।
पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका सबैजसो नाकाबाट दैनिक सयौं ट्रक
ढुङ्गा, गिट्टी र बालुवा भारत जाने गरेको छ । नेपाललाई नै असर पर्ने सडक
बनाउन थालेको सडकको लागि नेपालले सामान्य पुर्जिको भरमा ढुङ्गा, गिट्टी र
बालुवा लैजान दिएको छ ।
-Khagendra Makhim Limbu in Kathmandu
|
|