|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भारतको हेपाहा प्रवृत्ति र नेपालको सरकारी
गैरजिम्मेवारीका कारण जनता विपत्तिमा परेको आरोप UML leader Keshav Badal and other speakers at the event. Photo: Sitaram काठमाडौं, August 21, 2008- विभिन्न राजनीतिक दलका नेता, जलस्रोतविज्ञ एवं प्रकोप व्यवस्थापनमा सकृय व्यक्तित्वहरुले भारतको हेपाहा प्रवृत्ति र नेपालको सरकारी निकायको गैरजिम्मेवारीका कारण कोशीबाँध भत्किएर हजारौं जनता विपत्तिमा परेको आरोप लगाएका छन् । 'प्रकोप व्यवस्थापन सन्जाल नेपाल (डिमान) द्वारा आयोजित अन्तर्कृयामा उनीहरुले नेपाल र भारतबीच विगतमा भएको सन्धिसम्झौताको पुर्नलेखन हुनुपर्नेमामसेत जोड दिएका छन् । सो कार्यक्रममा बोल्दै नेकपा माओवादी का सचिवालय सदस्य दीनानाथ शर्माले कोशी क्षेत्रका जनता भारतीय पक्षको हेपाहा प्रवृत्तिको शिकार बनेको बताए । उनले भने- 'भारतको हेपाहा प्रवृत्ति र नेपाल र भारतका भ्रष्ट कर्मचारीको लापरवाहीले हजारौं जनता विस्थापित हुनपुगेका छन् ।' उनले भारतीय शासकले नेपालीहरुको समस्यालाई उपेक्षा गर्दै आएको आरोप समेत लगाए । भविष्यमा हेपाहा दृष्टिकोण अन्त गर्न भारतलाई आग्रह गर्दै समस्या समाधानको उपायतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले दुवै देशबीच समन्वय गरेर बांध मर्मतमा ढिलाई गर्न नहुने बताए । बाँध भत्कने खतराको जानकारी हुँदाहुँदै मर्मत गर्नेतर्फ नसोचिएको आरोप लगाउँदै भारतीय पक्षले गल्ती स्वीकार गर्नुपर्ने बताए । कोशी सम्झौता नै गलत भएकॊ बताउँदै माओवादी नेता शर्माले भने- 'विगतका सरकारका भ्रष्ट र अनुत्तरदायी नीतिका कारण जनताले डुबान र बाढीको समस्या भोगिरहेका छन् ।' विपत्ति आइसकेकाले अन्य कुरामा भन्दा सबै मिलेर बाढी पीडितहरुलाई सहयोग गर्नुपर्ने कुरामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । |
|
|
'डिमान' का अध्यक्ष सूर्यबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रिजालले सरकार अरुलाई दोष देखाएर कोशीबाँ भत्केको विपत्तिलाई राजनीतिकरण गर्न सकृय भएको आरोप लगाए । प्रधानमन्त्री प्रचण्डले विगतको सरकारको गल्तीका कारण बाँधको समस्याले जनता पीडित भएको आरोप लगाएकोमा असन्तुष्टि जनाउँदै कांग्रेस नेता रिजालले कोशी सन्धि खारेज गरी समस्या समाधान गर्न चुनौती दिए । बाढीपीडित क्षेत्रमा भ्रमण गर्दा नेपाली कांग्रेसलाई कुनै जानकारी नगराएकोमा असन्तुष्टि जनाउँदै रिजाललॆ समस्यामा परेकाहरुलाई राहतप्रदान गर्न सबैपक्ष एकजुट हुनुपर्नेमा जोड दिए । नेकपा एमाले स्थायी कमिटी सदस्य केशव बडालले भारतले तराईका जनतालाई अप्ठ्यारोमा पर्नेगरी भौतिक संरचना निर्माण गर्दा बाढीको समस्या आउनेगरेको बताए । कोशी बांध फुट्ने जानकारी पाउँदापनि समयमै मर्मतकालागि ध्यान नदिनुलाई भारतको गैरजिम्मेवारीपनका रुपमा लिइएको बताउँदै एमाले नेता बडालले भने- 'भारतले आफ्नो स्वार्थ मात्र होइन अरुको सुरक्षामा पनि ध्यान देओस् ।' आफैले बनाएको बाँध फुट्दा समेत भारतले गल्ती नस्वीकार्नुले आफूहरुलाई आश्चर्यचकित बनाएको बडालको भनाई थियो । राज्यले जनताको समस्यालाई समयमै समाधान गर्ने चासो नदेखाएको भन्दै विपत्ति परेपछि मात्र चासो दिने परम्परामा अबदेखि सुधार गर्नुपर्नेमापनि एमाले नेता बडालले जोड दिए । मधेशी जनअधिकार फोरमका केन्द्रीय सल्लाहकार एवं पूर्व जलस्रोत सहसचिव रत्नेश्वरलाल कायस्थले कोशीबाँध भारतले निर्माण गरेकाले सम्झौताअनुसार मर्मतको विशेष जिम्मेवारी पनि भारतकै हुने बताए । कायस्थले भने- 'बाँधका सम्बन्धमा भारतको विशेष जिम्मेवारी रहेपनि नेपाल सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।' ५० वर्ष अगाडि निर्मित बाँधको नियमित मर्मत नहुँदा समस्या आएको उनको भनाई थियो । समस्या आइसकेकाले समाधानको उपाय खोज्न दुवै देश सकृय हुनुपर्नेमापनि उनले जोड दिए । घटनाको निष्पक्ष छानविन गरी भविष्यमा यस्ता घटना नहुने गरी जिम्मेवार हुनुपर्ने बताउँदै कायस्थले बांध र डुबानको समस्या राष्ट्रिय समस्या भएकाले सबै क्षेत्र गम्भीर हुनुपर्ने बताए । प्रकोप व्यवस्थापन सन्जाल नेपाल 'डिमान' का अध्यक्ष सूर्यबहादुर थापाले कोशी बाँधको समस्या भारतको हेपाहा नीतिका कारण उत्पन्न भएको बताउँदै भारतले एकतर्फी रुपमा जथाभावी बाँध निर्माण गर्दापनि नेपाल सरकार मौन रहनुले जनताहरु डुबान र बाढीको पीडा भोग्न वाध्य भएको बताए । जथाभावी बाँध निर्माण गर्न खोज्ने भारतीय नीतिको जनताले विरोध गर्नुपर्नेमा थापाले जोड दिए । प्रकोप अगावै सचेत हुनुको साटो राहत र उद्धारमा मात्र केन्द्रित हुने परम्परा अन्त गर्नुपर्ने बताउँदै अध्यक्ष थापाले प्रकोप व्यवस्थापनलाई विकासका हरेक नीति नियमसँग जोडेर हेनुपर्नेपनि बताए। प्रकोप व्यवस्थापन सम्बन्धी कानुनविद् दीनमणि पोखरेलले ठूला र शक्तिशाली राष्ट्रले आफ 'अनुकुल संरचना बनाउँदा स्थानीय जनता विपत्तिमा पर्ने गरेको बताए । पोखरेलको भनाई थियो- 'भारतले आफू अनुकुल कोशी बाँध बनाउँदा नेपाली जनताले पीडा भोग्नुपरेको छ, कोशीमा गलत ईन्जिनियरिङ र जनताविरोधी संरचनाका कारण विपत्ति आइपरेको हो ।' दुई देशको सीमामा यस्ता ठूला प्रकृतिका निर्माण कार्य गर्दा अरु देशलाई प्रतिकूल असर पार्न नहुने अन्तराष्ट्रिय कानुनको भारतले उल्लंघन गरेको आरोपपनि उनले लगाए । पोखरेलले भने- 'अब नेपाल र भारतबीचका सबै सन्धि- सम्झौताको पुर्नलेखन गरिनुपर्छ ।' -Sitaram Baral in Kathmandu |
||
|
Read our related news: » बाँध टुट्दा बिस्थापितहरुको संख्या ६० हजार नाघ्यो (3 photos) » असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||