Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

दुबै सेनाबाट आचार संहिता उल्लंघन भएको राष्ट्रसंघीय मिसन प्रमुखको दुखेसो

काठमाडौं, April 4, 2008-शान्ति स्थापनाकालागि कार्यरत राष्ट्रसंघीय मिसन 'अनमिन' का नेपाल प्रमुख इयान मार्टिनले माओवादी लडाकूका अलवा नेपाली सेनालेपनि निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लगाएका छन् ।

माओवादी जनमुक्ति सेनाको सुर्खेतस्थित छैटौं डिभिजनको निरीक्षण गरेर धनगढी पुगेका मार्टिनले सन्‍चारकर्मीहरुसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन् ।

Ian Martin, Chief, United Nations Mission in Nepal (UNMIN) and Special Representative of the Secretary-General (SRSG). Photo courtesy: UNMIN.Org.np

बुधवार जनसेनाको छैटौं डिभिजनको निरीक्षण गरेका उनले माओवादी लडाकूबाटपनि आचार संहिता उल्लंघन भएको बताए । माओवादी लडाकूहरु शिविरबाट निस्केर माओवादीको चुनाव प्रचारमा खटिएको आरोपको अनुसन्धान गर्न त्यहाँ पुगेका उनले जनसेनामाथि लगाइएको आरोपमा सत्यता भेटिएको जानकारी गराए ।

जानकारी अनुसार सो डिभिजनका कमाण्डर तेजप्रकाश ओली 'प्रतीक' आफ्ना केही लडाकूसहित अघिल्लो हप्ता रुकुममा चुनाव प्रचारकालागि गएका थिए । 'प्रतीक' पत्नी जुनकुमारी रोका मगर रुकुम-१ मा नेकपा माओवादी को तर्फबाट प्रतिस्पर्धा गर्दैछन् । आफूहरु अव चुनाव प्रचारकालागि नजाने प्रतिबद्धता छैटौं डिभिजनले जनाएको मार्टिनले बताएका छन् ।

नेपाली सेनालेपनि आचार संहिता उल्लंघन गरेको बताएका मार्टिनले त्यसबारे भने विस्तृत केही बताएनन् । संवन्धित निकायमै यसबारे भन्ने उनले बताएका छन् । तर चुनावको मुखमा सरकारले आचार संहिताविपरित भारतबाट हजारौं थान हतियार र गोलीगठ्ठा ल्याइएकोमा भने उनले रोष प्रकट गरे ।

'यसबारे सरकारले विस्तृत विवरण सार्वजनिक गर्नुपर्छ' मार्टिनको भनाई थियो- 'यस्ता कृयाकलापले निर्वाचनको वातावरणमा शंका उत्पन्न गराउँछ ।'

स्मरणीय छ, गत हप्ता नेपाल सरकारले गोप्य रुपमा भारतबाट २० हजार थान राइफल र करिव ४० लाख गोली ल्याएको थियो ।

-Vivek Baral in Kathmandu




















































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®