Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नेपालको शान्ति प्रकृयामा द्रुत गतिमा अघि बढिरहेको अन्मिनका पूर्व प्रमुखको धारणा



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Former UNMIN Chief Ian Martin. Photo: Santa

काठमाण्डौ, 2 Feb, 09-
नेपालका लागि राष्ट्रसंघीय मिसन अन्मिन (United Nations Mission in Nepal (UNMIN) ) का पूर्व प्रमुख इयान मार्टिनले अन्तराष्ट्रिय तुलनामा नेपालको शान्ति प्रकृयामा द्रुत गतिमा अघि बढिरहेको धारणा राखेका छन् ।

मार्टिनले माघ २० गते राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा शान्ति संझौतादेखि संविधान सभाको निर्वाचन र गणतन्त्र स्थापनासम्म आईपुग्दा नेपाली जनताको धेरै चाहना पुरा भएको उल्लेख गरे । मार्टिनले यो प्रकि्रयासंगसंगै सेना समायोजन तथा पुनर्थापना र संघियता विभाजन जस्ता विषयमा टुँगोमा पुगेर नयाँ संविधान निर्माण गर्ने लगाएतका थुप्रै चुनौतिहरु बाँकिरहेको कुरा बिर्सन नहुनेमा जोड दिए ।

'नेपाली सेनाको भर्तीमा उत्पन्न विवाद अन्त्यको टुंगो नेपालका दलहरुले लगाउने हो' मार्टिनले भने-'शान्ति सम्झौताको पालनालाई कमजोर नबनाई अगाडि बढाउनु सबैभन्दा उत्तम हुन्छ ।' भर्तीका विषयमा शान्ति सम्झौतामा उल्लेख भएअनुरुप कार्य गर्न उनको आग्रह थियो ।
 

UNMIN Chief Karin Landgren  and former UNMIN Chief Ian Martin. Photo: Santa

कार्यक्रममा मार्टिनले सेना समायोजनबारे दलहरुवीच एकअर्कामा टिकाटिप्पणी गर्नुको साट्टो सहमतीमा समस्या समाधान गर्न सुझाव दिए । पछिल्लो समयमा नेपाली सेनाले खोलेको नयाँ भर्नालाई संझौता विपरित भएको टिप्पणी गरेपछि प्रतिपक्ष दल नेपाली कांग्रेस लगाएबाट आलोचना खेप्न पुगेका मार्टीनले सेना समायोजन र भर्ना प्रकि्रया संझौताअनुसार नै हुनपर्ने दोहोर्याए ।

मार्टिनले सेना समायोजन प्रकि्रया त्यति सजिलो नभएको भएपनि सेना समायोजन र पुनस्र्थापना तोकिएको समय ६ महिना भित्रै हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । सेना समायोजन गर्दा दुबै पक्षका सेनाको मानव अधिकार हनन् नहुन गरी गर्नुपर्ने मार्टिनको धारणा थियो ।

'सेना समायोजनको विशेष समिति बनिसकेको छ' उनको भनाई थियो- 'छिटोभन्दा छिटो मापदण्ड बनाएर समायोजन सम्पन्न हुनेमा म आशावादी छु ।' सेना समायोजन लम्याउदा शान्ति प्रकि्रया पनि अप्ठ्यारोमा पर्नेतर्फपनि उनले सचेत गराएका छन् ।

समायोजन गर्दा अन्तराष्ट्रिय अनुभव र नेपालको अवस्थालाई समेत अध्ययन गरेर गर्नुपर्ने सुझाव दिएका उनले नेपाली सेनामा माओवादी छापामारलाई समायोजन गरिए तराईका सशस्त्र समूहले पनि सेनामा समायोजनको विषय उठाउनसक्ने अवस्था रहँदैन भन्ने प्रश्नमा उनले भने- 'मापदण्ड दलहरुले सहमति बनाउने विषय हो ।'

अनमिनले सेनाको रेखदेख र हतियार व्यवस्थापनको मात्र जिम्मेवारी पाएको भन्दै मार्टिनले सोहीअनुरुपको काम सफलतापूर्वक गर्दैआएको बताए । नेपाली सेनासंग अनमिनको सम्बन्ध चिसिएकोबारे सोधिएको प्रश्नमा उनले संयुक्त सुपरीवेक्षण कमिटीमा मिलेर काम गर्दै आएको उदाहरण दिदै भने-'जेएमसीसीमा हामी मिलेर काम गरिरहेका छौं यो नै हामीबीच सम्बन्ध चिसो छैन भन्ने उदाहरण हो ।'

'दलहरुले शान्ति सम्झौताको पालनामा गम्भीरता नदेखाउदा चुनौतीहरु बढ्दै गएको छ' अनमिनका पूर्व प्रमुख समेत रहेका मार्टिनले अगािड भने- 'दलहरु शान्ति सम्झौता पालनामा गम्भीर भई शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउन सक्षम हुनेमा म विश्वस्त छु ।'

शान्ति प्रकि्रयानै पूरा नभई नेपाल छोड्न लागेको बारे गरिएको जिज्ञासामा मार्टिनले भनॆ 'यो कुरालाई व्यक्तिसंग जोडेर हेर्नु भन्दा संयुक्त राष्ट्र संघ नेपालमा रहेको कुरालाई ध्यान दिनु पर्छ ।

मार्टिन माघ २२ गते न्यूयोर्कस्थित अनमिन मुख्याल फर्किदैछन् ।

-Santa Bagam  & Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®