Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बिशेष अन्तरवार्ता:
"देश सेवाको लागि अमेरिकि ग्रीन कार्ड त्याग्न तयार छु" - डा. सुकदेब शाह

न्यू योर्क, 18 Feb, 09- नेपालका लागि अमेरिकि राजदूतमा शिफारिस गरिनु भएका डा. सुकदेब शाह अमेरिकाको ग्रीनकार्ड होल्डर भएको खुलाशाले वहाँको नियुक्तिलाई लिएर बिदेसी मुलुकको ग्रीन कार्ड (स्थाई बसोबास प्रमाण पत्र) प्राप्त गरेको व्यक्तिलाई राजदूत बनाउन हुन्छ कि हुन्न भन्ने बहस नेपालमा सुरु भएकै बेला हिजो अमेरिकाबाट नेपालका लागि उड्नु अघी डा. शाहसँग युएस नेपाल अन्लाईनले अन्तरङ्ग कुराकानी गर्‍यो।

हाम्रा तराइ सम्पादक अमित शाह र डा. शाह बिच भएको कुराकानी प्रस्तुत छ:

युएस नेपाल अन्लाईन: सर्प्रथम, यहाँलाई हाम्रो बधाई छ। नेपाल सरकारबाट तपाईंको नाम अमेरिकाको राजदूतमा शिफरिश भएपछी तपाईं अमेरिकाको ग्रीनकार्ड होल्डर भएको कुरा बाहिर आएको छ नि! सत्य कुरो के हो?

डा. शाह: धन्यवाद। हो, यो कुरा सत्य हो। बिगत ४० बर्षदेखी एउटा नेपाली भएर नै अमेरिका लगायत बिभिन्न देशहरुमा कामको शिलशिलामा म बाहिर रहदै आएको छु र गत केही बर्ष पहिला म अमेरिकामा अरु देशबाट आवत्-जावत गर्नको लागि अरु कुनै बिकल्प नभए पछि मैले २००४ सालमा अमेरिकाको Green Card (Permanent Resident Card) को लागि निबेदन दिएको थिएँ र पाएँ पनि। र यो एउटा Temporary Residency मात्रै हो।

युएस नेपाल अन्लाईन: यसरी एउटा अमेरिकन ग्रीनकार्ड होल्डरले राजदूतका रुपमा नियुक्त भएको खन्डमा नेपाली हितको प्रतिनिधित्व गर्न नसक्ने कुरा आइ रहेको छ नि?

डा. शाह: हेर्नुश, कुनै पनि देशको नागरिकले यदी वास्तब मै आफ्नो मातृभूमीको लागि केही गर्छु भन्यो भने वा केही राम्रो काम गर्न खोज्छ भने कुनै कुराले रोक्दैन। अहिले पनि नेपाल बाहिर रहेका लाखौं-लाख तपाईं हामीजस्ता NRN (Non-Resident Nepali) हरुले देश बिकासको लागि सहयोग मात्रै होइन बरु बिदेशमा रहेर बिभिन्न माध्यमबाट नेपाली कै रुपमा नेपाली हितको लागि प्रतिनिधित्व गरिरहेका छन्‌। त्यसैले जहाँसम्म मेरो राजदूत पदको नियुक्तिको कुरा छ- यदी नेपाल सरकारले मेरो योग्यता र अनुभबको आधारमा मलाई यो जिम्मेवारी दिन गैरहेको छ भने म कानुन बमोजिम आफ्नो मातृभूमी र देश सेवाको लागि अमेरिकि ग्रीनकार्ड त्याग्न तयार छु।

युएस नेपाल अन्लाईन: तपाईं पहिला नेपाली काङ्ग्रेस निकट हुनु हुन्थ्यो भनिन्छ नि? तर अहिले फोरम अध्यक्षसमेत रहेका परराष्ट्र मन्त्री यादवसँग निकट सम्बन्ध रहेकोले नै मधेशी जनअधिकार फोरमको कोटामा राजदूतको लागि तपाईंलाई सिफारिस गरिएको छ नि?

Dr. Sukadev Shah. Photo courtesy: Dr. Shah
 

नमुना अमेरिकि ग्रीन कार्ड Photo: eEyeCam

डा. शाह: म IMF(International Monetary Fund) मा कर्मचारीको रुपमा कार्यरत हुँदा पहिलो पटक १९८१ मा गिरिजाप्रसाद कोइराला बाबु जिले नेपाल मै आएर काम गर्नको लागि बोलाउनु भएको थियो तर म त्यस बेला आफ्नो करिएर डिभेलपमेन्टको अवस्थामा भएको हुँदा IMF लाई छोडेर जान सकिन। तर त्यस पछी पटक पटक बिभिन्न समयमा म IMF कै स्टाफ भएर नेपालको अर्थिक बिकासको लागि काम गर्दै आए र पछी स्थाई रुपमा नै IMF कै fund बाट नेपालमै बसेर non-politically काम गर्छु भनेर बेलाबेलामा सरकारको नेत्रित्यो नेत्रित्व गरी रहेका बिभिन्न नेताहरुसँग प्रस्ताब राख्दा पनि वहाँहरुले बिभिन्न बाहना बनाएर मेरो कुराको सुनुवाई नै भएन।

त्यसको एउटै मुख्य कारण थियो कि कतै म नेपाल आए, वहाँहरु र वहाँहरुको नातागोताहरुको पोस्ट त खोशिने होइन! तर अहिले जहाँसम्म मलाई थाहा छ फोरुमको शिफारिशमा अन्य दलहरुकोसमेत समर्थनले नै यो पोस्टको लागि योग्य ठानी नेपाल सरकारले मलाई सिफरिश गरेको छ।

युएस नेपाल अन्लाईन: तपाईंको अमेरिकामा घर पनि रे, हो?

डा. शाह: अमेरिकामा टेम्पोररी बसोबास गर्ने थुपै मान्छेहरुको घर छ। मैले पनि mortgage मा बस्नको लागि घर किनेको छु।

युएस नेपाल अन्लाईन: अन्तमा, नेपालका र नेपाल बाहिरका नेपालीहरुलाई के भन्न चाहनु हुन्छ?

डा. शाह: Earlier, for many years and even decades, I was not very optimistic about Nepal and, as a consequence, many people came here in search of careers and jobs-for accessing a better life.

Nepal lost millions of capable people to America and other countries, a phenomenon called Brain-Drain." This has been experienced by many other developing countries but, for Nepal, the level of brain-drain-loss of human capital-- has been gigantic. However, I can now honestly say that conditions back home have changed for the better and outlook, after temporary upheavals, is decidedly much brighter than it has been at anytime since the opening of Nepal during the early 1950s. Currently our country is on
transition phase and basic needs of county are Economic development, peace and nationality. So this is a time to think "How much effectively I can contribute the country rather than thinking about others who they are and how they contribute".

At last my message to our Nepalese brothers and sisters-overseas and at home in Nepal-is that they should look at their future in Nepal in a much positive way. Such change of attitude about the future will help slowdown the brain-drain and also will encourage those who have migrated here to utilize their talents and resources for the benefit of Nepal while also promoting their own careers.

-Amit Shah. Comments? 718 753 3926

Read our related news:
ग्रीन कार्ड होल्डर अमेरिकाको राजदूत बन्दैछन्‌ तर बिबाद बढ्दो छ
राजदूतकालागि नेपालमा नामसिफारिस हुँदा डा. सा'ब भने अमेरिकामा ब्यस्त

'ग्रीनकार्ड मात्र पाउनु भएको हो' -परराष्ट्र मन्त्री यादवका सल्लाहकार श्यामानन्द सुमन
-Sitaram Baral
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®