'म आज यति खुशी छु कुनै कुरा शब्दमा व्यक्त
गर्न सक्दिन ।' -प्रधानमन्त्री पुष्पकमल दाहाल
'प्रचण्ड'
Prime Minister Pushpa Kamal Dahal 'Prachanda' with Dr. Baburam
Bhattarai. Photo: Santa काठमाडौं, August 19, 2008- नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले नयाँ संविधान
निर्माण र शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउनु आफ्नो पहिलो
प्राथमिकता रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा
कार्यभार सम्हाल्दै सन्चारकर्मीलाई सो कुरा बताएका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री
प्रचण्ड लैनचौर स्थित सहिद पार्कमा पुगेका थिए । यसअघिका प्रधानमन्त्रीहरु
भने सहिद गेटमा जाने गर्दथे ।
प्रधानमन्त्रीले सामाजिक र आर्थिक राहतको कार्यक्रम तत्काल अगाडि बढाईने
जानकारी दिएका छन् । नयाँ संविधान समय भित्रै लेखी सक्ने वर्तमान सरकारको
कार्य भएको पनि प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री भएपछि कस्तो अनुभव भईरहेको छ त ? भन्ने प्रश्नमा भने उनले
भने 'म आज यति खुशी छु कुनै कुरा शब्दमा व्यक्त गर्न सक्दिन । फ्रेस भएपछि
औपचारिक रुपमा तपाईहरुवीच आउनेछु ।'
माओवादी प्रवक्ता कृष्णबहादुर महराले एक दुई भित्रमा प्रधानमन्त्रीले
औपचारिक पत्रकार सम्मेलन गर्ने जानकारी दिए ।
कार्य कक्षमा पहिलो चोटि प्रवेश गरेका
प्रधानमन्त्रीले विदेशी सन्चार माध्यमलाई पनि मध्येनजर गर्दै अंग्रेजीमा
समेत बोलेका थिए । प्रधानमन्त्री आफ्नो कार्य कक्षमा श्रीमती सीता तथा अन्य
नेताहरुको साथमा पुगेका थिए भने प्रधानमन्त्रीका छोरा प्रकाश करिब एक घण्टा
पछि मात्रै प्रधानमन्त्री कार्य कक्षमा पुगेका थिए।
प्रधानमन्त्री बाबुलाई हेर्न प्रकाश दाहाल कार्य कक्ष पुग्दा बाबु भने वैठक
कक्षहरुको निरीक्षणमा व्यस्त थिए ।