|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यूयोर्कमा अर्को ह्योल्मो सोनम ल्होसार सम्पन्न |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Yolmo women during the Yolmo Sonam Lhosar celebration in New York . Photos courtesy: Dale Yolmo (President, Yolmo Society of America. न्यूयोर्क, 31 Jan, 09- ह्योल्मो सोसाइटी अफ अमेरिकाको आयोजनामा गत शनिबारका दिन न्यूयोर्कको क्विन्समास्थित ढाका क्लबमा ह्योल्मो जातिको परम्परगत महान चाँड ह्योल्मो सोनाम ल्होसार भब्यताका साथ सम्पन्न भएको छ । ह्योल्मोका अग्रज जेष्ठ नागरिक लामा च्युङ्बु ह्योल्मो र सोसाइटिका अध्यक्ष्य डेल ह्योल्मोले सँयुक्त रुपमा देव, डाकिनी, धर्मपाल आदिको चरणमा खादा अर्पण गरेर शुभारम्भ गरेको कार्यक्रमको सन्चालन, नेपाल आदीवासी जनजाती राष्ट्रिय प्रतिश्ठानका संचालक परिषद सदश्य तेम्बा दोङ्ब ह्योल्मोको साथमा नेपाल टेलिविजन र नेपाल वानका कार्यक्रम संचालक सुश्री साङ्गे वांग्मु ह्योल्मो र एच् बि सी रेडियोका कार्यक्रम संचालक सुश्री साङे ह्योल्मोले गर्नु भएको थियो । कार्यक्रमको पहिलो चरणमा, ह्योल्मो सँस्कृतिको सँरक्षण र सम्बर्द्वनमा बिशेष टेवा पुर्याउने ब्यक्तीहरुका साथै चलचित्र जलपरिको ह्योल्मो भाषामा अनुवादित् "छ्यु ल्हामु" मा श्वर दिनु भएका सदश्यहरु र अमेरिकाका विश्वबिद्यालयबाट दिक्षान्त हासिल गर्ने ह्योल्मो विद्यार्थीहरुलाई अमेरिकाको लागि तिब्बतिय राजदुत लोब्सङ् ङ्येन्दक्ले प्रशँसा पत्र र खदा प्रदान गरेको थियो । आमन्त्रित बिभिन्न सँघ सँस्थाका प्रतिनिधिहरुका साथै ह्योल्मो सँस्क्रिती मुल बिषय लिएर न्रिबंशसाश्त्रीमा बिद्यावारीघी गर्नु हुने अमेरिकि नागरिक डा. रोबर्ट डेस्जार्लाइस, अमेरिकाको लागि तिब्बतिय राजदुत लोब्साङ् ङेन्दाक आदिले ह्योल्मो सोनम ल्होसारको अवसरमा सम्पूर्ण ह्योल्मोवासिहरुको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो। दोश्रो चराणको कार्यक्रम साना साना नानीहरुको न्रित्यबाट शुरु भएको थियो । धर्म वीर लामा र पेमा ल्हमु ह्योल्मोको छुट्टा छुट्टै न्रित्य निर्देशनमा सँयोजित आकर्षक न्रित्यहरु र बिभिन्न मन्त्र मुग्द सांगितिक धुनले सम्पूर्ण दर्शकहरु एकाग्र हुन वाध्य भएको थियो । साँङ्गे वांग्मु ह्योल्मो र साँगे लामा ह्योल्मोको कार्यक्रम सन्चालनको शिल्पी र शाब्दिक सँयोजनको कारीगरिमा जुन उच्चतम छ, त्यसलाई सबैले प्रशंसा गरेको थियो । |
|
|
कार्यक्रमको अन्तमा ह्योल्मोका बरिष्ठ मुर्तिकार तथा चित्रकार लामा सोनाम ह्योल्मोले ह्योल्मो सोनाम ल्होसारको महत्व माथि प्रकाश पार्दै, बिदेशको ब्यस्तता माझ पनि ह्योल्मो सँस्क्रितीको सँरक्षण र सम्बर्द्धनमा लागि परेका सम्पूर्ण सदश्यहरुलाई धन्यवाद ज्ञापण गर्दै सबैलाई शुभकामना ब्यक्त गर्नु भयो । कार्यक्रमको समापन पछी परम्परगत ह्योल्मो नाँच (श्यब्रु) शुरु भएको थियो । -छिरिङ्ग तोप्के ह्योल्मो (Tshiring Topke Yolmo in New York) |
||
|
Photos courtesy: Dale Yolmo (President, Yolmo Society of America. Photos courtesy: Dale Yolmo (President, Yolmo Society of America. Photos courtesy: Dale Yolmo (President, Yolmo Society of America. Photos courtesy: Dale Yolmo (President, Yolmo Society of America. Read our related news: ![]() Archive» Hyolmo Ama Yangri Sonam Lhosar celebration in New York. Photo & Illustration: eEyeCam न्यू योर्कमा ह्योल्मो समाजले मनाए सोनाम ल्होसार (40 Photos) ![]() Archive» Yolmo Society of America Sonam Lhosar in New York. Photo: Dale Yolmo & Illustration: eEyeCam न्यूयोर्कमा अर्को ह्योल्मो सोनम ल्होसार सम्पन्न ![]() Archive» Tamang Sonam Lhosar in New York. Photo: Ang Kami Sherpa & Illustration: eEyeCam तामाङ सोनाम ल्होसारको न्यू योर्कमा रमझम (34 Photos) ![]() Archive» Gurung (Tamu) Lhosar in New York. Photo & Illustration: eEyeCam न्यू योर्कमा तमु (गुरुङ) ल्होसारको रमाइलो (39 Photo) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||