
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
मानवअधिकार उल्लंघनका घटना सन् २००७ मा भन्दा २००८ मा बढेको
तथ्यांक
सुर्खेत, January 9, 2009- अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले
सुर्खेतमा सन् २००७ को तुलनामा २००८ मा झण्डै ३५ प्रतिशतले मानवअधिकार
उल्लंघनका घटना बढेको तथ्यांक सार्वजनिक गरेको छ।
इन्सेकले आज वीरेन्द्रनगरमा सार्बजनिक गरेको तथ्यांकमा अघिल्लो वर्ष २००८
मा सुर्खेतमा मानवअधिकार उलंघनका २ सय ९ वटा घटना रहेको उल्लेख छ । यसअघि
२००७ मा यो संख्या ८५ रहेको इन्सेकले जनाइएको छ ।
इन्सेकको तथ्यांक अनुसार गत वर्ष विभिन्न पक्षबाट ४ जनाको हत्या भएको छ भने
२ जना गोली लागेर घाइते भएका छन् ।
सबैभन्दा धेरै १ सय ७ वटा घटना धम्की र कुटपीटका रहेको जनाइएको छ । यातना र
क्रुर अमानवीय व्यवहारका ३९ वटा घटना भएको इन्सेकको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो एक वर्षे अवधिमा १० व्यक्ति बेपत्ता र अपहरणमा परेका छन् भने
गैरकानूनी गिरफ्तारी, बालअधिकार उल्लंघन, बलात्कारसम्वन्धी ४८ घटना भएको
प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकका जिल्ला प्रतिनिधि दुर्गा थापाले
संविधान सभाको निर्वाचन भएकाले पनि सन् २००८ मा मानवअधिकार उल्लंघनका घटना
बढेको बताउनु भएको छ ।
मानवअधिकार उल्लंघन र दण्डहीनताको अवस्थामा कमी ल्याउन राज्यपक्ष बढी
जिम्मेवार नभएको उहाँको भनाई छ ।
-Geban Mijhar in Surkhet
|
|