Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

तराईका सशस्त्र समूहहरुसंग वार्ताकालागि अनौपचारिक कुराकानी शुरु



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'कम्युनिष्टहरुको बहुमत हुँदापनि एकल सरकार गठन गर्न नसकेको अवस्थामा जनगणतन्त्र ल्याउछु भन्नु भ्रम छर्नुमात्र'- हृदयश त्रिपाठी


Minister Janardan Sharma 'Prabhakar'. Photo: Sitaram

काठमाण्डौं, October 11, 2008-शान्ति तथा पुननिर्माणमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक जर्नादन शर्मा 'प्रभाकर' ले तराईका सशस्त्र समूहहरुसंग वार्ताकालागि अनौपचारिक कुराकानी भइरहेको बताएका छन् ।

अनौपचारिक कुराकानीको क्रमबाट वार्ताका लागि वातावरण बन्दै गएकाले छिट्टै परिणाम आउने दावी समेत उनले गरेका छन् ।

'वार्ताका लागि वातावरण बन्दैछ' मन्त्री प्रभाकरले भने- 'अनौपचारिक कुराकानी भइरहेको छ छिट्टै परिणाम आउनेछ ।' वार्ता टोलीका सदस्यद्वय स्थानीय विकासमन्त्री रामचन्द्र झा र शिक्षामन्त्री रेणुकुमारी यादव वार्ताका लागि सम्पर्क सूत्रहरुसंग छलफलमा व्यस्त रहेको खुलाशापनि उनले गरेका छन् ।

तराई पुगेका मन्त्रीद्वयबाट वार्ताका सम्बन्धमा सकारात्मक सूचना पाइरहेकाले आफू निकै उत्साही भएको बताएका मन्त्री प्रभाकरले वार्ताका लागि औपचारिक पत्र पठाउने प्रकृया अन्तिम चरणमा पुगिसकेको खुलासासमेत गरेका छन् । वार्ताको वातावरण तयार गर्न सरकारले राजनीतिक रुपमा बन्दी भएकालाई रिहा गर्ने, मुद्दाहरु फिर्ता लिनेदेखि सुरक्षाको ग्यारेन्टीसमेत लिने आस्वासन उनले दिएका छन् ।

वार्ताका लागि सरकारले सबैबाट सहयोग लिने बताउँदै शान्ति मन्त्रीले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सबैबाट सहयोगको आशा राखेको बताए । उनले सरकारले वार्ताका लागि सशस्त्र समूहहरुसंग कुनै शर्त नराखेको जानकारीपनि दिए ।सबै विषयमा छलफल गर्न सरकार तयार रहेको उनको भनाई थियो ।
 
प्रभाकरले सेना समायोजनका लागि छिट्टै विशेष समिति बन्ने बताए । उक्त समितिले सेना समायोजनलाई सफलतामा पुर्याउने उनको भनाई थियो । संविधान निर्माणका लागि सरकार जिम्मेवार रुपमा प्रस्तुत हुने बताए । संविधान सभामा पक्ष विपक्षभन्दा पनि सबै मिलेर जानुपर्नेमा उनको जोड थियो।


Hridayesh Tripathi. Photo: Sitaram

कार्यक्रममा बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदयश त्रिपाठीले मुलुकलाई जनगणतन्त्रमा लान खोजे गृहयुद्ध हुने चेतावनी दिए । संविधान सभाबाट जनगणतन्त्र सम्भव नभएको बताउँदै जर्बजस्ती गर्न खोजे गृहयुद्ध हुने चेतावनी दिएका दिए । उनले भने- 'शान्ति प्रकृया असफल हुनु भनेको मुलुक अफगानिस्तानको हालतमा पुग्नु हो यसलाई मनन गरेर सबैले जिम्मेवारीबोधका साथ आफूलाई प्रस्तुत गर्नुपर्छ ।'

संविधान सभामा कम्युनिष्टहरुको बहुमत हुँदापनि कम्युनिष्टको मात्रै एकल सरकार गठन गर्न नसकेको अवस्थामा जनगणतन्त्र ल्याउछु भन्नु भ्रम छर्नुमात्र हुने बताउँदै उनले तराईका सशस्त्र समूहलाई वार्तामा ल्याउन सरकारले वातावरण बनाउनुपर्ने बताए । तर सरकारको सर्वशक्तिमान हुँ भन्ने अभिमानले समस्या ल्याएको उनको कथन थियो ।

नेपाली सेना र माओवादी जनसेना राष्ट्रिय चरित्रको नभएको बताउँदै मधेशी नेता त्रिपाठीले भने- 'दुवै सेनामा मधेशीको न्यून सहभागिता छ यसलाई हाम्रो सेना भन्न सकिने अवस्था छैन ।' त्यसै आधारमा मधेशवादी दलहरुले सेना समायोजनप्रति कुनै चासो नराखेको उनको कथन थियो ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®