|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
कांग्रेसलाई सेना समायोजन समितिमा ल्याउन के गर्नु पर्ला? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, November 4, 2008-
नेपाली कांग्रेसले सेना समायोजनकालागि गठन गरिएको समिति बिघटनको माग
गरिरहेका बेला नेकपा माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले कमिटी पुर्नगठन
गर्न सकिने बताएका छन् । सो समिति पुर्नगठन गरी नेपाली कांग्रेस र अन्य दलका प्रतिनिधिलाई पनि सहभागी गराउनुपर्ने बताउँदै नेता गजुरेलले कांग्रेसको सहयोगविना शान्ति प्रकृया निष्कर्षमा नपुग्ने भएकाले सहमतिबाटै अगाडि बढ्नुपर्ने बारेमा जोड दिएका छन् । सेना समायोजन समिति पुर्नगठनकलागि आफ्नो दल छलफलका लागि तयार भएको बताएपनि उनले नेपाली कांग्रेसले उठाएको संख्याको प्रश्न आवरणमा देखिएजस्तो नभएको बरु अन्य नियतका साथ उठाइएको दावी गरे । 'संख्याकै विषयलाई मात्र लिएर कांग्रेसले पुर्नगठनको विषय उठाएको हो जस्तो लाग्दैन' गजुरेलले भने । सरकारको नेृतत्व गर्नुको अलावा जनमुक्ति सेनाको पनि जिम्मेवारी लिनुपर्ने भएकाले समितिमा माओवादीको तर्फबाट दुईजना प्रतिनिधित्व रहनु स्वभाविक भएको उनको तर्क थियो । दुई सेना एकीकरण गरेर राष्ट्रिय सेना बनाउनुपर्ने बताउँदै गजुरेलले सेना समायोजनबारे शान्ति सम्झौतामा स्पष्ट उल्लेख भएअनुसार दुई सेना मिलाएर राष्ट्रिय सेना बनाउनपर्ने बताए । जनमुक्ति सेनाको छुट्टै सिद्धान्त रहेपनि नयाँ राष्ट्रिय सेना गठन हुँदा राजनीतिक सिद्धान्त निष्प्रभावी हुने बताए । 'विगतमा नेपाली सेनाको पनि राजतन्त्रको रक्षा गर्ने सिद्धान्त थियो त्यो परिवर्तन भएको छ' माओवादी नेता गजुरेलले भने- 'हाम्रो सेनाको सिद्धान्त पनि परिवर्तन हुनेछ ।' सो साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले सेना समायोजनकालागि गठित समिति बिघटन या पुर्नगठन नभए आफूहरु सहभागी हुननसक्ने बताएका थिए । उनको भनाई थियो- 'संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल गरी समिति पुर्नगठन या बिघटन गरे कांग्रेस सहभागी हुनसक्छ ।' चार दलको निर्णयले मात्र सेना समायोजनको जटिल प्रकृया पूरा हुननसक्ने भएकाले तमलोपालगायतका दललाई पनि सहभागी गराउनुपर्नेमा उनको जोड थियो । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले सेना समायोजनको विशेष समिति पुर्नगठन आवश्यक रहेको बताउँदै नेपाली कांग्रेसलाई समिति बाहिर राखेर समायोजन प्रकृया पूरा हुननसक्ने जिकिर गरे । विशेष समितिलाई विवादमा पार्ने काम नगरी सहमतिमा सबैको समान सहभागितामा जोड िदंदै ज्ञवालीले भने- 'कांग्रेसलगायतका दललाई पनि सहभागी गराउनेबारे छलफल गर्न जरुरी छ ।' सेना समायोजनबारे माओवादी नेताहरुको भनाई शान्ति सम्झौता विपरित भएको र नेपाली कांग्रेसले पनि समायोजनविरुद्ध अभिव्यक्ति दिएर विवाद चर्काएको आरोप उनको थियो । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदयश त्रिपाठीले सेना समायोजनको विशेष समिति बिघटन नभए संविधान सभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । चार दलले एकतर्फी रुपमा छलफल गरेर समिति बनाएको बताउँदै संविधानमा प्रमुख दलको व्याख्या नभएको अवस्थामा प्रमुख दलको नामबाट समिति गठन गरिएको बताए । प्रमुख दलका नाममा विना छलफल राष्ट्रिय एजेण्डाको निर्णय गरेको भन्दै उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । |
|
|
नेपाली सेना र माओवादी सेनामा मधेशीको
प्रतिनिधित्व नभएको भन्दै राष्ट्रिय सेनाको स्वरुप दिन समान सहभागिता
गराउने गरी मापदण्ड तोकिनुपर्ने बताए । सहमतिबाट संविधान निर्माण
गर्नुपर्नेमा अल्पमत र बहुमतको सिद्धान्तमा अगाडि बढे दुर्घटना हुने खतरा
औल्याए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||