|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
हङकङ नेपाली साहित्यकारहरुको चहल पहल![]() हङकङ, July 1, 2008- नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव जोर्डनस्थित नेपाल क्लवमा जुलाई १ तारिख मंगलवार सम्पन्न भयो। सोही अवसरमा गीतकार डी.बी. पालुङवाद्वारा रचित नेपाली आधुनिक गीति संग्रह 'आलाप' को लोकार्पण महावाणिज्यदूत केशवप्रसाद भट्टराईबाट भएको थियो। प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बा विशेष अतिथिका रूपमा र विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए। गीतकार डिबी पालुङ्वाले कृति विमोचनपछि मन्तव्य प्रकट गर्दै २, ३ वर्षपछिको अथक प्रयासबाट आफू अब आम मान्छे बन्न पाउंदा गर्व लागेको बताए। ![]() |
|
|
गीतकार पालुङ्वाले गीतहरूमा रंग भरेर साहित्यको
खेतीमा कोदालो खनेर सुरुवात गरेको बताए। गीतकार पालुङ्वाको कृतिमाथि
समीक्षा गर्दै सृजनाशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातले हङकङका
साहित्यकारहरूले एकआपसमा सृजना र सम्वाद साटासाट गर्नुपर्ने बताए। कार्यक्रममा यु.पी. नुम्लाकेद्वारा लिखित 'आधुनिक सवारी चालक निर्देशिका' समेत सार्वजनिक गरिएको थियो। लेखकले प्रकाशित कृतिमाथि प्रकाश पार्दै भने- 'मैले लिखित पुस्तकमा सरल भाषा प्रयोग गरी सबैका निम्ति पठनयोग्य बनाउने प्रयाश गरेको छु'। नुम्लाकेद्वारा चार भाषामा लिखिएको एभरेष्ट डिस्नेरी यस अघि बजारमा आइसकेका छन् भने नुम्लाकेले नेपाली समाजलाई उपयोगी हुने थप पुस्तकहरु बजारमा ल्याउने तयारी गरिरहेका छन्। ![]() प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराईले हङकङमा नेपाली गीत सृजनामा उपलव्धीमूलक ढंगले विकास भएकोमा खुसी व्यक्त गरे। महावाणिज्यदूत भट्टराईले आफू हङकङ आएको छोटो समयभित्र ५, ६ वटा गीति एल्बमहरु बजारमा सार्वजनिक भएको जानकारी दिए। वरिष्ठ संगीतकार दिनेश सुब्बाले गीतकार डिबी पालुङ्वाको गीतको चर्चा गर्दै सबै स्रष्टाहरू गीत रचनामा निपुण हुन नसक्ने बताउंदै 'कविता लेख्ने कविहरू गीत लेख्न सक्षम हुन्छन् नै भन्न सकिन्न' भने। गीतकार पालुङ्वाले सफल गीतकार हुने सम्भावना बोकेको सुब्बाले बताए। ![]() कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङका अध्यक्ष मोती चाम्लिङले साहित्यमा प्रतिस्पर्धा हुन नसक्ने बताउंदै 'साहित्यकार साझारूपमा समाजका लागि हुन्, नेपाली साहित्यका लागि हुन्।' 'अहिले पुनर्गठन भएको हङकङ च्याप्टरमा सबै साहित्यकारहरूलाई समावेशीको आधारमा समविष्ट गरिएको छ' चाम्लिङले भने। कार्यक्रमका अर्का वक्ता आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले समाजमा गीतकारहरू ओझलमा परेकोमा चिन्ता व्यक्त गरेका थिए। समाजले गीतकारहरूलाई महत्वका साथ अगाडि ल्याउनु पर्ने धारणा कन्दङ्वाको रहेको थियो। औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य बिमल राईले गरेका थिए भने भयवादका प्रवर्तक देश सुब्बाले स्वागत मन्तव्य प्रकट गरेका थिए। सोही कार्यक्रममा डोल्मा शेर्पाको जीवन रक्षाका लागि हङकङमा संकलन गरिएको हङकङ डलर ४ हजार ४३ आर्थिक सहयोग आदिवासी जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले महावाणिज्यदूत भट्टराईबाट एनआरएन हङकङ नेश्नल कोअर्डिनेटर कृष्ण पाण्डेलाई हस्तान्तरण गरेका थिए। पहिलो चरणको कार्यक्रम समापनपछि कविता वाचनको कार्यक्रम रहेको थियो। कार्यक्रममा कविहरू भोगेन एक्ले, प्रकाश छाङ्छा राई, आशा दाहाल, कमल पौडेल, चन्द्र मादेन, देवेन्द्र खेरेस, देव गुरूङ, मोती चाम्लिङ, डिबी पालुङ्वा र बाल कविहरू निङ्वा लिम्बू र आकाश राईले कविता वाचन गरेका थिए। कार्यक्रम सकेपछि आइपुगेकी कवयत्री हिमकला राईले जनजाति सम्बन्धी गीत गाएकी थिइन्। कार्यक्रममा अनुपस्थित कवि रामकृष्ण वान्तवाका कवितालाई कवि कमल पौडेलले र नेपालका कवि पदम गौतमको कविता हाङयुग अज्ञातले वाचन गरेका थिए। कविता वाचनका महिला सहभागी आशा दाहाललाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा कविताबाहेक टीकाराम माखिमबाट कथासमेत वाचन गरिएको थियो। अन्तमा कार्यक्रमका अध्यक्ष टंक सम्वाहाम्फेले सबैलाई धन्यवादसहित आफ्ना कविता वाचन गरि सकेपछि कार्यक्रमको समापन गरेका थिए। यस कार्यक्रमलाई एचकेनेपाल डट कमले परीक्षणको रुपमा प्रत्यक्ष भिडीयो प्रसारण गरेको थियो। -पशन तमू (Pashan Tamu), Hong Kong ![]() Photos courtesy: Kavita Kusum |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||