|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
'माओवादी नक्कली जुँगा उखेल्ने' ओली आफै उखेलिए पूर्व गृहमन्त्री ओली र बर्तमान गृहमन्त्री सिटौला हारे शनिबारको पत्रकार सम्मेलनमा बरिष्ठ नेता केपी ओलीपनि मलिन मुद्रामा उपस्थित हुनुहुन्थ्यो । पत्रकारहरुले ओलीसँग सोधे- 'तपाई्रले माओवादीलाई नक्कली जुँगा भन्दै चुनावपछि त्यो जुँगा उखेलिने भएकाले माओवादीसँग तालमेलको आवस्यकता नभएको बताउनु भएको थियो । तर तपाईं आफै हार्नुभयो । अब भन्नुस्- नक्कली जुँगा एमाले हो कि माओवादी हो?' तर महासचिव नेपालले ओलीलाई बोल्न दिनु भएन । महासचिव नेपालले भन्नुभयो- 'यो पत्रकार सम्मेलन मैले बोलाएको हो । उहाँ ओली ले होइन । त्यसैले यो पत्रकार सम्मेलनमा उहाँले बोल्न मिल्दैन । उहाँसँग यो पत्रकार सम्मेलनपछि प्रश्न सोध्नुहोला ।' पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै ओलीले भन्नुभयो- 'धेरै मतले हारेको छैन । त्योपनि धाँधलीका कारणले हारेको हुँ ।' माओवादीको विजयको र एमालेको हारको लहरबाट एमाले नेता केपी ओलीपनि अछुतो कसरी हुन सक्थे र ! अधिकांस शीर्ष नेताहरुजस्तै ओलीलेपनि झापामा नमीठो पराजय भोग्नुपरेको छ । माओवादीका एक सामान्य जिल्लास्तरीय नेतासँग ओलीलेपनि लज्जास्पद पराजयको सामना गर्नुपरेको छ । झापा- ७ मा ओलीलाई १ हजार १ सय ४० मतान्तरले पराजित गरी माओवादी उम्मेदवार विश्वदीप लिङ्देन 'सुरेश' ले विजय माला पहिरिएका छन् । ओलीको पराजयपछि माओवादी कार्यकर्ताहरुले देशव्यापी रुपमा विजय उत्सव मनाएका छन् । ओलीले 'माओवादी नक्कली जुँगा र कपाल' भएको र 'संविधान सभा चुनावले नक्कली जुँगा एबं कपाल उखेल्ने' अभिव्यक्तिका साथ माओवादीको चर्को आलोचना गरेका थिए । ओलीकै कारण नेकपा एमाले र नेकपा माओवादी बीच तालमेल हुन सकेको थिएन । झापाको ६ नं क्षेत्रमा मात्र एमालेले विजय हासिल गरेको छ । शुरुदेखि नै माओवादी उम्मेदवार भन्दा पछि परेपछि पराजयको संकेत देखेका ओली शनिवार नै काठमाडौं आएका थिए । उता देशैभरिका माओवादी कार्यकर्ता हरुले झापा- ७ को चुनाव परिणाम व्यग्रतापूर्वक सुनिरहेका थिए । बाम एकताको पक्षमा रहेका एमाले कार्यकर्ताहरु ओलीसँग निकै असन्तुष्ट देखिन्थे । महासचिव नेपालको चुनावी पराजयपनि ओलीकै नीतिको कारण भएको एमाले कार्यकर्ताहरु बताउँछन् । झापालाई यसअघिसम्म नेकपा एमाले को लालकिल्ला मानिन्थ्यो । तर झापा अहिले माओवादीको लालकिल्लामा परिणत भएको छ । झापा- १ मा माओवादी उम्मेदवार धर्म घिमिरेले विजय हासिल गरेका छन् । झापा- २ मा पनि माओवादी उम्मेदवार गौरीशंकर खड्का 'राजेन्द्र' ले विजय हासिल गरेका छन् । झापा- मा विजय हासिल गरेका घिमिरे र उनले पराजित गरेका नरेश खरेल १७ वर्ष सँगै जेल परेका नक्सलवादी नेता हुन् । झापा काण्डका योद्धा घिमिरे माओवादीमा प्रवेश गरेका थिए । उनी र एमालेका खरेललाई हितैषी मानिन्थ्यो । उता झापा- २ मा विजयी माओवादी नेता खड्का ०४७ मा तत्कालिन नेकपा एकता केन्द्र मा प्रवेश गरेका थिए । यसै
बिच, झापा- ३ मा माओवादीका पूर्णिसंह राजवंशीले गृहमन्त्री एवं नेका
उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराएका छन् ।KP Oli and Kishna Prasad Sitaula. Photos contributed: Sirab -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®