|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
डिएसपीहरुको सरुवा गर्दा आर्थिक प्रलोभनमा परे गृहमन्त्री गौतम |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, November
26, 2008- आर्थिक प्रलोभनमा परेर उपप्रम तथा गृहमन्त्री बामदेब
गौतमले नेपाल प्रहरीका डिएसपीहरुको सरुवा गरेको आरोप एमालेभित्रैबाट लाग्न
थालेको छ । मंगलबारको मिति राखेर बुधबार सार्वजनिक सरुवा सूचीअनुसार अधिकांश डिएसपीहरु शक्तिकेन्द्रको भनसुनमा सरुवामा परेको प्रहरीहरुले बताएका छन् । अवसर नपाएका प्रहरीलाई अवसर दिने र अवसर पाउँदै आएका प्रहरीहरुलाई नयाँ भूमिका दिने सरकारको नीति डिएसपी सरुवामा कार्यान्वयन नभएको कारण प्रहरीभित्र फेरि सरुवा विवाद उत्पन्न भएको छ । यसअघि एसपीहरुको सरुवामा गृहमन्त्रालय र महानिरीक्षकको सचिवालयबीच मतैक्यता नहुँदा एकपटक सार्वजनिक भएलगत्तै सूची संशोधन भएको थियो। यसअघि इन्स्पेक्टरहरुको सरुवा सूची सार्वजनिक गर्दा प्रहरीले शहरी क्षेत्रका इन्सपेक्टरलाई पहाड र तराई तथा पहाड र तराईका इन्स्पेक्टरलाई शहरी क्षेत्रमा जिम्मेवारी दिएको थियो । यसपटकको सरुवामा त्यस्तो नभएको आरोप लागेको छ । जानकारीअनुसार राजधानीको महत्वपूर्ण प्रहरी युनिटका रुपमा लिइने महाराजगन्ज प्रहरी बृत्तमा ललितपुरका डिएसपी शरदकुमार खत्री सरुवा भएका छन् भने त्यहाँका डिएसपी विकासराज खनाल काठमाडौंमा एयरपोर्टमा सरुवा भएका छन् । महत्वपूर्ण मानिने प्रहरी युनिटमा यसपटक काठमाडौंमैं कार्यरत दुई महिला डिएसपी परेका छन् । त्यसमध्ये प्रहरी प्रधान कार्यालयकी मीरा चौधरी र किरण बज्रचार्य क्रमशः प्रहरी बृत्त बालाजु र ठिमीमा सरुवा भएका छन् । बौद्ध प्रहरी बृत्तका डिएसपी योगबहादुर पाल दंगा नियन्त्रण प्रहरी गण हेटौंडामा सरुवा भएका छन् । बौद्धमा क्षेत्रीय प्रहरी कार्यालय पोखराका डिएसपी ओमबहादुर राना सरुवा भएका छन् । राष्ट्रिय सुरक्षा परिषद् िसंहदरबारका डिएसपी सुशील सिंहह राठौर कालिमाटी प्रहरी बृत्तमा सरुवा भएका छन् । कालिमाटीका डिएसपी उमेश रन्जितकार राष्ट्रिय सुरक्षु परिषद्मा सरुवा भएका छन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत डिएसपी शेखर कोइराला जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएका छन् । यता ट्राफिक महाशाखा बग्गीखानाका डिएसपी प्रेमबहादुर मल्ल प्रधान कार्यालयस्थित प्रशासन विभागमा सरुवा भएका छन् । पर्वतका डिएसपी रवीन्द्रनाथ रेग्मी कास्की सरुवा भएका छन् भने रामेछापका खिनुप्रसाद आचार्य रुपन्देही सरुवा भएका छन् । प्रधान कार्यालयको प्रशासन विभागमा दरबन्दी भई पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा काजमा रहेका डिएसपी सुरेश बस्नेत जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी प्रमोद खरेल जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा सरुवा भएका छन् । तातोपानी नाकाबाट असुल हुने रकमका कारण सिन्धुपाल्चोक जिल्लालाई प्रहरीभित्र 'आकर्षक' ठाउँ मानिन्छ । डिएसपी खरेल पूर्व आइजीपी अच्युतकृष्ण खरेलका भतिजा र चितवनका एमाले नेता जागृतप्रसाद भेटवालका ज्वाईं हुन् । जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत डिएसपी सन्दिप भण्डारी जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा भएका छन् । तातोपानी नाकाबाट उठ्ने रकमको बाँडफाँड काभ्रेमा पनि हुनाले सो जिल्लालाई पनि प्रहरीभित्र 'आकर्षक' ठाउँ मानिन्छ । डिएसपी भण्डारीलाई एमाले महासचिव झलनाथ खनाल र संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको संयुक्त कोटामा त्यहाँ पठाइएको प्रहरी स्रोतले जनाएको छ । स्रोतकाअनुसार इलामबाट नेताद्वयलाई संविधान सभाको चुनाव जिताउने डिएसपी भण्डारीले लगाएको 'गुन तिर्न' उनलाई काभ्रे पठाइएको हो । दुई महिनाअघि मात्र काभ्रेमा सरुवा भएका डिएसपी विभूतिराज पाण्डे भने काठमाडौं ट्राफिकमा फर्किएका छन् । |
|
|
काठमाडौंस्थित नगर प्रहरीका डिएसपी होमजंग चौहान जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएका छन् । हनुमानढोका प्रहरी परिसरका डिएसपी गणेश ऐर जिल्ला प्रहरी कार्यालय धनकुटा र नरेन्द्र उप्रेती जिल्ला प्रहरी कार्यालय रसुवा सरुवा भएका छन् । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा डिएसपी यज्ञबहादुर थापा सरुवा भएका छन् । त्यस्तै मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयामा उमाशंकर पन्जियार सरुवा भएका छन् । गोरखामा प्रहरी विद्रोहको कारक मानिएकी गीता उप्रेती प्रधान कार्यालयस्थित महिला तथा बालबालिका सेलमा सरुवा भएकी छन् । सरुवामा परेका डिएसपीहरुमा पर्वतमा विक्रम गुरुङ, म्याग्दीमा भोजराज ओझा, वाग्लुङमा प्रदीपकुमार श्रेष्ठ, स्याङ्जामा गोपालबहादुर रायमाझी, प्युठानमा ध्रुवकुमार महरा, जुम्लामा कल्लर सिंहह थापा, पाल्पामा पवनकुमार गिरी, गोल्पामा भोजजंग शाह, बझाङमा बसन्तकुमार पन्त, अर्घाखाँचीमा कृष्णहरि शर्मा पोखरेल, संखुवासभामा सूर्यप्रसाद उपाध्याय, कालिकोटमा रणबहादुर रायमाझी, धादिङमा घनश्याम शर्मा, हुम्लामा बहादुरजंग मल्ल, तनहुँमा राजेन्द्र विष्ट, उदयपुरमा पशुपतिनाथ डोटेल, ओखलढुंगामा मनोजकुमार यादव, खोटाङमा रुपम लामा, दोलखामा यज्ञविनोद पोखरेल, रुकुममा रविन्द्रबहादुर धानुक, दिपायलमा सिद्धिविक्रम शाह, सल्यानमा भरतबहादुर बोहोरा, सिन्धुलीमा मुकेशकुमार शाह र गुल्मीमा राजेन्द्रकुमार पालिखे रहेका छन् । गृहमन्त्री गौतमले आर्थिक प्रलोभनमा परेर यो सरुवा गरेको आरोप एमालेको मुखपत्र बुधबार साप्ताहिकलेसमेत लगाएको छ । सो साप्ताहिक एमालेको केन्द्रीय कार्यालय मदननगर बल्खुबाट प्रकासित हुँदै आएको छ । बुधबारको अंकमा सो साप्ताहिकले लेखेको छ- 'उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले प्रहरीभित्र कसैलाई पाखा र कसैलाई काखा गरेकेा आरोप लाग्न थालेको छ राजनीतिक आस्थाभन्दापनि 'अर्कै कारण' ले त्यस्तो भएको भन्दै प्रहरीभित्रबाट असन्तुष्टि पोखिन थालेको हो ।' सो साप्ताहिकका अनुसार गत शुक्रबार भएको एमाले स्थायी समितिको बैठकमासमेत गौतम गलत व्यक्तिहरुद्धारा घेरिएको आरोप केही बरिष्ठ नेताहरुले लगाएका थिए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||