|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
गृहमन्त्री र पूर्व राजा ज्ञानेन्द्र बिच भेट![]() Home Minister Krishna P. Sitaula in front of Narayanhiti Royal Palace in Kathmandu. Photo: Santa काठमाडौं, June 2, 2008- गणतन्त्र कार्यन्वयनको घोषणा भएको छैठौं दिन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । जेठ २० गते विहान ११ बजे देखि १२:३५ बजेसम्म भएको भेटमा पूर्व राजाले १५ दिन भित्रै नारायणहिटी छाड्ने बचन दिएका छन् । पूर्व राजा ज्ञानेन्द्रले नेपाल सरकारका गृहमन्त्री सिटौलासँग सुरक्षा र निवासको व्यवस्था मिलाउन माग गरेका छन् । 'निवास र सुरक्षा व्यवस्था मिले पछि तुरुन्तै सरी हाल्छ' पूर्व राजालाई उधृत गर्दै गृहमन्त्री सिटौलाले भने । संविधान सभाको पहिलो वैठकको निर्णयलाई सहज रुपमा लिएको कुरा पनि पूर्व राजाले गृहमन्त्री सिटौलालाई बताएका थिए । दरबार भित्रको कागज पत्र जलाइएको लगायतका अनावश्यक हल्लाले भने आफूलाई दुःखी बनाएको कुरा उनले गृहमन्त्री सिटौलासीत राखेका थिए । नारायणहिटी लगायत राष्ट्रियकरण गरिएका दरबारको सुरक्षा सम्बन्धमा सुझाव दिन बनेको समिति र सम्पत्ती विवरण बारे अभिलेख राख्न बनेको समितिको कार्यलय पनि नारायणहिटी मै रहने पनि गृहमन्त्रीले जानकारी गराएका छन् । संविधानसभाको वैठकको निर्णय पश्चात पूर्व राजामा ठूलो परिवर्तन आएको र आफूलाई एउटा नागरिकले मन्त्रीलाई गर्नु पर्ने सम्मान गरेको गृहमन्त्रीको भनाई थियो । पूर्व राजालाई गृहमन्त्री एक पटक एक्लै र अर्को पटक समितिका सदस्यहरुसँग संयुक्त रुपमा भेटेका थिए । -Santa Bagam Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®