|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
चौतारीमा 'राजा' भेटिए |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पूर्व युवराज्ञी हिमानी नेपालमा, पारश सिङ्गापुरमा![]() Former King Gyanendra. Photo courtesy: Keshang Thokar काठमाडौँ, October 2, 2008- पूर्व राजा ज्ञानेन्द्र शाह असोज १६ गते भक्तपुरको ठिमीमा देखिए । गत जेठ १५ गते संविधान सभाबाट राजतन्त्रको अन्त्य भएको विधिवत घोषणा पछि उनी पहिलो पटक देखा परेका हुन् । पूर्व रानी कोमलको साथमा उनी भक्तपुरको स्यामस्याम धाममा प्रार्थना गर्न गएका थिए । उता पूर्व युवराज्ञी हिमानी जसले जस्तो परिस्थिति सिर्जना भएपनि नेपालमै बस्ने आफ्नो निर्णय सार्वजनिक रुपमा सुनाएकी छिन् । असोज १५ गते पूर्व युवराज्ञी हिमानी पशुपतिनाथको दर्शन गर्न गएकी थिईन् । उनले पशुपतिमा वृद्धवृद्धाहरुलाई खानेकुरासमेत वितरण गरेकी थिईन् । उनले आफ्नो ३२ औं जन्म दिवसको उपलक्ष्यमा यस्तो निर्णय सुनाएकी हुन् । १५ गते उनको जन्मदिन हो। जन्म दिवसको उपलक्ष्यमा पशुपतिस्थित बृद्धाश्रमका असहाय बृद्धबृद्धालाई खानेकुरा तथा फलफूल बाँड्न त्यहाँ पुगेकी हिमानीले पत्रकारहरुको जिज्ञाशामा भनेकी छन्- 'छोराछोरीको शिक्षा-दीक्षाकालागिमात्र हामी सिङ्गापुर गएका हौं सिङ्गापुरमै घर लिएर बस्ने हाम्रो कुनै योजना छैन ।' आफ्नो छोरा पूर्व नवयुवराज ह्दयेन्द्र र पूर्व नवयुवराज्ञी पूर्णिकाको शिक्षादीक्षाकालागि केही समययता सिंगापुरमा बसोबास थालेकी हिमानी यतिबेला नेपालमै छिन् । पूर्व युवराज पारशभने अहिलेपनि सिङ्गापुरमा छन् । दशैंमा पारश उतै हुनेछन् भने हिमानी आफ्ना सन्तानकासाथ नेपालमै रहनेछिन् । |
|
हिमानीले
नेपालमै रहने भनी बताएको कुराले उनी र पारशबीच भविष्यमा उनीहरु कहाँ रहने
भन्ने कुराबीच विवाद रहेको स्पष्ट पार्छ । हिमानी नेपालमै रहने पक्षँमा
रहेपनि पारश भने यहाँ नबस्ने मनस्थितिमा रहेको बुझिन्छ ।त्यसैले हुनुपर्छ आफ्ना छोरा-छोरी पढाउन सिङ्गापुर गएपनि हिमानी नेपाल ३ चोटि नेपाल आइसकेकी छन् भने पारश एकपटकपनि नेपाल आएका छैनन् । 'दुईजना बीच भविष्यमा कहाँ रहने भन्ने विवाद रहेको देखिन्छ' श्रोतले भन्यो- 'हिमानी पटक पटक नेपाल आउनु र पारश नआउनुको कारणपनि यही हो ।' युवराज्ञी हुँदा र अहिले जीवन शैलीमा कुनै परिवर्तन आएको छ भन्ने संवाददाताहरुको प्रश्नको भने उनले जवाफ दिइनन् । जे भएपनि हिमानीको नेपालमै बस्ने चाहनालाई सबैले स्वागत गर्नुपर्छ । राजगद्धी त्याग्नुपरेपनि पूर्व राजा ज्ञानेन्द्रलेपनि आफू नेपालमै रहने र यहीं मर्ने आफ्नो चाहना रहेको सार्वजनिक गरिसकेका छन् । यद्यपी उनी दीर्घकालीन रुपमा नेपालमा बस्ने पक्षमा नरहेको कतिपयको अनुमान छ । यद्यपी हिमानीको पछिल्लो धारणले भने पूर्व राजपरिवार यहीं रहनेमा धेरै नेपालीलाई आस्वस्त पारेको छ । यदि यसो हो भने उनीहरुले विस्तारै नागरिकका रुपमा नेपाली जनताको थप माया र स्नेह पाउनेछन् । Himani. Photo courtesy: Royal source. -Vivek Baral and Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||