|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
तिहारको सम्झनामा बिशेष कोशेली हिमाली स्वरहरु सुन्नुहोस् |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Himali Swarharu, the online Nepali Radio service from New York City. Logo courtesy: Nepaliradio.Org -UNO बिशेष सम्बाददाता न्यू योर्क, October 28, 2008- न्यू योर्क शहरबाट अन्लाइन नेपाली रेडियो 'हिमाली स्वरहरु' चलाई रहेका सहदेब पौडेलले यसपालीको तिहार (भाइ टिका) को अबसरमा बिशेष संगीतिक कोशेली पस्किएका छन्। Poet and Himali Swarharu Online radio host Sahadev Paudel. Photos: eEyeCam थुप्रो नेपाली अन्लाइन नेपाली रेडियोहरुमा एउटा अलग पहिचान बनाउदै गएको नेपाली रेडियो हो- 'हिमाली स्वरहरु' । यसका संचालक सहदेब पौडेल नेपालमा रेडियो सगरमाथा चलाउँथे। अमेरिका आएपछि उनले आफ्नो नेपालमा आर्जन गरेको शीप NepaliRadio.Org अन्तर्गत सन्चालित 'हिमाली स्वरहरु' चलाएर फैलाउँदै छन्। उनी मीठो स्वरका धनी एक कुशल कबी पनि हुन्। उनको रेडियो उद्घोषणमा एक मिठास हुन्छ, उनको स्वरमा कबिता बाचन गर्दा कबिताले नयाँ जीवन पाउँछ जिबन्तताको। यसपाली न्यू योर्कमा सम्पन्न नेपालका महाकबी लक्ष्मीप्रशाद देबकोटाको ९९ औ जन्म जयन्ती समारोहको अबसरमा प्रस्तुत प्रथा मगरको कबिता 'सम्झनाका तरेलीहरुमा भाई टिका' ले त्यस्तै जिबन्तता पाएको छ: » तिहारको सम्झनामा बिशेष कोशेली हिमाली स्वरहरु सुन्नुहोस् सम्झनाका तरेलीहरुमा भाई टीका दश बर्ष पछि, पोहर साल म फेरी आफू जन्मेको त्यो गाउँ पुगें, |
|
|
पहाडको त्यो गाउँबाट हाम्रो परिवार बेशी झरेको पनि दुई दशक भई सक्यो, अब म जन्मेको घर, घर रहेन, एउटा भग्नाबशेस् मात्र बन्न पुगेको छ । तैपनि त्यही सयपत्री र गूड्धौली फूलहरुको याद गर्दै, बाल्यकालमा खेलेको धुलउटीको स्मरण गर्दै, म मेरो जीबनका पहिलो पाइलाहरुको डोभहरु खोज्दै र पछ्याउँदै, फेरी रानी बनको त्यो छेउमा पुगें । रानी बनको छेवैमा रहेको मेरो त्यो प्यारो घर जहाँ म जन्मिएँ, हुर्किएँ जहाँ हर तिहार मेरी दिदी भाईटीकामा मलाई निधारमा सप्तरङ्गी टीका लगाइ दिन आउँथिन् । आङ्गनको वोरीपरी जब सयपत्री र गूड्धौली फूलहरु ढकमक्क फुल्न थाल्थ्यो- म भाईटीकाको मिठो सपना देख्दै, दिदीले लगाइदिने नयाँ ढाका टोपी र मिठो सेल रोटीको कल्पना गर्दै, दिदीको अधैर्य प्रतिक्षामा हुन्थें । समयले कस्तो कोल्टे फेर्दो रहेछ- दिदीको हातको टीका नथापेको पनि दश बर्ष नाघेछ जीबनको अर्थ खोज्दा खोज्दै, परदेशमा बरालिँदा बरालिदै पत्तै भएन दिदीसँग कति टाढा हुन पुगिएछ । मलाई याद छ, दिदीले भाईटीकामा परदेशमा रहेका दाजुको नाममा घरको मुल ढोकासँगैको भित्तामा दाजुको नाममा टीका लगाइदिनु हुन्थ्यो र, म अहिले भाब बिह्वल हुँदै सोच्दैछु, मेरी दिदीले त्यसरी नै मलाई पनि उनको घरको भित्तामा टीका थमाइ दिएकी होलिन् मेरो अनुपास्थितीमा ! कस्तो नाता यो भाईटीकाको ! जति समय दिदी-भाइ, दाजु-बहिनीको बिछोड भए पनि सम्झनाका तरेलीहरुमा भाईटीकाको मोहकता र दिदीको स्नेहले छोड्दै नछोड्ने । तर, अहो! यसपालीको भाईटीकामा दश बर्षपछि, फेरी मेरो निधार सप्तरङ्गी टीकाले रङ्गिने भएको छ, नेपालबाट भर्खरै आएकी एउटी सानी बहिनीले मलाई आफ्नो दाजु मानेर भाईटीका लगाइदिने भएकिछिन्, म खुशीले दङ्ग र फुरुङ्ग भएको छु, फेरी गाउँको सयपत्री र गूड्धौली फूलहरुको याद झल्झली भएर आएकोछ, फेरी मेरी दिदीको हातबाट टीका थाप्दाको त्यो अबिस्मरणीय क्षण मनमा बल्झेको छ, र, म यतिखेर- फेरी भाईटीकाको त्यो दिनको अधैर्य प्रतिक्षामा पर्खि बसेकोछु । -प्रथा मगर हाल: न्यू जर्सी, युएसए, अक्टोवर २५, २००८ पुर्ख्यौली घर: गुल्मी » प्रस्तुत कबिता सुन्न यो लिङ्कमा क्लिक गर्नुहोस् |
||
![]() Archive» Diwali special feature. Yangchen Lhamo. Photos: Ang Kami Sherpa. Illustration: eEyeCam We are planning to feature Diwali (Tihar) festivities from around the world as we did during Dashain. We request you to join in this festival by sending your very special moments with your loved ones, in particular with your lovely sisters or brothers. Remind them to smile for the camera to show how happy they are, as you see our sweet little Yanchen Lhamo in above picture. Lhamo is a 9 year old Nepalese girl living in New York City with her parents. Please send you photos and details at: news@usnepalonline.com -US Nepal Online.Com US Nepal Media Center Read our related news and photo feature: » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) » न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos) » लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित » कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||