Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
हिमालबाट निष्काशित १६ जना मजदूरको पुर्नवहाली हुनुपर्ने शर्त

काठमाण्डौं, December 27, 2008- मजदुर नेता तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले हिमालमाथि आक्रमणमा आरोप लगाइएका रमेश पन्त र रमेश केसीलाई पक्राउ गर्नुअघि हिमालबाट निष्काशित १६ जना मजदूरको पुर्नवहाली हुनुपर्ने शर्त अगाडि सारेका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मजदुर नेता जमरकट्टेलले मजदूरलाई कुल्चेर प्रहरी अगाडि बढ्न खोजे सडकमा ओर्लेर प्रतिकार गर्ने चॆतावनीसमेत दिएका छन् ।

'रमेश पन्त र रमेश के.सी. हाम्रो साथमा हुनुहुन्छ' जमरकट्टेलले भने- 'हिमाल खवर पत्रिकाले
निष्काशन गरेका मजदूरलाई पुर्नवहाली गरोस् हामी पन्त र केसीलाई प्रहरीसमक्ष बुझाउछौं ।' मजदूर पुर्नबहाली नगरेसम्म पन्त र केसीमाथि प्रहरी कारबाही अगाडि बढ्न नदिने बताएका उनले आफूहरुलाई अपराधि सावित गरी कारबाही गर्न चुनौतीसमेत दिएका छन् । उनले प्रेस स्वतन्त्रतामाथि आक्रमण नगरेको दाबी गर्दै मजदूरमािथ शोषण गर्ने मजदूरहरुमाथि सशक्त रुपमा प्रस्तुत भएको बताएका छन् ।

केही दिन यता मजदुर र ठूला प्रकासन गृहबीचको द्धन्द उत्कर्षमा पुगेको छ । ठूला प्रकासन गॄहहरुले मजदुरहरुमाथि शोषण गर्ने र आ-आफै आक्रमणको परिवेशन निर्माण गर्ने र कार्वाही भएपनि त्यसलाई गलत अर्थ लगाएर प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको गलत आरोप लगाउने गरेको मजदुर पक्षको गुनासो छ । हिमालमापनि केही कर्मचारीहरुलाई जवर्जस्ती निस्कासन गरिएको र सूचना विभागले निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर्न आदेश दिएपछिपनि पुनर्वहाली नगरेर आक्रमणको परिवेश निर्माण गरिएको मजदुरहरुले बताएका छन्।

'हिमालमाथि आक्रमण गर्ने शैली बेठिक भएपनि त्यस्तो परिवेशको निर्माण हिमाल स्वयंले
सृजना गरेको हो' जमरकट्टेलले पत्रकारहरुसँग अनुरोध गर्दै भने- 'मजदूरहरुको पक्षमा उठेको आन्दोलनमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह छ मजदूरको विपक्षमा नउभिनुस् यस्तो हो भने श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि योभन्दा ठूलो लडाईं लड्नुपर्ला ।' उनले पत्रकार र संचार क्षेत्रमा कार्यरत मजदूरको अधिकारका लागि नेपाल पत्रकार महासंघलाई नेतृत्व लिन आग्रह गरे ।

महासंघले नेतृत्व लिए आफूहरु पछि लागेर सहयोग गर्ने बताउँदै मजदुर नेता जमरकट्टेलले कान्तिपुरले विगतको सहमति कार्यान्वयन नगरेकाले आन्दोलन शुरु भएको बताए । आफूले सहमति कार्यान्वयनका लागि कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियासंग कुरा गर्न खोज्दा भेट्न अस्वीकार गरेको बताए।

-Sitaram Baral in Kathmandu




   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®