Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

एकै दिनमा तोडिएको अपाङ्गहरुको अनसन

अनसनकारी अपाङ्गहरु बायाँबाट क्रमशः पबित्रा थिङ्ग, प्यारी कार्की, बीरेन्द्रराज पोखरेल र अर्जुन तिमििल्सना

काठमाडौं, May 13, 2008-अघिल्लो दिन अपाङ्गहरुले काठमाडौंको माइतिघरस्थित मण्डलामा टेण्ठ लगाए पाल हाले । उनीहरुलाई लागेको थियो हामी भोकभोकै यहाँ कम्तिमापनि एक हप्ता बस्नुपर्छ । तर उनीहरुको सोचाई गलत सावित भयो ।

अघिल्लो दिन बेलुकी लगाएको टेण्ट र पाल भोलिपल्ट बेलुकी नहुँदै हटाउनुपर्ने भयो । एक हप्ता भोकभोकै बस्न मानसिक रुपमा तैयार भएका अपाङ्गहरु भोलिपल्ट बेलुकी भावी प्रधानमन्त्री र राष्ट्र्पतिले दिएको जुस खाएर पो उठ्नुपर्ने भयो ।

संविधान सभामा अपाङ्गहरुको उचित प्रतिनिधित्व नभएपछि उचित प्रतिनिधित्वको माग गर्दै राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष बीरेन्द्रराज पोखरेल 'अन्धा' को अगुवाईमा केन्द्रीय सदस्य प्यारी कार्की 'अपाङ्ग', बिष्णु खनाल 'अपाङ्ग', सराकार केन्द्रकी उपाध्यक्ष पवित्रा थिङ्ग, स्याङ्जा नेत्रहीन संघका अध्यक्ष अर्जुन तिमििल्सना माइतिघर मण्डलामा आमरण अनसन बसेका थिए । समानुपातिकको बन्दसूचिमा अपाङ्गहरुको नाम भएपनि जितेका सिटहरुमा माओवादी, कांग्रेस र एमाले तीनवटै पार्टीले सभासद् छनौट नगरेपछि दुखी बनेका उनीहरुले आफ्नो माग पुरा गराउन आमरण अनसनको बाटो रोजेका थिए ।

त्यसैले शनिवारकै दिन माइतिघर मण्डलमा आमरण अनसनको तैयारीस्वरुप पाल र टेण्ट लगाउने काम भएको थियो । त्यसपछि उनीहरु आइतबार बिहानदेखि आमरण अनसनमा बसे । उनीहरुले आफ्नो अनसनलाई युद्धकै रुपमा लिए । र टाउकामा रातो कफनपनि बाँधे । उनीहरुको माग थियो- 'राजनीतिक पार्टीहरुले बन्दसूचिका नामबाट कोही अपाङ्गलाई संविधान सभामा पुर्याएनन् । तर मन्त्री परिषद्ले मनोनित गर्ने २६ जनामध्ये एक जना अपाङ्गलाई पारिनुपर्छ ।'

यही मागका साथ २६ गते बालुवाटारमा बसेको सात दलको बैठकमा उनीहरु ज्ञापनपत्र सहित पुगेका थिए । तर प्रधानमन्त्रीले उनीहरुलाई भट्न मानेनन् । अध्यक्ष पोखरेलका अनुसार ज्ञापनपत्र प्रधानमन्त्रीका स्वकीय सचिवका पीएले बुझ्ने काम गरेका थिए । 'यसरी हाम्रो अपमान गरियो' उनले दुखेसो पोखे- 'प्रधानमन्त्री लगायत सातै दलका नेताहरुलाई भेटेर हाम्रो कुरा राख्न पाउनुपर्छ भन्दा प्रहरी लगाएर पक्रने काम भयो । त्यसपछि हामी आमरण अनसनको कठोर निर्णयमा पुगेका हौं ।'


अपाङ्गहरुलाई प्रचण्डको सम्मान Photos: Sitaram Baral

अपाङ्गहरुले २६ जनामा पारिनुपर्छ भन्दै अनसन बसेको थाहा पाएपछि माओवादी अध्यक्ष प्रचण्ड आइतबार साँझ अनसन स्थल पुगेका थिए । 'अधिकार मागेर होइन लडेर पाइन्छ भन्ने माओवादीको मान्यता छ हामीले संविधान सभा लडेरै पाएका हौं' प्रचण्डले भने- 'तपाईंहरुलेपनि लडाईंको बाटो रोजेर ठीक गर्नुभएको छ । म यो कुरा सात दलको बैठकमा राख्नेछु । र सबै पार्टीको तर्फबाट साझा रुपमा अपाङ्ग सभासद् छान्न भूमिका निर्वाह गर्नेछु ।' अन्य पार्टी सहमत नभए २६ जनामध्येबाट आफ्नो पार्टीले पाउने कोटामा अपाङ्गको प्रतिनिधित्व गराउने पनि उनले बताए ।

प्रचण्डले यो बचन दिएपछि अपाङ्गहरु आमरण अनसन त्याग्न तैयार भए । त्यसपछि प्रचण्डले दिएकॊ जुस खाएर उनीहरुको अनसन स्थगित भयो । उनीहरुले जीतमा खुसी व्यक्त गर्दै नाराबाजीपनि गरे । नेपाल नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बूले प्रचण्डप्रति धन्यवाद ज्ञापन गर्दै भने- 'हामी अनसन बसेकै दिन तपाईं आएर आफूलाई अग्रगामी देखाउनु भएको छ । नेपालको इतिहासमा सायद यस्तो कहिल्यै भएको थिएन अनसनकारीहरुको स्वास बाँकी रहँदासम्मपनि माग पुरा नगर्ने प्रचलन तपाईंले तोडनु भयो । अब हामीहरुको माग पुरा गरेर बचनको पालना गरिदिनुहोस् ।'

-Vivek Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®