Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

पूर्व राजाका आमा र हजुर आमालाई नारायणहिटी मै राखिने
ज्ञानेन्द्रलाई नारायणहिटी जान-आउन सजिलो

काठमाडौं,  June 9, 2008- पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबार दिने निर्णय गर्दा चर्को आलोचना खेपेको सरकारले ज्ञानेन्द्र शाहका आमा र हजुर आमालाई नारायणीहिटी दरबार मै राख्ने निर्णय गरेको छ ।

जेठ २६ गते बसेको मन्त्री परिषदको वैठकले यस्तो निर्णय लिएको हो ।

नारायणहिटीबाट निस्कनुपरेपनि पूर्व राजा ज्ञानेन्द्रकालागि नारायणहिटीमा आवतजावत गर्न सजिलो हुने एक निर्णय मन्त्री परिषद्को आइतबारको बैठकले गरिदिएको छ । उनी आमा रत्न शाह र हजुरआमा सरला शाह मानन्धर लाई भेट्ने नाममा नारायणहिटीभित्र आजतजावत गरिरहन सक्नेछन् । मन्त्री परिषद्को आइतबारको बैठकले पूर्व मुमा बडामहारानी रत्नलाइै नारायणहिटी परिसरकै महेन्द्र मन्जिल स्व. त्रिभुवनकी रानी सरला शाहलाईपनि उनी बस्दै आएको नारायणहिटी परिसरभित्रकै भवनमा बस्ने व्यवस्था गरिदिने भएपछि उनलाई त्यहाँ आवतजावत गर्न सजिलो पर्नेछ ।

अघिल्लो आइतबार गृहमन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटीबाट सर्नकालागि आफूलाई उचित बासस्थानको अभाव रहेकोमात्र बताएका थिएनन् आमा रत्न र हजुरआमा सरला नारायणहिटी छाड्न नमानिरहेको जानकारी गृहमन्त्रीलाई गराएका थिए । 'लामो समय यहीं बसेकाले र यो ठाउँसँग भावनात्मक सम्बन्ध गाँसिएकाले उहाँहरु जान मानिरहनु भएको छैन' भन्दै पूर्व राजाले 'सात रोपनी क्षेत्रफलमा फैलिएको महेन्द्र मन्जिलमै बस्ने व्यवस्था मिलाउन भनेका थिए ।'

राजा महेन्द्रको मृत्यु भएदेखि नै मुमाबडामहारानी रत्न महेन्द्र मन्जिलमा बस्दै आएकी थिइन् । महेन्द्र मन्जिल अगाडि नारायण मन्दिर छ जहाँ हरेक एकादशीमा रत्नले भजन लगाएर सुन्ने गरेकी छिन् । सो मन्दिरमा हुने भजन नारायण मन्दिर नजिकै रहेको महेन्द्र मन्जिलको झ्यालबाट सजिलै सुन्न सकिन्छ । स्व. राजा त्रिभुवनकी रानी बस्ने भवन भने नारायणहिटीभित्रकै पुतलीबगैंचामा छ । आमा र हजुरआमाकालागि नारायणहिटीभित्रै बस्ने व्यवस्था भएपनि पूर्व राजा ज्ञानेन्द्र र उनका परिवार सजिलै पहिले झै नारायणहिटी आवतजावत गर्न सक्नेछन् ।

उपरोक्त निर्णयप्रति स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले असहमति जनाएका थिए । बताइए अनुसार उनले निर्णयप्रति 'नोट अफ डिसेन्ट' पनि लेखेका छन् । 'यो निर्णय जनआन्दोलन र संविधान सभाको निर्णय बिपरित भएको छ' आफूले असहमति जनाउनुको कारणबारे जानकारी िदंदै मन्त्री पोखरेलले भने- 'यसले नारायणहिटीभित्र अझै पूर्व राजपरिवारका सदस्य छन् भन्ने सन्देश जान्छ र गणतन्त्र संस्थागत हुन सक्दैन ।' गृहमन्त्री सिटौलाले भने मानवियताका आधारमा उनीहरुलाई त्यहाँ बस्न दिनुपर्ने बताएका थिए ।

'ज्ञानेन्द्र शाहका आमा रत्ना र हजुर आमा सरलालाई नारायणहिटीमै राख्ने निर्णय भएको छ ।' मन्त्री परिषदको वैठक पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराज मणी पोखरेलले सन्‍चारकर्मीलाई भने । पूर्व राजा ज्ञानेन्द्रले जेठ २० गतेको भेटमा गृहमन्त्री कृष्ण प्रसाद सिटौलासँग हजुर आमा र आमाको वासस्थानको व्यवस्था गरिदिन आग्रह गरेका थिए । त्यसको भोलि पल्ट अर्थात जेठ २१ गते गृहमन्त्री सिटौलाले सो कुरा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बताएका थिए।

रत्ना शाह र सरला शाहलाई नारायणहिटीमा पहिला बसी रहेकै स्थान छुट्याएर बस्न दिने भएको छ । उनीहरुलाई दिइने सेवा सुविधाको बारेमा भने थप कुरा सार्वजनिक भएको छैन ।

मन्त्री परिषदको यो निर्णयमा मन्त्री पोखरेलले नोट आफ डिसेन्ट लेखेका छन् । उनका अनुसार सरला र रत्ना शाहलाई नारायणहिटी मै राख्नु नयाँ जनादेश र जनआन्दोलनको भावना विपरित छ ।

ज्ञानेन्द्र र कोमल शाह नागार्जुनमा, सरला र रत्ना शाह नारायणहिटीमा र पारसको परिवार निर्मल निवासमा भए पछि गणतन्त्र आउनु र नआउनुमा कुनै भिन्नता छैन ।

उता राजदरवारमा रहेका ऐतिहासिक सामाग्रीको अभिलेख तैयार पार्न गठित कार्यदलले १० दिने समयावधिमा दरवारका सम्पूर्ण सामाग्रीको अभिलेख तैयार पार्न नसकेपछि ५ दिन थप गरिएको श्रोतले बताएको छ । पूर्व राजाले सहयोग नगरेका कारण कार्यदलले समयमै प्रतिवेदन तैयार पार्न नसकेको हो । नारायणहिटीमा रहेका ऐतिहासिक तथा महत्वपूर्ण सामाग्रीको अभिलेख तैयार पार्न सरकारले पुन: पूर्व राजालाई एक पटक आग्रह गर्ने श्रोतले बताएकोछ।

आजको वैठकमा ज्ञानेन्द्र शाहको सुरक्षाको विषयमा छलफल भए पनि ठोस निस्कर्षमा पुग्न सकेन । नार्गाजुनमा ७५ सुरक्षाकर्मी खटाउने सिफारिस भएपछि पूर्व राजाले थप कर्मचारीको माग गरेका थिए ।

वैठकमा पेट्रोलियम पदार्थको भाउ बढाउने विषयमा कुराकानी भएपनि निर्णय भने भएन । भोलि बस्ने राजनीतिक परामर्श समितिको वैठकपछि यस विषयमा निर्णय लिइने छ ।

-Sharmila Thapa and Santa Bagam Magar in Kathmandu




तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®