|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
गोर्खालीहरु बेलायत सरेपछि रेमिटान्स रोकिने चिन्ता गोर्खालीहरु बिदेसिएपछि नेपाली राजनीतिमा ओझेलमा पर्ने निश्चित काठमाण्डौं, October 4, 2008- बेलायती अदालतको फैसलासँगै सन् १९९७ जुलाई १ तारिख भन्दा अघि सेवानिवृत भएका भुपू बृटिश गोर्खा सैनिकहरुले पनि बेलायतमा आवासीय अधिकार पाउने फैसला पछि भुपू गोर्खा सैनिकहरुमा कौतुहलतासँगै खुशि छाएको छ । 'हामीले सुनेको समाचार साँचो हो' भन्दै बिहानै देखि फोन गर्नेको लर्को नै चल्यो' गोरखा भूतपूर्व सैनिक संघ 'गेसो'को कार्यालय पूल्चोकका कार्यालय सचिवले बताए । बेलायती अदालतको फैसलाको वारेमा जानकारी दिन गेसोले काठमाण्डुमा पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमा लठ्ठी टेक्दै आइपुगेका ८२ वर्षीय मोहनिसंह राईले युसएस नेपालका प्रतिनिधिसँग भने 'मलाया र बर्मामा सत्रुलाई छप्काउँदाको भन्दा पनि ठूलो जीतको अनुभूति भइरहेको छ ।' सन् १९४५ मा पल्टनमा भर्ती भई २९ वर्षसम्म बेलायतका लागि लडाई लडेका मोहनिसंहलाई मात्र होइन यो समाचारले २६ हजारको हाराहारीमा रहेका १९९७ जुलाई १ भन्दा अघि सेवानिवृत भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई खुशीमा डुबाएको छ । 'गेसो'का उपाध्यक्ष कृष्णकुमार राई भन्छन् 'अब हाम्रा छोराछोरीले पनि बेलायतमा उच्च शिक्षा पाउने भए अनि हामीले पनि त्यहाँ गएर भरपर्दो आम्दानी र सेवा सुविधा लिने मौका मिल्ने भो ।' तर गोर्खा सैनिकहरुको यो जीतमा नेपाल भने गर्वले छात्ति फुलाउने अवस्था छैन । किनभने २६ हजारको हाराहारीका भूतपूर्व गोर्खा सैनिकहरुले पेन्सन स्वरुप मासिक रुपमा भित्राउने रु ४६ करोड बराबरको रेमिटान्स रोकिने निश्चित छ । अर्थविदहरु भन्छन् यस्ले नेपालको अर्थव्यवस्थामा ठूलो हलचल ल्याउन सक्छ । अर्को महत्वपूर्ण पक्ष गोर्खालीहरु यसरी बिदेसिए पछि नेपाली राजनीतिमा बिस्तारै प्रबेश गर्न थालेका यिनिहरु फेरी ओझेलमा पर्ने निश्चित छ। -Khagendra Makhim in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||