|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
ग्रीन कार्ड होल्डर अमेरिकाको राजदूत बन्दैछन् तर बिबाद बढ्दो छ |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राजदूतकालागि नेपालमा नामसिफारिस हुँदा डा. सा'ब भने अमेरिकामा ब्यस्त 'ग्रीनकार्ड मात्र पाउनु भएको हो' -परराष्ट्र मन्त्री यादवका सल्लाहकार श्यामानन्द सुमन काठमाण्डौ, 15 Feb, 09- राजदूतकालागि सिफारिस गर्दा माओवादी नेतृत्वको सरकारलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । अमेरिकाकालागि राजदूतको रुपमा सिफारिस गरिएका डा. सुकदेब शाह अमेरिकाको ग्रीनकार्ड होल्डर भएको तथ्य फेला परेको छ। मधेशी जनअधिकार फोरमको कोटामा राजदूत सिफारिस गरिएका उनी विगत तीन दशकदेखि अमेरिकामा बस्दै आएका थिए । मन्त्री परिषद्को बुधबारको बैठकले डा. शाहलाई राजदूतमा सिफारिस गरेको थियो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमा दुई दशकभन्दा बढि काम गरिसकेका डा. शाह हाल फिजीको दि युनिभर्सिटी अफ साउथ प्यासिफिक अन्तर्गतको स्कुल अफ इकोनोमिक्समा अध्यापन गराउँदै आएको बताइएको छ । जानकारीअनुसार लामो समयदेखि अमेरिकामा बस्दै भर्सिटीएका डा. शाहको अमेरिकामा घर रहेको श्रोतको दावी छ । यसअघि नेपाली कांग्रेसनिकट मानिने डा. शाह मधेश आन्दोलनपछि फोरमको समर्थन गर्न थालेका थिए । राजदूतको रुपमा सिफारिस गरिएका डा. शाह फोरम अध्यक्षसमेत रहेका परराष्ट्र मन्त्री यादवसँग निकट मानिन्छ। अमेरिका जस्तो महत्वपूर्ण देशको राजदूत पदका लागि पार्टीमा ब्यापक छलफल बिना सिफारिस गरिएका उनी अमेरिकाको ग्रीन कार्ड होल्डरसमेत रहेको पाइएपछि यसले फोरमभित्र अरु विवाद सिर्जना हुने देखिएको छ । ग्रीन कार्ड प्राप्त गरेको व्यक्तिलाई राजदूत बनाउन हुन्छ कि हुन्न भन्ने बहसपनि नेपालमा सुरु भएको छ । परराष्ट्र मन्त्री यादवका सल्लाहकार श्यामानन्द सुमनले डा. शाह ग्रीनकार्ड होल्डर ब्यक्ति भएपनि राजदूत हुन योग्य रहेको तर्क पेश गरेका छन् । 'ग्रीनकार्ड मात्र पाउनु भएको हो' सुमनको भनाई छ- 'अमेरिकी नागरिकता र ग्रीन कार्ड फरक फरक कुरा हुन् यसै आधारमा उहाँ हुन सक्नु हुन्न भन्ने परिपक्व भनाई होइन ।' यद्यपी अमेरिकामै घर बनाएर बसोबास गरेकाले डा. शाहले राजदूतका रुपमा नेपाली हितको प्रतिनिधित्व गर्न नसक्ने कतिपयको भनाई छ । परराष्ट्र मन्त्रीका सल्लाहकार सुमनले डा. शाहलाई राजदूत बन्नबाट ग्रीन कार्ड्रले नरोक्ने बताएपनि उनी राजदूत बन्न नसक्ने सम्भावना बढि छ । किनभने सरकारले राजदूतमा सिफारिस गर्दैमा कुनै व्यक्तिको राजदूत हुने बाटो सहज हुँदैन यसकालागि संसदीय सुनुवाई समितिले उसको नियुक्तिलाई अनुमतिसमेत दिनुपर्छ । उनी ग्रीन कार्ड होल्डर रहेको कुरा सार्वजनिक भएकाले संसदीय सुनुवाई समितिमा यस सम्बन्धमा प्रश्न उठ्ने पक्कापक्की छ । संसदीय सुनुवाई समितिमा डा. शाह आफै उपस्थित भएर समितिका सदस्यहरुको चित्त बुझाउन सकेनन् भने राजदूतको रुपमा उनको सिफारिसलाई सुनुवाई समितिलिे अस्वीकार गर्नेछ । संसदीय सुनुवाई समितिले अस्वीकार गरेको व्यक्तिलाई राजदूतको रुपमा सरकारले नियुक्ति दिनु नाजायज मानिन्छ । गत साल संसदीय सुनुवाई समितिले अस्वीकार गरेपनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भान्जी शैलजा आचार्यलाई भारतको राजदूत नियुक्त गरेका थिए । |
|
|
तर आचार्य अस्वस्थ भएकाले राजदूतको रुपमा जान पाइनन् । मानसिकरुपले गम्भीर अस्वस्थ भएकी उनी हाल बैंककमा उपचार गराइरहेकी छन् । त्यसपछि भारतको राजदूतको रुपमा डा. दुर्गेशमान िसंहलाई नियुक्त गरेको थियो । डा. िसंहलाईपनि सरकारले फिर्ता बोलाइसकेको छ । उनीसँगको अन्तरङ्ग कुराकानी प्रकासित गरिदै छ। -Sitaram Baral in Kathmandu |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||