|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
गिरिजा बाबुलाई 'पाकेको आँप' को प्रतिक्षा काठमाण्डौ, 5 Feb, 09- माओवादी नेतृत्वको सरकारलाई 'पाकेको आँप' को संज्ञा दिनु भएका पूर्व प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पाकेको आँप कतिबेला झर्ला र खान पाइएला भन्ने ब्यग्र प्रतीक्षामा हुनुहुन्छ । एमालेको आठौं महाधिवेशनपछि दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी एक आपसमा भिड्ने र त्यसपछि सत्ताको बागडोर आफ्नो हातमा आइपुग्ने निस्कर्समा उहाँ पुग्नुभएको जानकारी कांग्रेस निकट श्रोतले दिएको छ । एमालेको आठौं महाधिबेशन फागुन ५ देखि बुटवलमा हुँदैछ । एमालेको महाधिवेशन सकिनासाथ उहाँ पाकेको आँप झार्न आफै अघि सर्ने योजनामा लाग्नु भएको छ । यसकालागि फागुन १० गते 'मुभ' सुरु गर्ने योजना उहाँले आफू निकटस्थहरुलाई सुनाउन थाल्नु भएको छ । पाइए आफै नेतृत्वकालागि अघि सर्ने र यो सम्भावना नरहेमा एमाले नेतृत्वलाई नै देशको नेतृत्वका लागि अघि सार्ने योजनामा उहाँ हुनुहुन्छ । यसै हप्ता आफ्नो निवासमा उपस्थित नेपाली कांग्रेसका नेता एबं परिवारका सदस्यहरुसँग यो कुरा बताउनु भएको श्रोतले बताएको छ । यसकालागि माधव नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने र माओवादीसँगको गठबन्धन टुटाइदिने जानकारी उहाँले दिनुभएको थियो । 'माओवादीबाहेकको सरकार बनाउँदा राष्ट्रव्यापी मुठभेड सुरु हुनसक्ने' तर्फ सचेत गराइएपछि कोइरालाले प्रचण्डलाई हटाएर सत्ताको नेतृत्व गर्ने एमालेको नेतृत्वले नै माओवादीसँग भिड्ने योजना सुनाउनु भएको थियो । 'सकेसम्म एमालेलाई नै अरु साना दल मिलाएर सरकार बनाउन आग्रह गर्नुपर्छ' कोइरालाले आफ्नो योजना यसरी खुलाशा गर्नुभयो- 'त्यसबेला कांग्रेस सत्ताबाहिर नै बसेर एमालेको समर्थन र माओवादीको विरुद्धमा भूमिका खेल्नुपर्छ । माओवादीलाई आफ्नै सेनाको दबाब खप्न गाह्रो परिरहेको विश्लेषण गर्नुभएका कोइरालाले सकेसम्म माओवादीभित्रै बिग्रह ल्याउन भूमिका खेल्नुपर्ने योजनापनि सुनाउनु भएको श्रोतले बताएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||