|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
आँप त अझै पाकेको रहेनछ काँचै रहेछ'- कांग्रेसका सभापति
कोइराला काठमाण्डौ, 8 Feb, 09- सरकारलाई पाकेको आँपको संज्ञा दिएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आँप अझै काँचै रहेको र तत्काल नझर्ने देखिएपछि आफै आँप झार्ने कार्यमा लागेका छन् । माओवादी नेतृत्वको सरकारको विकल्प आफूले खोजिसकेको बताउँदै उनले प्रधानमन्त्रीको पाशा एमालेका पूर्व महासचिव माधव नेपालतिर फालिदिएका छन् । अघिल्लो पटक विराटनगर जाँदा कोइरालाले भनेका थिए- 'प्रचण्डले नेतृत्व गरेको सरकार पाकेको आँप जस्तै हो त्यसैले यो आफै झर्छ मैले झार्नै पर्दैन ।' दुई महिनाअघि यस्तो बताएका कोइरालासँग पत्रकारहरुले पाकेको आँप किन नझरेको होला भनी शनिवार प्रश्न गरेका थिए । कोइरालाको जवाफ थियो- 'आँप त अझै पाकेको रहेनछ काँचै रहेछ ।' शनिवार 'आँप काँचै रहेको' बताउँदै तत्काल प्रचण्ड सरकार नढल्ने संकेत गरेका कोइरालाले आइतबार काठमाडौं फर्कनुअघि सरकारको विकल्प खोज्न सुरु गरिएको बताएका छन् । परिस्थितिले नै प्रचण्ड सरकारको विकल्प खोजी सुरु भएको' बताउँदै कोइरालाले सबैको विश्वास जित्न नसक्दा प्रचण्ड सरकारको भविष्य संकटमा परेको दावी गरेका हुन् । प्रचण्ड सरकारको विकल्पकालागि आफ्नो पार्टीले छिट्टै सबै पार्टीसँग छलफल गर्ने बताउँदै कांग्रेस सभापति कोइरालाले अब सरकारकालागि नयाँ समीकरण बन्ने दावीसमेत गरेका छन् । उनको थप भनाई थियो- 'त्यो बेला माधव नेपालजीलाई प्रधानमन्त्री बनाउँदापनि कुनै फरक पर्दैन ।' कोइरालाले फालेको प्रधानमन्त्रीको आस्वासनको गुलियोमा एमाले नेता फस्छन् वा फस्दैनन् त्यो भने हेर्न बाँकी नै छ । -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||