जनमुक्ति सेना समायोजनको लागि प्राविधिक समिति गठन गर्ने
निर्णय
काठमाण्डौ, 16 Mar, 09- एकिकृत नेकपा माओवादीको जनमुक्ति सेना
समायोजनको लागि गठित सेना समायोजन विशेष समितिले आठ सदस्यीय प्राविधिक
समिति गठन गर्ने निर्णय गरेको छ ।
विशेष समितिको संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा चैत
३ गते िसंहदरबारमा बसेको वैठकले समिति गठन गर्ने निर्णय गरकॊ हो ।
समितिमा रहने सदस्यहरुको नाम भने अर्को वैठकबाट तय गरिने समितिका प्रवक्ता
भोजराज घिमिरेले जानकारी दिए ।
आजको वैठकले समितिको कार्यविधि पारित गरेको छ । विशेष समितिको मातहतमा रहने
प्राविधिक समितिले सेना समायोजन सम्बन्धी वृहत योजना तय गर्नुका साथै सेना
समायोजनको विकल्पको पहिचान तथा कार्यान्वयन गर्ने विशेष समितिका प्रवक्ता
घिमिरेले बताए ।