Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

शरणार्थीसम्बन्धी कानुन निर्माणको विषयमा सरकार सकारात्मक



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, December 2, 2008- उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले विभिन्न मुलुकबाट नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरुको स्वदेश फिर्तीको विषयमा नेपाल सकारात्मक रहेको बताएका छन् ।

'इन्हुरेड इन्टरन्यासनल र 'लुथरन नेपाल' द्वारा राजधानीमा आयोजित शरणार्थी अधिकार र राष्ट्रिय कानून विषय विचार गोष्ठीमा बोल्दै गौतमले शरणार्थीसम्बन्धी कानुन निर्माणको विषयमा सरकार सकारात्मक रहेको जानकारीपनि दिएका छन् ।

नेपालको भूमि कुनै देशका विरुद्ध प्रयोग हुने अवस्था सरकारका लागि स्वीकार्य नहुने बताउँदै गृहमन्त्री गौतमले स्वतन्त्र तिब्बतका पक्षमा प्रदर्शन गर्नेहरुलाई अध्यागमन कानुनअनुरुप स्वदेश फिर्तीको अभियान थालिएको बताए । स्वतन्त्र तिब्बतको पक्षमा प्रदर्शन गर्नेहरु शरणार्थी नभई अबैधानिक आप्रवासी भएको दावी गरेका गौतमले शरणार्थी नै भए पनि नेपालमा बसेपछि उनीहरुले नेपालको कानुन मान्नुपर्ने बताए ।

नेपालमा बसोबास गरिरहेका तिब्बती शरणार्थी स्वदेश फर्कन नचाहेको तर देश फर्कन चाहेका भुटानी शरणार्थीलाई फिर्ता गर्नमा व्यबधान आएको बताउँदै गौतमले भने- 'भुटानी शरणार्थीको स्वदेश फिर्ती अभियान भारतीय असहयोगका कारण असफल भएको हो, शरणार्थीको सबैभन्दा ठूलो अधिकार आफ्नो देश फर्किन पाउनु हो हामी उनीहरुको यस्तो अधिकारको अत्यन्तै सम्मान गर्छौं ।'

त्यसअघिका बक्ता अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. सुबोधराज प्याकुरेलले भारतले मृत्युदण्ड विरुद्धको विश्वव्यापी घोषणामा हस्ताक्षर नगरेको तर नेपालले सो घोषणापत्रमा हस्ताक्षर गरिसकेको बताएका थिए । डा. प्याकुरेलको भनाई थियो- 'नेपालले भारतलाई अपराधी बुझाएपनि नेपालले बुझाएको अपराधीलाई भारतले मृत्युदण्ड नदिने शर्तमा मात्रै सुपुर्दगी सन्धी हुनुपर्छ ।'

कार्यक्रममा इन्हुरेड इन्टरन्यासनल र लुथरन नेपालद्वारा तयार पारिएको शरणार्थीसम्बन्धी ऐन २०६५ को मस्यौदा इन्हुरेडका अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटीले गृहमन्त्री गौतमलाई हस्तान्तरण गरेका थिए । गौतमले सो मस्यौदा आफूले प्रधानमन्त्री प्रचण्डसमक्षँ पेश गर्ने बचन दिएका छन् ।

कार्यक्रममा नेकपा माओवादीका सचेतक दीनानाथ शर्माले शरणार्थी कानुनसम्बन्धी विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । 'शरणार्थी समस्या अन्तर्राष्ट्रिय समस्या हो' माओवादी नेता शर्माले भने- 'अन्तर्राष्ट्रिय कानुनअनुसार हाम्रो विधिविधान बनाउनु जरुरी छ ।' कानुनविद् तथा माओवादी सभासद् खिमलाल देवकोटाले नेपालले अन्तर्राष्ट्रिय महासन्धीहरुमा भटाभट हस्ताक्षर गर्ने तर त्यसको अनुगमन र सुपरीवेक्षण नगर्ने कारण अब महासन्धीहरुमा हस्ताक्षर गर्ने विषयमा गम्भीर हुनुपर्ने बताएका थिए ।

यसै बिच, उपप्रधान मन्त्री तथा गृहमन्त्री वामदेव गौतमले काँग्रेस सहभागि नभए पनि अब सेना समायोजन विशेष समितिले काम अघि बढाउने जानकारी दिएका छन्‌ । राष्ट्रिय जनदबाब समूहले मंसिर १५ गते राजधानीमा आयोजना गरेको कार्यक्रममा पत्रकारसंग कुरा गर्दै गृहमन्त्री गौतमले काँग्रेस समितिमा आउने विश्वास व्यक्त गर्दै नआए पनि अब काम अघि बढाउनुपर्ने बताए ।
  सरकार अपराध नियन्त्रण गर्न लागिपरेको भन्दै गृहमन्त्री गौतमले प्रहरी प्रशासन अपराधीहरुको नजिक पुगेकाले अब छिट्टै सार्वजनिक गर्ने धारणा राखॆ । सरकारले गरेको भाडा समायोजन कार्यान्वयन नभएको वारे पत्रकारको जिज्ञासामा गौतमले उजुरी आए अटेर गर्नेलाई कार्वाही गरिने बताए । पेट्रोलिय पदार्थमा मूल्य घटेपछि सार्वजनिक सवारी साधनको भाडा घटाइए पनि यातायात व्यावसायीहरुले पहिलाकै भाडा असुलीरहेको उपभोत्ताको गुनासो छ ।

-Sitaram Baral & Santa Bagam in Kathmandu

   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®