|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
जनताले अस्वीकार गरेकाहरुको देशमा हाली मुहाली
कतिसम्म? काठमाडौं, September 2, 2008- गणतान्त्रिक नयाँ नेपालको पहिलो मन्त्री मण्डलको निर्माण जनताबाट अस्वीकृत भएकाहरुलाई समावेश गरेर भएको छ । मन्त्री मण्डलमा तीन जना गत संविधान सभा निर्वाचनमा जनताले अस्वीकार गरेकाहरु छन् । ती मध्ये दुई जना एमालेबाट छन् भने एक जना नेकपा संयुक्त का छन् । संविधान सभा चुनावमा सबैभन्दा बढि जनताको भोट ल्याएका माओवादी नेता डा. बाबुराम भट्टराई मन्त्री मण्डलमा तेश्रो मर्यादाक्रममा राखिएका छन् भने लगातार दुई दुई निर्वाचनमा जनताले अस्वीकार गरेका एमालेका बामदेब गोतमलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ । गौतम २०५६ को निर्वाचनमा बर्दिया-१ र काठमाडौं- १ बाटपनि पराजित भएका थिए । २०५६ मा मात्र होइन उनी २०६४ को संविधान सभा निर्वाचनमापनि बर्दिया- १ बाटै पराजित बनेका थिए । उता डा. भट्टराई भने गोर्खा- २ बाट नेपाल भरमै सर्वाधिक मत ल्याएर बिजयी बनेका थिए । तर दुई दुई निर्वाचनमा सर्मनाक पराजय भोगेका गौतम अहिले उपप्रधानमन्त्री भएका छन् । उनलाई प्रधानमन्त्रीपछिको दोश्रो मर्यादाक्रम दिइएको छ । प्रधानमन्त्री नभएका बेला उनी कार्यबाहक प्रधानमन्त्रीसमेत हुनेछन् । जनताबाट अस्वीकृत व्यक्तिलाई कुनै दिन जनताले कार्यबाहक प्रधानमन्त्रीको रुपमा देख्नुपर्नेछ । एमालेले सरकारको नेतृत्व गर्दै पठाएका गौतममात्र होइन अष्टलक्ष्मी शाक्यपनि जनताबाट अस्वीकृत अनुहार हुन् । उनी संविधान सभा निर्वाचनमा काठमाडौं- ८ बाट पराजित भएकी थिइन् । उनलाई एमालेले उपराष्ट्रपतिमापनि उम्मेदवार बनाएको थियो । जम्मा २ मत ल्याएर उनी उपराष्ट्रपतिमापनि पराजित भइन् । सरकारमा नेकपा संयुक्त पनि सामेल भएको छ । संविधान सभामा सो दलका तर्फबाट ५ जना छन् । तर सो दललेपनि संविधान सभा निर्वाचनमा पराजित अनुहारलाई मन्त्री मण्डलमा पठाएको छ । धनुषा- ४ मा जम्मा २ सय ४४ मत ल्याएका गणेश शाह सो दलको तर्फबाट विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । जानकारी अनुसार, एमालेको तर्फबाट राज्यमन्त्रीको रुपमा अरु केही नेतालेपनि स्थान पाउने भएका छन् । कर्णाली र सेतीबाट प्रतिनिधित्व हुने गरी एमालेले क्रमशः डिल्लीबहादुर महत र भानुभक्त जैसीलाई पठाउने सम्भावना छ । त्यसो भएमा फेरि अर्का एकजना पराजित अनुहार मन्त्री मण्डलमा पुग्नेछन् । किनभने महत जुम्लाबाट पराजित भएका हुन् । त्यसो त यो नेपाल हो जहाँ मधेश र पहाडमा गरी दुई दुई निर्वाचन क्षेत्रबाट पराजित माधव नेपाललाई राष्ट्रपति जस्तो देशको सर्बोच्च पदमा उठाउनकालागि प्रस्ताव ल्याउने कामसमेत भयो । जब देशको सर्बोच्च पदमा जनताबाट अस्वीकृतहरुलाई ल्याउने कसरतसम्म हुन्छ भने मन्त्री मण्डलमा जनताबाट पराजितहरुलाई लगिनु के ठूलो कुरा भयो र ? -Vivek Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||