Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

रक्षा मन्त्रीबाट स्पष्टिकरण लिइयो: सैन्य भर्ना प्रकृया सेनाले रोक्ने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'यो विषय यति गम्भीर बन्छ भन्ने मलाई लागेको थिएन गल्ती भएको हो तर अब यस्तो गल्ती गर्दिन ।'-प्रधानसेनापति कटवाल
'आइन्दा यस्तो गल्ती नगर्नुहोला'-रक्षामन्त्री 'बादल'

काठमाण्डौं, January 8, 2009-
विवादित बनेको सैन्य भर्ना प्रकृया सेनाले रोक्ने भएको छ । दुई हप्तादेखि विवादको विषय बन्दै आएको यस विषयमा रक्षामन्त्री रामबहादुर थापा मगर 'बादल' ले बुधबार प्रधानसेनापति रुक्माङ्गद कटवालसँग कडिकडाउ स्पष्टिकरण लिएपछि प्रधानसेनापति कटवालले भर्ना प्रकृया रोकिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

'प्रकृया अनुरुप सेना भर्ना प्रकृया लिइएको माओवादीको तर्फबाट सेनालाई राजनीतिकरण गर्न खोजिएको' जस्ता अनधिकृत र राजनीतिक बक्तब्यबाजी सेना प्रमुख कटवालबाट हुन थालेपछि रक्षा मन्त्री बादल बुधबार स्पष्टिकरणकालागि कटवाललाई रक्षा मन्त्रालय बोलाएका थिए । लोकतन्त्र स्थापनापछि सरकारले सेना प्रमुखबाट स्पष्टिकरण लिएको यो पहिलो पटक हो ।

कटवाल स्पष्टिकरणकालागि विहान ११ बजे िसंहदरवारस्थित रक्षा मन्त्रालय पुगेका थिए । रक्षा मन्त्रीको कार्यकक्षमा पुगेपछि उनलाई रक्षा मन्त्री बादलले कटवालले दिएका 'सार्वजनिक अभिव्यक्तिको अर्थ के हो र सेना प्रमुखबाट यस्ता राजनीतिक अभिव्यक्ति दिनुको कारण के हो' भनी कटवाललाई प्रश्न गरेका थिए ।

रक्षा मन्त्री बादलले सरकारले सेना भर्ना प्रकृया रोक्न निर्देशन दिइसकेको र निर्देशन पालना नगरे त्यसको परिणाम सुखद नहुने चेतावनी दिएका थिए । रक्षा मन्त्री बादलको भनाई थियो- 'यो जननिर्वाचित सरकार हो सरकारको आदेश नमान्ने हो भने त्यसको गम्भीर परिणाम भोग्नपनि तैयार हुनुपर्छ ।'

प्रधान सेनापति कटवालले बृहद शान्ति सम्झौतापछि दुई पटक सेनाले भर्ना लिएको बताउँदै सरकारको आदेश मानेको स्पष्टिकरण दिएका थिए । 'संविधानको धारा १२६ को दफा ५ अनुसार रिक्त दरबन्दीमा भर्ना लिइएको हो सरकारको आदेश नमान्ने सेनाको मनसाय छैन' कटवालको जवाफ थियो- 'लोकसेवा आयोग पूर्ण नभएकाले कतिपय अधिकृत क्याडेटको भर्ना प्रकृया रोकेबाटपनि सेना सरकारको आदेश मान्न तैयार छ भन्ने देखिन्छ ।'

यस अघि दुई पटक भर्ना लिएको जवाफ दिएपछि रक्षामन्त्री थापाले पहिलेका गल्तीलाई नजिर नबनाउन भनेका थिए । उनको भनाई थियो- 'पहिले भर्ना गरेर गल्ती भएको थियो त्यो गल्ती फेरि दोहोर्याउन मिल्दैन ।'

सेना भर्ना प्रकृयामा सेनाको गल्ती नरहेको स्पष्टिकरण दिएर रक्षामन्त्री कटवाल उम्कन खोजेपनि राजनीतिक पार्टीका नेताले झैं माओवादी पीडितहरुलाई प्रधानसेनापति निवासमै बोलाएर ज्ञापनपत्र बुझेको तथा नुवाकोट पुगेर राजनीतिक भाषण गरेको प्रसङ्ग उठाएपछि प्रधान सेनापति अप्ठेरोमा परेका थिए ।

'ज्ञापन पत्र लिनु गल्ती थियो भन्ने मलाईपनि लागेको छ' प्रधानसेनापतिको भनाई थियो- 'यो विषय यति गम्भीर बन्छ भन्ने मलाई लागेको थिएन गल्ती भएको हो तर अब यस्तो गल्ती गर्दिन ।' करिव डेढ घण्टा लामो कुराकानीको क्रममा सैन्य भर्ना रोक्ने बताएपछि र राजनीतिप्रेरित गतिविधि र अभिव्यक्तिप्रति प्रधानसेनापति आफैले गल्ती स्वीकार गरेपछि रक्षामन्त्रीले 'आइन्दा यस्तो गल्ती नगर्नुहोला' भन्दै उनलाई विदा गरेका थिए ।
  सेनाले सरकारको आदेश अटेर गरेपछि एकाएक बढेको आशंका बुधबार रक्षामन्त्रीले स्पष्टिकरण लिएपछि टरेको छ । सरकारको आदेश नमानेपछि रक्षामन्त्री बादल प्रधानसेनापतिलाई हटाउने योजनामा थिए । तर कांग्रेस तथा एमालेको विरोध झेल्नुपर्ने भएका कारणमात्र सरकार उनलाई हटाउनबाट रोकिएको थियो ।

'यदि सेना प्रमुखले गल्ती स्वीकार गरी सेना भर्ना प्रकृया नरोकेको भए उनलाई हटाउने निश्चित जस्तै थियो' श्रोतले भन्यो- 'सेना राजनीतिमा सरिक हुनुहुन्न र सरकारको आदेश सेनाले पालना गर्नैपर्छ भन्ने सन्देश दिनपनि यो जरुरी थियो जहाँबाट जतिसुकै विरोध भएपनि सरकारले प्रधानसेनापतिलाई हटाएरै छाड्थ्यो ।'

प्रधानसेनापतिले गल्ती स्वीकार गरी सैन्य भर्ना प्रकृया रोक्ने बताएपछि बुधबारको सम्बिधान सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानसेनापतिलाई हटाउने सरकारको मनसाय नरहेको जवाफ दिएका थिए । सैन्य भर्ना प्रकृयामा देखिएको विवादका कारण सरकार सेनापति कटवाललाई हटाउने हल्ला चलेपछि अन्य पार्टीहरुले यससम्बन्धमा प्रधानमन्त्रीको जवाफ मागेका थिए ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®