|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सरकार धर्ना स्थलमै हस्ताक्ष्यर गर्दै, आयोग बनाउदै तर कार्यन्बयन खोइ? काठमाण्डौं, November 29, 2008- सरकारले १५ दिन भित्र उच्चस्तरीय भुमी अधिकार आयोग गठन गर्ने भएको छ । राष्ट्रिय भूमि अधिकार मन्चको माग पुरा गर्न सरकारका प्रबक्ता एवं सुचना तथा सन्चारमन्त्री कृष्णबहादुर महराले धर्ना स्थल खुलामन्च मै पुगेर हस्ताक्षर गरेका थिए । काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका राष्ट्रिय भूमि अधिकार मन्चका प्रतिनिधि र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रधानमन्त्री निबास बालुवाटारमा मंसिर १४ गते बिहान भएको छलफलमा यस्तो सहमति भएको हो । छलफलमा प्रधानमन्त्री प्रचण्डले १५ दिन भित्रै आयोग गठन गर्ने र आयोगमा मन्चका सदस्यको पनि प्रतिनिधित्व हुने बताएका थिए । सहमति पत्रमा मन्चका अध्यक्ष र सरकारका प्रबक्ता एवं सुचना तथा सन्चारमन्त्री कृष्णबहादुर महराले धर्ना स्थल खुलामन्च मै पुगेर हस्ताक्षर गरेका थिए । सहमति पत्रमा २ हप्ता भित्र उच्चस्तरिय अधिकार सम्पन्न भुमि भुमी अधिकार गठन गर्ने र आयोगले समग्र भुमि सुधारको खाका बनाई कायार्नवयन गर्ने, भुमिव्यवस्थापन र भुस्वामित्व सम्बन्धी उठेका समस्यालाई हल गर्ने गरि नयाँ जनमुखि भुमि एन तयार गरी लागु गर्ने, जमिन्दार मुखि एन खारेज गर्ने लगाएतका ४ बुदा समाबेश गरिएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै संचार मन्त्री कृष्णबहादुर महराले सरकारले तोकेको निर्धारित समयमा नै आयोग बनाउने विश्वास दिलाए । भुमिहिनहरुको मागको सम्बन्धमा सरकारले आफ्नो निती तथा कार्यक्रममा समाबेश गरिसकेको बताउदै मन्त्री महराले अर्थतन्त्रमा रहेका सामन्ती भु-स्वामित्वलाई अन्त गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । मन्चले उच्चस्तरीय भुमी अधिकार आयोग गठन हुनुपर्ने, आयोगमा आफूहरुको एक तिहाई प्रतिनिधित्व हुनुपर्ने, भूमि सम्बन्धि ऐन २०२१ खारेज हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएको थियो । सरकारसंगको सो सहमतिपछि भुमि अधिकार मन्चले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । तर आयोग गठन नहुदांसम्म विभिन्न दवाव मुलक कार्यक्रमलाई भने निरन्तरता दिइने मन्चका महासचिव सोम भण्डारीले जानकारी दिए । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कैलालिका मुक्त कमैया तथा कमैया विद्यार्थीहरुले ज्ञापन पत्र वुझाएका छन् । उनिहरुले मुक्तकमैया पुनस्थापना उच्च आयोग गठन गर्नुपर्ने, कमैयाको लागि वजेटको व्यवस्था हुनुपर्ने लगायतका मागहरु समावेश गरेका छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले मुक्त कमैया आयोग वनाउने लगायतका विषयमा सकारात्मक प्रतिकि्रया दिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||