|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पूर्वी तराईमा सशस्त्र संघर्षरत पार्टीको माग |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालले अनुमोदन गरेको आइएलओ सन्धिको १६९ धारा कार्यान्वयन गर्न
सरकारसँग माग किन गर्नु पर्यो? काठमाण्डौ, January 19, 2009- पूर्वी तराईमा सशस्त्र संघर्षरत किराँत जनवादी वर्कस्र पार्टी र सरकारबीच पूर्वान्चलको किराँत बहुल शहर धरानमा आइतबार २०६५ माघ ५ वार्ता भएको छ । वार्ताका क्रममा दुवै पक्षबीच प्रारम्भिक पाँच बुँदे सहमति भएको जानकारी दुबै पक्षले दिएका छन् । आइतबारको वार्तामा भएका सहमतिमा 'वार्ता अवधिभर सरकारले वार्ता टोलीका सदस्यहरुलाई सुरक्षा' दिने, नेपालले अनुमोदन गरेको आइएलओ सन्धिको १६९ धारा कार्यान्वयन गर्न सरकारले आवस्यकता अनुसार ऐन कानून संसोधन गर्ने, बिद्रोही पक्षले सशस्त्र गतिविधि नगर्ने, विद्रोही पक्षले पेश गरेका २९ बुँदे मागमध्ये कतिपय पुनर्विचार गरी अर्को वार्तामा छलफल गर्ने र आगामी वार्ताको मिति र स्थान आपसी समझदारीका आधारमा तय गर्नेु छन् । सरकारी वार्ता टोलीको नेतृत्व वार्ता टोलीका संयोजक शान्ति मन्त्री जनार्दन शर्माले गरेका थिए । उनको साथमा वार्ता टोलीका सदस्य स्थानीय विकासमन्त्री रामचन्द्र झा, माओवादी सभासद्द्धय सुदन राई- भोजपुर र सैन्यविद् प्रा. डा. इन्द्रजित राई थिए । किराँत जनवादी वर्कस्र पार्टीको वार्ता टोलीको नेतृत्व वार्ता टोली संयोजक तथा खम्बु सैन्य डिभिजन प्रमुख अनन्त क्रान्ति, सदस्यहरु पम्फा किराँती, सुमन किराँती, अमर लिम्बु र बलबहादुर राई थिए । वार्ता करिव दुई घण्टा भएको थियो । सहजकर्ताको भूमिका माओवादी सम्बद्ध मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य ज्योति झाले निर्वाह गरेका थिए । वार्ताका क्रममा आफ्ना २३ नेता- कार्यकर्ता सरकारी हिरासतमा रहेको बताउँदै पार्टीले तत्काल ६ जनालाई रिहा गर्नुपर्ने शर्त राखेको थियो । सरकारले तत्काल उनीहरुलाई रिहा गर्न सहमति जनाएको बुझिएको छ । सरकारसँग वार्ताकालागि वार्ता समिति गठन गरेपनि त्यसयता सो पार्टीको वार्ता टोली र सरकारको सुरक्षा निकाय प्रहरीबीच उतारचढावपूर्ण सम्बन्ध रहिआएको छ । वार्ता टोली गठन गरेलगत्तै सो पार्टीले गत पुष १७ गते सम्पूर्ण फौजी कार्वाही बन्द गरेको घोषणा गरेको थियो । तर त्यसैदिन प्रहरीले उदयपुरबाट सो पार्टीका केन्द्रीय सदस्यहरु हाङ्छा किराँती र पवन किराँतीसहित ५ जनालाई गिरफ्तार गर्यो । यो पक्राउपछि वार्ता संयोजक अनन्त क्रान्तिले पक्राउ परेकालाई ४८ घण्टापछि रिहा नगरे वार्ता भङ्ग हुने चेतावनी दिएकाले उनीहरु रिहा भए । तर पुष २९ गते सुनसरीको पत्रकार सम्मेलन गरी निस्कनासाथ वार्ता संयोजक अनन्त क्रान्ति आफै, सदस्य पम्फा किराँतीसहित पक्राउ परे । वार्ताको अन्तिम तैयारीमा रहेका बेला यसरी वार्ता टोलीका सदस्यहरुलाई नै प्रहरीले गिरफ्तार गरिदिएपछि सरकारी वार्ता टोली अप्ठ्रोमा पर्यो । सरकारी वार्ता टोलीका संयोजक मन्त्री शर्माले आपत्ति जनाएपछि गृहमन्त्रालयको आदेशमा उनीहरुलाई माघ दुई गते रिहा गरिएको थियो । यसले वार्ता गर्न सरकार सम्वेदनशील देखिएपनि प्रहरी- प्रशासन भने वार्ता भाँड्न सकृय रहेको देखाएको छ । नयाँ सरकारले विद्रोही समूहहरुलाई वार्ताको आव्हान गरेलगत्तै गृहमन्त्री गौतमले उनीहरुप्रति चेतावनीयुक्त अभिव्यक्ति दिएपछि लामो समयसम्म वार्ताको वातावरण नै बन्न सकेन । सरकार वार्ताप्रति इमान्दार नदेखिएको बताउँदै तराईका प्रमुख सशस्त्र संगठन जनतान्त्रिकका गोइत ज्वाला िसंह समूह अझैपनि वार्तामा आएका छैनन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||