|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कतारका गोरखा जिल्लाबासीहरुको आवाज 'हामी अनेकतामा
एकता गर्न सक्ने गोरखाली हौं ।' Nepalese from Gorkha district in Doha, Qatar. Photos: Budhbal दोहा, कतार, 21 Feb, 09- कतारमा कार्यरत गोरखा जिल्लाबासीहरुको साझा संगठन गोरखा प्रवासी संघ तथा संघको संरक्षकत्वमा स्थापित मनकामना साँस्कृतिक परिवार दोहा, कतारको आयोजनामा बनभोज कार्यक्रम अलखोरको पब्लिक गार्डेनमा सम्पन्न भयो । करीब ३०० जना जति गोरखालीहरु भेला भएको सो कार्यक्रमको प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष तथा नेपाली प्रवासी संपर्क मन्च कतारका अध्यक्ष बीरबहादुर थापा हुनुहुन्थ्यो । अध्यक्ष श्रीकृष्ण भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव गणेश बानियाँले गर्नु भएको थियो । सो कार्यक्रममा अतिथीहरु अन्तराष्ट्रिय राजधानी साप्ताहिकका कतार संयोजक दिपक पौडेल, नेपाली प्रवासी संपर्क मन्चका सचिव रामहरी गैरे, साहित्यकार शिव थापा, रवि भट्ट 'रोशी' हुनुहुन्थ्यो । उपस्थित सहभागिहरुलाई उपाध्यक्ष कमल दानाकुटीले मन्तब्यबाट र मनकामना साँस्कृतिक परिवारका कलाकारहरुले गितबाट स्वागत गरिएको थियो । कार्यक्रममा गोरखा प्रवासी संघका सहसचिव तथा मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आश बहादुर गुरुङले गोरखा प्रवासी संघ तथा साँस्कृतिक परिवारका बारेमा सहभागिहरुलाई जानकारी दिनुभएको थियो । |
|
|
Photos: Budhbal कार्यक्रममा संघका संस्थापक अध्यक्ष बीर बहादुर थापाले नेपालको ईतिहास गोरखालीले नै बनाएको कुरा ब्यक्त गर्नु भयो । 'हामी अनेकतामा एकता गर्न सक्ने गोरखाली हौं । वीरताको ईतिहास बोकेका हौं, धर्तीले श्रम पसिना र बलिदान मागेको बेला गोरखालीहरुले वीरतापूर्वक दिएको चुनौतीमा हटेनौं, बाधा अड्चनमा पनि शिर झुकाएनौं ।' थापाले अब गोरखालीहरु संगठित हुनु र संस्थाले अब गोरखामा पनि आफ्नो संपर्क कार्यालय पनि खोल्न र कतारमा गोरखालीहरुको रेकर्ड जति सक्दो छिटो अद्यावधिक गर्नको लागि सुझाव दिनु भयो । कार्यक्रममा मनकामना सांस्कृतिक परिवारका कलाकारहरुले भरपुर मनोराजन दिलाएका थिए । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा गोरखा प्रवासी संघ कतारका अध्यक्ष श्रीकृष्ण भट्टराईले सबै गोरखालीहरु एकजुट भई एकले अर्कालाई सहयोग गर्न अनुरोध गर्दै कार्यक्रम विसर्जन गर्नु भएको थियो । -Budhbal Gurung in Doha, Qatar Photos: Budhbal |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||