|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'हाम्रो गोर्खा भर्ती बन्द गर्ने कुनै योजना छैन'-प्रधानमन्त्री
प्रचण्ड काठमाण्डौं, December 27, 2008- शसस्त्र युद्धको बेलादेखि नै गोर्खा भर्ती बन्दको पक्षमा आवाज उठाउँदै आएको माओवादीले सरकारको बागडोर सम्हालेपछि आशंका लिनेहरुका लागि खुशीको खबर छ । 'अब माओवादीले गोर्खा भर्ती बन्द गर्दैन ।' भूतपूर्व सैनिक संघर्ष समितिले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएसँगै यो खबर आएको हो । आफ्नो चुनावी प्रतिवद्धता-पत्रमा गोर्खा भर्ती बन्द गर्ने उल्लेख गरेको माओवादी नेतृत्वको सरकारले भर्ती बन्द गर्ने-नगर्ने वारेमा स्पष्ट पार्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री प्रचण्डले भन्नुभयो 'हाम्रो गोर्खा भर्ती बन्द गर्ने कुनै योजना छैन ।' 'धेरैभन्दा धेरै उद्योगहरु संचालन गरी अधिकतम युवालाई रोजगारी दिलाएर विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने माओवादीको नीति हो ।' प्रधानमन्त्री प्रचण्डले भन्नुभयो 'तर तत्कालै रोजगारी उपलब्ध हुने संभावना नरहेकाले गोर्खा भर्ती बन्द गर्ने वर्तमान सरकारको सोचाई छैन ।' उहाँले आदिवासी जनजातिहरुलाई ढुक्क हुन आश्वास्त पार्दै भन्नुभयो 'आदिवासी जनजाति युवाहरुलाई सबैभन्दा असर पर्ने भर्ती प्रकि्रया भाँचो हाल्दैनौं त्यसैले ढुक्क हुनुहोस् ।' रोजगारीका लागि आदिवासी युवाको पहिलो रोजाई बन्दै आएको भारत र बेलायतको भर्ती बन्द गर्ने वा नगर्ने वारेमा स्पष्ट पार्न माग गर्दै भूतपूर्व सैनिक संघर्ष समितिले प्रधानमन्त्री परराष्ट्रमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाएको हो । रोजगारीको व्यवस्था नभएसम्म गोर्खा भर्ती बन्द गर्न नहुने, गोर्खा भर्ती बन्द गर्नुभन्दा १० वर्ष अघि नै जानकारी गराउनु पर्ने, केहि वर्षदेखि नेपालमा आएर भारतले गोर्खा भर्ती लिन छाडेको वारे भारतसँग परामर्श गरी तत्कालै नेपालमै भर्ती लिने व्यवस्था मिलाउन लगायतका मागहरु अघि सार्दै समितिले ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाएपछि समितिका संयोजक मेजर दीपकबहादुर गुरुङ्गले प्रधानमन्त्रीको आश्वासनपछि आफूहरु ढुक्क भएको बताउनुभयो । -Khagendra Makhim in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||