|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
दीपावलीका अवसरमा प्रम प्रचन्डलाई गिरिजाबाबुको अर्ती र धम्की |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Former Prime Minister Girijaprasad Koirala. Photos: Santa काठमाण्डौं, October 27, 2008- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सहमति, सहकार्य र एकता तोडेको आरोप लगाउँदै गल्ती महशुश गरी सहमतिको राजनीति कायम राख्नेबारे पुर्नविचार गर्न आग्रह गरेका छन् । दीपावलीका अवसरमा रिपोर्टस्र क्लब नेपालद्वारा आयोजित चियापान तथा विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो कुरा बुझ्न नसकेको भन्दै दुःखसमेत व्यक्त गरेका कोइरालाले भने- 'राष्ट्रियतालाई आधार मानी सहमति, सहकार्य र एकताको बाटोबाट मुलुकलाई दीगो शान्तिमा पुर्याउने लक्ष्यलाई प्रचण्डले तोड्नुभएको छ, प्रचण्डजी अव आफ्नो नीतिमा पुनर्विचार गर्नुहोस् ।' आफू सहमति, सहकार्य र एकताको राजनीतिलाई स्थापित गर्नुपर्छ भन्ने मान्यतामा रहेको उल्लेख गरेका कोइरालाले प्रचण्डले विगतको सहमतिलाई सम्झन नचाहे आफू अर्कै बाटो लिन वाध्य हुने चेतावनीसमेत दिए यद्यपि त्यो अर्को बाटो के हो भन्नेबारे उनले स्पष्ट पारेनन् । 'प्रचण्डजीले कुरा बुझ्नुभएन या सहमतिको आधार बिर्सनु भयो' उनले भने- 'कि त उहांले सम्झनुपर्यो हैन भने म आफ्नो बाटो लाग्छु उहां आफ्नो बाटो लाग्नुहोस् ।' संविधान निर्माण, शान्ति र स्थायित्वबारे प्रचण्डलाई आफूले कुरा बुझाउन नसकेजस्तो महशुश भइरहेको बताएका कोइरालाले आफूले सहमति र सहकार्यमा पटक- पटक जोड दिएका दावीपनि गरे । उनले भने- 'सहमति बनाउन हरेक कोशिश गर्छु ।' प्रचण्डबाट विगतको सहमति तोडिएकाले अन्य कुरा आफै ओझेलमा परेको उनको जिकिर छ । सेना समायोजनबारे सोधिएको प्रश्नमा उनले भने- 'मूल कुरा भनेको सहमति, सहकार्य र एकता हो त्यसलाई तोडेपछि अन्य कुरा ओझेलमा परिसकेको छ ।' माओवादी छापामारलाई समायोजन नभई व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो । उनले भने- 'सेना समायोजन हैन व्यवस्थापन गर्ने हो ।' |
|
![]() सरकार ढाल्ने आफूले कुनै चासो नदिएको बताउँदै कोइरालाले आफ्ना लािग लोकतन्त्रनै सबैभन्दा बढि मतलबको विषय भएको बताए । लोकतन्त्रमाथि आक्रमण हुनथालेकोभन्दै त्यसप्रति आफू सचेत भएको बताएका उनले आफूले ६० वर्ष लामो राजनीतिमा लोकतन्त्र, नागरिक र प्रेस स्वतन्त्रता, मानवअधिकार र राष्ट्रियताको सवालमा कही कसैसंग सम्झौता नगरेकोपनि दोहोर्याए । 'मेरो रौं- रौं र रगत रगतमा लोकतन्त्र बगिरहेको छ त्यसमा कसैसंग कहिले सम्झौता गर्दिन' उनले भने- 'प्रचण्डजीसँग भावनात्मक सम्बन्ध छ तर लोकतन्त्रका सवालमा सम्झौता गर्न सक्दिन ।' 'लोकतान्त्रिक मोर्चाको आवश्यता छ ?' भन्ने भन्ने सन्चारकर्मीहरुको प्रश्नमा उनले पहिले नै लोकतान्त्रिक मोर्चा बनिसकेको बताए । उनले भने- 'साम्यवाद र लोकतन्त्रको फ्युजन भनेको समाजवाद हो । समाजवादबाट लोकतन्त्र हटाए साम्यवाद हुन्छ ।' प्रधानमन्त्री प्रचण्डले हल्का र कमजोर भएर काम गरिरहेको आरोपसमेत उनले लगाए । उनले भने- 'म प्रधानमन्त्री हुँदा राजदूतहरु आफै म कहां भेट्न आउने गर्थे तर अहिले प्रचण्डजी आफै राजदूतहरुकहां भेट्न जानुहुन्छ ।' संविधान निर्माण, शान्ति र स्थायित्वका लागि आफूले सकृय भूमिका निभाउने बताउँदै उनले दीगो शान्तिका लागि संविधान समयमै बन्नुपर्ने बताएका छन् । 'संक्रमणकालमा सबै जिम्मेवारी हुनुपर्छ' उनको भनाई छ- 'संक्रमणकालको अन्त्यकालागि संविधान निर्माण अनिवार्य छ त्यसमा म केन्द्रित रहनेछु ।' विगतमा हत्या, िहंसा भइरहँदा आफूले राजनीतिलाई नै दाउमा राखेर शान्ति प्रकृया शुरु गरेको बताउँदै उनले भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्न आफू नेपाली कांग्रेसको जिम्मेवारीपूर्ण भूमिका रहने दोहोर्याएका छन् । 'म असफल भएपनि राष्ट्र असफल हुँदैन' उनले भने- 'मेरो राजनीति जीवनलाई दाउमा राखेर जुन प्रकृया शुरु गरेको छु त्यसलाई सफल बनाउन लागिरहनेछु ।' -Sitaram Baral in Kathmandu |
||
|
Read our related news and photo feature: » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) » न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos) » लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित » कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||