|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'म संबिधानलाई पूर्णता दिन नर्कमा जान पनि तयार
छु ।'-नेकाँ सभापति कोइराला काठमाण्डौं, November 23, 2008- माओवादीसँग क्रुद्ध नेपाली काँग्रेस सभापति गिरीजाप्रसाद कोइरालाले सेनालाई राजनीतिकरण हुनदिनबाट जोगाउन सेना समायोजन हुनै नदिने बताएका छन् । मंसीर ७ गते नेपालगन्जमा नेपाली कांग्रेसद्धारा आयोजित आमसभामा बोल्दै सभापति कोइरालाले उपरोक्त कुरा बताएका हुन् । कोइरालाको यो उद्घोषपछि चिसिदै गएको माओवादी- कांग्रेसबीचको सम्बन्धमा थप चिसोपना आउने देखिएको छ । माओवादीले हत्या-िहंसा जारी राखेको बताउँदै कोइरालाले भने- 'यस्तै हुँदै जाने हो भने म माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन हुन दिन्न ।' पछिल्लो समय नेपाली कांग्रेसभित्र सेना समायोजनका विषयमा मतभेद देिखंदै आएको छ । सेना समायोजनसम्बन्धी प्रावधान भएको बृहद् शान्ति सम्झौतामा कोइरालाले तत्कालिन प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिको हैसियतले हस्ताक्षर गरेपनि कोइराला पछिल्लो समयमा आफैले गरेको हस्ताक्षर विपरित समायोजनका विपक्षमा उभिएका छन् । कावा सभापति सुशील कोइराला, छोरी सुजाता कोइराला, पूर्व सहमहामन्त्री गोबिन्दराज जोशी लगायतका नेताहरु कुनैपनि हालतमा सेना समायोजन हुनै नदिने पंक्तिमा उभिएका छन् । कावा सभापति सुशील कोइरालाले त सेना समायोजन भए नेपाली कांग्रेसलेपनि बिद्रोह गर्ने चेतावनी दिइरहेका छन् । उता नेपाली कांग्रेस आफैले सेना समायोजनसम्बन्धी प्रावधानमा हस्ताक्षर गरेकाले व्यक्तिगत योग्यता र क्षमताका आधारमा माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गरिनुपर्ने अर्काे धारणपनि नेपाली कांग्रेसभित्र छ जसको नेतृत्व उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री अर्जुननरिसंह केसीलगायतका नेताहरुले गरिरहेका छन् । यसरी कांग्रेसभित्रै माओवादी सेना समायोजनका सम्बन्धमा दुई धार देखा परिरहेका बेला सभापति कोइरालाले सेना समायोजन हुनै नदिने उद्घोष गरेका हुन् । नेपालगन्जमा आयोजित सभामा कोइरालाले भनेका छन्- 'माओवादी लडाकूलाई सेनामा समायोजन गरिए सेनाभित्र राजनीतिकरण बढ्छ त्यसैले कुनैपनि हालतमा समायोजन हुन दिनेछैन ।' नेकाँ सभापति कोइरालाले माओवादीले सहमतिको संस्कार तोडेकोले बिगतका सम्झौताहरुको औचित्य सकिएको बताएका छन् । प्रेस युनियन बाँकेले मंसिर ८ गते माओजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीले आफ्नो अनुकुल अनुसार सहमतिको कुरा गर्ने तर कार्यान्बयन भने नगरेको आरोप लगाए । सेना समायोजन बिशेष समितिमा बस्न सरकारले अहिलेसम्म औपचारीक आग्रह नगरेको भन्दै कोइरालाले औपचारीक आग्रह गरे त्यसबारे सोंच्न सकिने उल्लेख गरे । सरकार ढाल्ने योजनामा काँग्रेस नरहेको र त्यसतर्फ सोंच्ने फुस्रद समेत नभएको बताउँदै उनले माओवादीले भने जसरी सेना समायोजन कुनै पनि हालतमा हुन नदिने भनाई राखे । माओवादीको व्यवहार अझै नसुधि्रएको तथा सेनामा राजनितिकरण गर्न नहुने भन्दै सेना समायोजन गर्न नदिने उनकॊ भनाई थियो । |
|
|
सेना समायोजन नभए शान्ति प्रकृया कसरी निष्कर्षमा
पुग्छ त? भन्ने पत्रकारहरुको जिज्ञासामा कोइरालाको जवाफ थियो - 'संबिधान
लेखेपछि शान्ति प्रकृया आफै निष्कर्ष पुग्छ म संबिधानलाई पूर्णता दिन
नर्कमा जान पनि तयार छु ।' -Sitaram Baral & Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||