|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पोखरा पुगेर कोइराला गर्जे माओवादीको बिरुद्ध |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"नयाँ संविधान बनाउने विगुल फुक्न म जनतासमक्ष आएको हुँ" 'संविधान नबनाइकन म मर्दिन ।' - नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला ![]() Nepali Congress President and former Prime Minister Girijaprasad Koirala and other congress leaders in Pokhara. Photos: Raj पोखरा, November 29, 2008- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीले संविधान निर्माणको कुरालाई ओझेलमा पार्न चाहेकोले कांग्रेसले राष्ट्रव्यापी जनजागरण अभियान अन्तर्गत मुलुकमा शान्ति स्थिरता र समृद्ध नेपाल निर्माणका लागि नयाँ संविधान बनाउने संकल्प पुरा गर्न चाहेको बताउनुभएको छ । राष्ट्रिय जनजागरण अभियान अन्तर्गत नेपाली कांग्रेसद्धारा शनिबार पोखरामा आयोजित वृहत आमसभालाई सम्वोधन गर्दै सभापति कोइरालाले माओवादी अनेक शब्दजाल बुनेर संविधान निर्माणलाई ओझेलमा पार्न चाहेका छन तर त्यो म हुन दिन्न, म आफ्नो लक्ष्य पुरा गरेर छोडछु, नयाँ संविधान बनाउने विगुल फुक्न म जनतासमक्ष आएको हुँ' भन्नुभयो । सभापति कोइरालाले कांग्रेसकै नेतृत्वमा रक्तपात विहिन ढंगले राजतन्त्र समाप्त भएर कांग्रेसले भनेपछि गणतन्त्र आएको, संविधान सभाको चुनाव पनि सम्पन्न गरेको स्मरण गर्दै कांग्रैसकै अग्रसरतामा नयाँ संविधान बन्ने वहांको दाबी थियो । नेपाली कांग्रेस सभापति गिरिजाप्रंसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्ड र माओवादी पार्टी डुब्नै लागेको दावी गरेका छन् । नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जनजागरण अभियानलाई संबोधन गर्न पोखरा पुगेका सभापति कोइरालाले यसरी डुब्नै लागेको माओवादी र प्रचण्डलाई अब आफूलेमात्र जोगाउन सक्ने रमाइलो दावीपनि गरेका छन् । शनिवार मंसीर १४ मा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले भने- 'माओवादीहरु धोकेबाज र कपटी हुन् विभिन्न शब्द जाल बुनेर हामीलाई फसाउन लागेका थिए तर उनीहरु अब आफै डुब्दैछन् ।' |
|
![]() Girijaprasad Koirala in Pokhara with Nepal Congress Vice President Sushil Koirala on the left. सभापति कोइरालाले माओवादीहरु आफनो शब्दजालमा आफै फस्न लागेको, उद्योग धन्दा, व्यापार समाप्त भएको, कर्मचारीहरु निराश बनेको र शब्दजालमा गिरिजालाई फसाउने खोजेपनि आफू नपर्नै बरु माओवादीले बाटो विराए आफूले जिम्मेवारीको बाटो देखाउने बताउनुभयो । राष्ट्रसंघको शान्ति सेनामा समेत प्रतिष्ठा कमाएको नेपाली सेनालाई आफूले कुनै पनि हालतमा राजनीतिकरण गर्न नदिने दृढता व्यक्त गर्दे सभापति कोइरालाले माओवादी लडाकुलाई के व्यवस्था गर्नै हो गर्नुपर्छ तर नेपाली सेनालाई कुनै पनि हालतमा राजनीतिकरण गर्न नदिने वहांको भनाइ थियो । उनले सेना समायोजन हुन नदिने दृढतापनि दोहोर्याए । 'तिम्रो मान्छे अस्थायी शिविरमा रहेका जनसेना जता व्यवस्था गर्छौ गर सेनामा मिसाउन पाउन्नौ' कोइरालाले भने- 'सम्झौता तिमीहरु माओवादीहरुले नै तोडेका छौ अहिले सम्झौताको कुरा निकालेर सेनामा आफ्ना लडाकूलाई मिसाउने र राजनीति गर्ने सपना देख्न छोड ।' कांग्रेसका कार्यकर्ता माथि भएका आक्रमण आफूले कुनै पनि हालतमा सहन नसक्ने बताउँदै सभापति कोइरालाले कांग्रेसका कार्यकतालाई निर्धक्क भएर संगठनका काम गर्न निर्दैशन दिदै केही भए त्यसको जिम्मा आफूले लिने विश्वास दिलाउनुभयो । माओवादी र प्रचण्डलाई 'बिचरा' भन्दै सम्बोधन सुरु गरेका कोइरालाले आफूलाई प्रचण्डले विभिन्न शब्दजाल गरेर फसाउन खोजेपनि प्रचण्ड आफै फस्दै गएकोमात्र बताएनन् माओवादीसँग अब कुनै सम्झौता नगर्ने घोषणापनि गरेका छन् भने देशैभरि माओवादीको प्रतिकार गर्न कार्यकर्ताहरुलाई आव्हानसमेत गरेका छन् । माओवादीको सक्दो प्रतिकार गर्न आव्हान गर्दै उनले त्यसबापत आफू जेल गइदिने आश्वासनसमेत दिएका छन् । 'को हुन् माओवादी भनेका तिनीहरुसँग लड्न म तैयार छ' राष्ट्रपति निर्वाचनमा माओवादीले आफूलाई साथ नदिएपछि माओवादीसँग क्रुद्ध बन्दै आएका कोइरालाले भने- 'अब तपाईंहरु माओवादीसँग नडराउनुस् परेको म ब्यहोर्छु जेल जानु परे मै गैदिन्छु ।' जनगणतन्त्रको कुरा गरेर माओवादीले संविधान बन्न नदिने षडयन्त्र सुरु गरेको आरोपपनि पोखराको सभामा लगाएका थिए । तर संविधान नबनुन्जेलसम्म आफू जीवितै रहने र संविधान बनाएरमात्र आफूले जीवनबाट विश्राम लिने दृढता उनको थियो । 'माओवादीले संविधान बनाउदैनन् भनेर म बुढो भएपनि यसरी िहंडेको हुँ' कोइरालाको भनाई थियो- 'संविधान नबनाइकन म मर्दिन ।' उचित ब्यबस्था नगरिकन नै गोर्खा भर्ती केन्द्र बन्द गर्ने माओबादीको सोचाइ रहेको भन्दै उनीहरुले यसो गरिएमा र्दुभाग्य हुने बताउनुभयो । ![]() Girijaprasad Koirala. Photos: Raj सभापति कोइरालाले क्रान्तिबाट जन्मेको नेविसंघ, तरुण, महिला संघ जस्तै काग्रेस पार्टी आफूले जे भन्छ त्यही गर्छ जे गर्छ त्यही भन्छ अरु जस्तो फूर्ति गर्दैन भन्दै संसद पुनस्र्थापना, गणतन्त्र स्थापना र सफल रुपमा संविधान सभाको चुनाव त्यसको उदाहरण हो भन्नुभयो । आमसभामा कांग्रेसका वरिष्ठ नेता एबं पुर्बप्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेतृत्वको निर्दैशनमा जानीबुझीकन वाइसीएको हत्या आतंक सन्चालन भएर उसले देशमा सर्वसत्तावाद, एकदलीय अधिनायकवाद लाद्न खोजेको बताउँदै त्यसका विरुद्ध नेपालीले एकचोटि फेरी लडाई लडनुपर्नै दिन आउँनेछ भन्नुभयो । संविधान सभामा प्रधानमन्त्री प्रचण्डले खोसिएका जग्गा जमीन फिर्ता गर्नै भनेपनि त्यो अझै पालना नगरेको बताउँदै माओवादी अझै जिम्मेवार र विश्वसनीय हुन सकेको छैन भन्नुभयो । कांग्रेसका कार्यवाहक सभापति सुशील कौइरालाले जनताका हक अधिकार खोस्ने काम नगर्न माओवादीलाई खवरदारी गर्दै सरकारमा गएर पनि माओवादी हत्या, िहंसा जारी राखेको, संसदमा समेत हतियार लिएर गएको र विगतमा गरेका सहमति सम्झौता पालना नगरेकोले माओवादीलाई कसरी विश्वास गर्नै भन्ने प्रश्न गर्नुभयो । उपसभापति रामचन्द्र पौडेलले मान्छे मारेर क्रान्तिकारी नहुने र शान्तिपूपर्ण जनआन्दोलन गरेर संघीय लोकतानिन्त्रक गणतन्त्र स्थापना भैसकेपछि माओवादीले जनगणतन्त्रका कुरा गर्नु जनतालाई धोका दिनु हौ भन्नुभयो। ![]() कांग्रेसका चर्चित युवा नेता एवं सभासद गगन थापाले काग्रेसलाई दुश्मन ठाँन्ने राणा, राजा समाप्त भएको र सरकारमा गएपछि माओवादीले १२ बुँदेदेिख सहकार्य गरेर आएको कांग्रैसलाई दुश्मन ठहर गरेको बताउँदै माओवादी र जनगणतन्त्रको वीचमा कांग्रेस चटटान भएर उभिने र कसैले चटानमा टाउँको ठोक्न खोजे उही समाप्त हुनेछ भन्नुभयो । ![]() Photos: Raj नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय डा. शेखर कोइराला, सदस्य सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, नेपाल महिला संघकी सभापति अम्विका बस्नेत, नेविसंघका अध्यक्ष प्रदीप पौडेल, नेपाल भूतपूर्व सैनिक सघका अध्यक्ष दीपकबहादुर गुरुङ्ग, दलित संघका महासचिव जीवन परियार, तरुण दलका अध्यक्ष महेन्द्र यादव, नेपाल मगर संघका अध्यक्ष गणेशबहादुर थापा र आमन्त्रीत केन्द्रीय सदस्य शुक्रराज शर्माले पनि नयाँ संविधान निर्माण र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नै आवश्यकता औल्याउनुभयो । -Rajbahadur Gurung in Pokhara & Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||