Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

राष्ट्रपति बन्ने खेलमा गिरिजाबाबु पछि पर्दैछन्‌


चुनाव प्रचारक्रममा रोल्पा पुगेका माओवादी अध्यक्ष प्रचण्ड एक रोल्पाली कार्यकर्ताको बुइ चढेर खोला तर्दै।
Archive» Photos: Girijababu (eEyeCam), Prachanda (contributed by Sharmila), Ramraja (Sitama). Illustration: eEyeCam

काठमाडौं,  June 8, 2008- नॆपालको प्रथम राष्ट्रपति बन्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सपनालेपनि हावा खाने संकेत मिलेको छ । चौंथो ठूलो दल मधेशी जनअधिकार फोरमलेसमेत कोइरालालाई राष्ट्रपति बनाउनेमा आफ्नो सहमति नरहने बताएको छ ।

त्‍यसै गरी कसैलाई टीका लगाएर राष्ट्रपति बनाउन नहुने बताउँदै एमालेका महासचिवले राष्ट्रपति संविधान सभाका सदस्यहरुबीच प्रतिस्पर्धाको आधारमा चयन हुनुपर्ने शर्त राखेर कोइरालालाई अप्ठ्यारोमा पारिदिएका छन्‌।

उता माओवादी अध्यक्ष प्रचण्डलेसमेत शनिवार कोइरालालाई राष्ट्रपति बनाउन नसकिने सार्वजनिक अभिव्यक्ति दिएका छन् । 'कांग्रेसले हामीसँग कोइरालालाई राष्ट्रपति गिरिजाबाबुलाई बनाउनु पर्यो भनेर औपचारिक प्रस्ताव राखेको छ, उहाँलाई राष्ट्रपति बनाउन उहाँले कांग्रेसको सभापतिमात्र होइन पार्टीको साधारण सदस्यसमेत त्याग्ने कुरा कांग्रेसले बताएको छ' माओवादी अध्यक्ष प्रचण्डले कोचिला राज्य समितिले आयोजना गरेको त्यस क्षेत्रका सभासद्हरुको अभिनन्दन कार्यक्रमपछि भने- 'तर हामी उहाँलाई राष्ट्रपति बनाउने पक्षमा छैनौं । उहाँको स्वास्थ्यले राष्ट्रपतिको जिम्मेवारी बहन गर्न िदंदैन ।' राष्ट्रपतिको जिम्मेवारी बहन गर्दा उहाँलाई अरु बढि तनाव हुनेपनि प्रचण्डले बताए ।

प्रम कोइरालाको गृहनगर विराटनगर पुगेका मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलेपनि यस्तै प्रतिकृया दिएका छन् । 'स्वास्थ्यका कारण कोइरालाले राष्ट्रपतिको जिम्मेवारी बहन गर्न सक्नुहुन्न, राष्ट्रपतिकालागि स्वास्थ्यका दृष्टिले स्वस्थ र बिचारको दृष्टिलेपनि राष्ट्रलाई नयाँ दिशा दिने व्यक्ति हुनुपर्छ' अध्यक्ष यादवले भनेका छन्- 'उहाँलाई राष्ट्रपतिको रुपमा अघि सार्ने भन्दा आराम हुने स्थिति सिर्जना गर्नुपर्छ ।' कोइराला जनमतबाट अस्वीकृत पार्टीको नेता भएकाले यदि कांग्रेसले उहाँलाई राष्ट्रपतिको रुपमा अघि सारे आफ्नो पार्टीले औपचारिक रुपले नै अस्वीकार गर्नेपनि यादवले बताएका छन् ।

कांग्रेसले कोइरालालाई राष्ट्रपतिको रुपमा चयन गरिएमात्र माओवादीलाई सत्ता हस्तान्तरण गर्ने शर्तअघि सारेपछि राजनीतिक स्थिति जटिल बन्दै गइरहेको छ । माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार राजनीतिक गतिरोधको निकास खोल्ने सन्दर्भमा एमाले र फोरमसँग भएको बार्ता सकरात्मक दिशातिर अघि बढेको बताएका थिए । माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवका उपरोक्त अभिव्यक्तिले कोइरालाको सट्टा कुनै दोश्रो ब्यक्तिलाई राष्ट्रपति बनाउनेमा माओवादी र फोरमबीच सहमति भएको संकेत मिलेको छ । एमाले महासचिव झलनाथ खनालले पनि यो कुरालाई पुष्टि गर्ने अभिव्यक्ति दिएका छन् ।

खनालले राष्ट्रपतिकालागि संविधान सभाका सदस्यहरुबाट मतदान गर्नुपर्ने र जसले बहुमत पाउँछ उसैलाई राष्ट्रपति बनाइनुपर्ने माग गरेका छन् । प्रम कोइरालाको गृहनगर बिराटनगरमा एमाले मोरङ्गद्धारा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव खनालले भने- 'कसलाई राष्ट्रपति बनाउने भन्ने कुरा हामी जान्दैनौं, राष्ट्रपति बन्नेले संविधान सभामा प्रतिस्पर्धा गर्न सक्नुपर्छ, जसले धेरै मत ल्याउँछ उही राष्ट्रपति बन्छ, राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीको चयन टीका लगाएर होइन प्रतिस्पर्धाको आधारमा हुनुपर्छ भन्ने एमालेको दृष्टिकोण छ ।' कांग्रेसले राष्ट्रपतिको रुपमा कोइरालालाई प्रस्तावित गरेको सम्बन्धमा सोधिएको प्रश्नमा खनालले सो जवाफ दिएका हुन् ।

कोइरालालाई राष्ट्रपति बनाउने सन्दर्भमा प्रचण्ड र यादबको ठाडो अस्वीकारोक्ति, एमालेद्धारा प्रतिस्पर्धाको माग र प्रचण्डद्धारा शुक्रबार राजनीतिक गतिरोधको अन्त्यकालागि तीन दलबीच सहमति भएको भन्ने भनाईबाट बुझिन्छ- यी तीन दल सहमतिका आधारमा कोइरालाको बिकल्पमा अरु कसैलाई राष्ट्रपतिको प्रतिस्पर्धामा उतार्न चाहन्छन् । यी तीन दल मिलेमा संविधानसभामा सहजै बहुमतपनि पुग्न सक्छ । संविधान सभामा माओवादीको २ सय २० र एमालेको १ सय ७ मिल्ने हो भनेपनि सामान्य बहुमत पुग्ने स्थिति छ । प्रतिस्पर्धाबाट अब कोइराला बाहिरिने स्थिति तीन दलबीचको अघोषित सहमतिले देखाएको छ ।

कोइरालालाई राष्ट्रपति बन्न नदिनेमा माओवादी, एमाले र फोरमबीच सहमति भएपनि कोइरालाबाहेकका व्यक्तिबारे भने माओवादी, एमाले र फोरमबीचपनि विवाद सिर्जना हुनसक्ने स्थिति छ । एमाले निवर्तमान महासचिव माधव नेपाललाई राष्ट्रपतिको रुपमा अघि सार्ने पक्षमा छ । तर नेपालको नाममा फोरमले असहमति जनाउने सम्भावना छ । दुइ क्षेत्रबाट संविधान सभा चुनाव हारेका नेपाललाई राष्ट्रपति बनाउनेमा माओवादीपनि सहमत नहुन सक्छ । माओवादीले गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको रुपमा प्रस्ताव गरिसकेको छ ।

गणतन्त्रबादी नेता सिंहलाई राष्ट्रपति बनाउनेमा फोरमलगायतका दलको समर्थन जुट्ने स्थिति देखिन्छ । फोरम अध्यक्ष उपेन्द्र यादवले मधेशीलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै माओवादीले सिंहको नाम प्रस्ताव गरे आफूहरुले पनि समर्थन गर्ने बताएका छन् । उनले भनेका छन्- 'रामराजालाई राष्ट्रपति बनाउने प्रस्ताव आए हाम्रो समर्थन रहनेछ । सिंह मधेशी व्यक्तित्व भएका कारण माओवादी र फोरम बाहेक तमलोपा, जनमोर्चा, नेकपा संयुक्त लगायतका दललेपनि उनको नाममा समर्थन गर्न सक्छन् ।

त्यसो भएमा सिंहको विपक्षमा कांग्रेस र एमालेले कोइराला वा नेपाल मध्ये एक जनालाई खडा गर्न सक्छन् । तर बहुमत भने माओवादी-फोरम-तमलोपा गठबन्धनकै पुग्ने स्थिति देखिन्छ । माओवादी २०७, फोरम ५२, तमलोपा २०, जनमोर्चा ७, संयुक्त ५ ले सिंहको पक्षमा मतदान गरे भने सिंहको ३ सय ४ मत जुट्नेछ । र सिंह सहजै बिजयी बन्न सक्नेछन् । सिंहलाई माओवादी र फोरमले साझा उम्मेदवारको रुपमा अघि सारे दलित, जनजाति पार्टी, स्वतन्त्र सभासद् लगायतलेपनि समर्थन गर्ने सम्भावना छ ।

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®