|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See your Local city time and Kathmandu, Nepal time |
|
| English Edition | ||
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
समय मै राष्ट्रपति, प्रधानमन्त्रीको चयन गर्ने
नसके बजेट ल्याउनै ढिलो हुने काठमाडौं, June 28, 2008- अन्तरिम व्यवस्थापिका-संसदको हैसियतमा बसेको संविधान सभाको बैठकमा अन्य समस्या नआउने हो भने राष्ट्रपतिको निर्वाचन असार १८ गते हुने भएको छ। माओवादी नेता दीननाथ शर्माका अनुसार असार १७ गतेसम्म राष्ट्रपति-उपराष्ट्रपति लगायत आवस्यक प्रावधान राखी संविधान संसोधन गर्ने र १८ गते राष्ट्रपतिको चयन गर्ने कार्यसूची तय गरिएका छन् । 'मधेशवादी दलहरुको माग पुरा गर्ने हो भने यो कार्यसूचि अनुसार अघि बढ्न सकिन्छ' शर्माले भने- '१८ गते राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, १९ गते प्रधानमन्त्रीको चयन, २० गते संविधान सभाको अध्यक्ष-उपाध्यक्षको निर्वाचनको कार्यतालिका बनाइएको छ, यसरी जान सकिएन भने समयमै बजेट ल्याउने काम गर्न सिकंदैन । त्यसैले जसरी हुन्छ मधेशवादी दलहरुका माग पुरा गरी यो प्रकृयामा जानुपर्छ ।' २० गतेसम्म राष्ट्रपति, प्रधानमन्त्री र संविधान सभाका अध्यक्ष-उपाध्यक्षको चयन गरिसकेपछि नयाँ सरकारले २१ गते आफ्नो नीति तथा कार्यक्रम ल्याउने कार्यतालिकापनि बनाइएको छ । यसैगरी २६ गते बजेट घोषणा गर्ने र असार ३१ गते पेस्की बजेट ल्याउने योजना छ । माओवादी नेता शर्मा भन्छन्- 'यदि यो कार्यक्रम अनुसार गएनौं भने आगामी बर्षको बजेट ल्याउनै सकिन्न, बजेटै नआएको स्थितिमा देश कसरी चल्छ ?' मधेशवादी दलहरुलेपनि चाँडो भन्दा चाँडो समस्या समाधान गरी उपरोक्त कार्यसूची अनुसार अघि बढ्नुपर्ने बताएका छन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भन्छन्- 'राष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाको अध्यक्ष चयन गर्ने समय हामीसँग निकै कम छ, त्यसैले छिटोभन्दा छिटो हाम्रो माग पुरा गरी उपरोक्त कार्यसूचि अनुसार अघि बढ्नुपर्छ । तर कार्यसूची देखाएर हामीले उठाएका जायज मागलाई पर सार्ने काम भने गर्न पाइन्न ।' मधेशवादी दलहरुले भने आफ्ना माग पुरा नभएसम्म संविधान सभाको बैठक अघि बढ्न नदिने निर्णय गरॆका छन् । फोरमको िसंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकमा फोरम, तमलोपा, सद्भावना, दलित जनजाति पार्टी लगायतका पार्टी सहभागी थिए । अन्तरिम संविधानमा स्वायत्त मधेश प्रदेश, सेनामा समूहगत रुपमा मधेशीको प्रवेशमार्फत् राष्ट्रिय चरित्रको सेना निर्माण, जनसंख्याको आधारमा राज्यको हरेक निकायमा मधेशी, दलित, आदिवासी-जनजाति आदिको समानुपातिक-समावेशी प्रतिनिधित्व हुनुपर्नेलगायतका माग उनीहरुले राखेका छन् । यी मध्ये कतिपय मागसँग आदिवासी जनजातिहरुमसेत सहमत छन् । मधेशवादी दलहरुले उठाएका संविधान संसोधनको माग पुरा गर्नकालागि शुक्रबार दिनभरि राजनीतिक पार्टीका नेता व्यस्त भए । फोरमका सहसंयोजक जयप्रकास गुप्ताका अनुसार माओवादीले मधेशवादी दलहरुका माग जायज भएको बताउँदै पुरा गर्न सकिने बताएको छ भने नेपाली कांग्रेसलेपनि माओवादीसँग सल्लाह गरी यस विषयमा निर्णय गरिने बताएको छ । -Sitaram Baral in Kathmandu |
|
| <> | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||