Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पोखराका गल्ली-गल्लीहरुमा जुवाखालहरु



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रहरी हप्ता असुलीमा ब्यस्त, युथ फोर्स नियन्त्रण गर्नतिर

पोखरा, December 6, 2008- आफ्नो पार्टीकातर्फबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधान एवं गृहमन्त्री वामदेवको निर्देशनलाई प्रहरीले वेवास्ता गरेपछि पर्यटकीय नगरी पोखराका गल्ली-गल्ली र चोक-चोकहरुमा मिनी क्यासिनोका रुपमा रहेका जुवाखालहरु नियन्त्रण गर्न युथ फोर्स कास्कीले अभियान नै शुरु गरेको छ।

पर्यटकीय नगरी पोखरामा अवैध रुपमा पाँचतारे होटलहरु पोखरा ग्रान्ट होटल र दि फूलबारी होटल एण्ड स्पामा सञ्चालित दुईवटा क्यासिनोहरुमा उपप्रधान एवं गृहमन्त्री गौतमको निर्देशन र नेपालको कानूनबिपरीत अझै पनि नेपालीहरु प्रवेश गरेर जुवा खेलिरहेका छन् भने पोखराका चोक-चोकहरुमा मिनी क्यासिनोका रुपमा जुवा खालहरु सञ्चालित छन् । यस्ता खालहरु नियन्त्रण गर्न प्रहरी प्रशासनले वेवास्ता गरेको र जुवा हारी पीडित बनेका व्यक्तिहरुबाट आफ्नो संगठनमा पटक-पटक उजुरी परेकाकारण मिनी क्यासिनो नियन्त्रण अभियान सञ्चालन गर्नुपरेको युथ फोर्स कास्कीका अध्यक्ष दर्शन लामाले बताउनुभयो।

सेाही क्रममा युथ फोर्स कास्कीले पोखराको न्युसरोडस्थित एक घरमा दुई सय रुपिया प्वाइन्ट म्यारिज र कौडा खेलिरहेको अवस्थामा छापा मारी छ जना जुवाडेहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पोखरामा बुझाएको छ । युथफोर्सले नियन्त्रणमा लिई प्रहरीमा
बुझाएका ६ जनाहरुमा भीमा पुन, बद्धिबहादुर गुरुङ, विष्णु लम्साल, शिव अर्याल, सानुमाया गुरुङ र पानबहादुर गौतम रहेका छन् । सोही खालमा ३० लाख रुपिया हारेका पीडितपक्षको उजुरीका आधारमा युथफोर्सले छापा मारेको लामाको भनाई छ ।

यसैगरी पोखराको दरबारचोकमा नेपाली कांग्रेस कास्कीका सदस्य देवेन्द्रले सञ्चालन गरेको जुवा घरमा पनि युथफोर्सले छापा मारेको तर कोही कसैलाई फेला नपारिएको युथ फोर्स कास्कीले जनाएको छ । उक्त जुवाघरमा पनि जुवातास र कौडा खेलाउने गरिएको भएपनि नगद रकमको कारोवार नगरी सिक्का प्रणालीमा खेलाइने गरेको, त्यसमा पनि युथ फोर्स आउने थाह पाएर पहिले नै बन्द गरिएको युथ फोर्सले जनाएको छ ।

युथ फोर्सले दुईवटा मिनी क्यासिनोका रुपमा सञ्चालित जुवातास घरमा छापा मारेपनि पोखराका सिम्पानी, नयागल्ली, बगर, केआईसिंह पुल, विन्द्यवासिनी, वागलुङ बसपार्क, महेन्द्रपुल, फूलबारी, माटेपानी, पुरानो बसपार्क, विरौटा, मुस्ताङचोक, छोरेपाटन, रामबजार, लगायतका चोक-चोक र गल्लीहरुमा अवैध रुपमा मिनी क्यासिनोका रुपमा जुवातास सञ्चालनमा आएका छन् ।

त्यस्ता मिनी क्यासिनोहरुमा प्रहरीले छापा नमारी हप्तावारी वा महिनावारी उठाउने गरेको जुवाखाल सञ्चालकहरुले बताएका छन् । यस्ता मिनी क्यासिनोहरु विशेष गरी भूतपूर्व प्रहरी, सेनामा कार्यरत कर्मचारीहरु र राजनीतिक पहुच भएका व्यक्तिले सञ्चालन गर्ने गर्दछन् । विगतमा माओवादी भ्रातृसंगठन वाईसीएलले पनि जुवातास विरुद्धको अभियान सञ्चालन गरेको थियो ।

-Rajbahadur Gurung in Pokhara
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®