Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

जनआन्दोलनका घाइतेहरुले संविधान सभाको बैठक घेराउ गर्ने
आन्दोलन सफल बनाएको हामी चप्पल लगाउनेहरुले हो

Kailash Timalsina, Krishn Devi Kaphle, Surya Regmi and others. Words & photos: Sitaram

काठमाडौं, May  23, 2008-२०६२-०६३ का जनआन्दोलनका घाइतेहरुले संविधान सभा बैठकको पहिलो दिन बैठकस्थल बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र घेराउ गर्ने भएका छन् । संविधान सभाले 'निलम्बित राजा' ज्ञानेन्द्रलाई नारायणहिटीबाट नहटाएसम्म घेराउ जारी रहने उनीहरुले बताएका छन् ।

आन्दोलनकाबेला काठमाडौंको गोंगबुमा सकृय कृष्णादेबी काफ्‍लेले घोषणा गरिन्- 'हामी हाम्रा छोरालाई मन्त्री बनाउन फेरि सडकमा आउन लागेका होइनौं, गणतन्त्रकालागि गरिएको २०६२-०६३ को भावना अनुसार गणतन्त्र अझै स्थापना भैनसकेकाले त्यो दिन ग्यारेन्टी गर्नकालागि सडकमा आउन लागेका हौं । अब हामी दिन रात नभनी त्यो दिन सडकमा बसेर गणतन्त्र ल्याएरै छोड्छौं ।'


चप्पलहरु (Sandals) Jana Andolan-II scene. Photo courtesy: Min Ratna Bajracharya. Himal Photo Journal 08. HimalKhabar.Com

लोकतान्त्रिक आन्दोलन २०६२-०६३ को केन्द्र बनेको गोंगबु क्षेत्रकी उनी अगुवा आन्दोलनकारी थिइन् । घर-घरबाट जनतालाई सडकमा निकालेर आन्दोलनमा ल्याउनु यी बृद्धाको दिनचर्या थियो । 'आन्दोलनमा धनीमानीहरु तास खेलेर, वियर खाएर बसेका थिए, आन्दोलन सफल बनाएको हामी चप्पल लगाउनेहरुले हो, गोली चलेपछि घटनास्थलमा देखिएका चप्पलहरुलेपनि यी कुरा देखाउँछ' बुढेशकाल लागेपनि युवाजोशकी उनले भनिन्- 'त्यसदिन बैठकस्थल घेराउ गरेर हामी गणतन्त्र कार्यान्वयन गराएरै छाड्छौं किनभने केही पार्टी र नेताहरु फेरि राजतन्त्र जोगाउन भित्रभित्रै लागेको हामीले थाहा पाएका छौं ।'

आन्दोलन सफलभएपनि आन्दोलनपछि बनेको लोकतान्त्रिक सरकारले शहीद र घाइते आन्दोलनकारीहरुलाई बिर्सेंकोमा उनको गुनासो छ । 'शहीद र आन्दोलनका घाइतेहरुको सपना अनुसार गणतन्त्र कार्यान्वयन गरियोस् भनेर हामी िसंहदरवार घेराउ गर्न गएका थियौं' जनआन्दोलनका शहीद तथा घाइते कल्याण एकिकृत मन्‍चले आयोजना गरेको कार्यक्रममा उनले दुखेको पोखिन्- 'तर हामीलाई घाइते अवस्थामै पक्रेर लोकतान्त्रिक सरकारले वडा प्रहरी कार्यालयमा लगेर थुन्यो । सुकिला नेताहरुले सत्तामा जानासाथ आन्दोलनमा दिलोज्यान दिएकाहरुलाई बिर्सिसकेका रहेछन् ।'

सो पक्राउको घटना २०६३ जेठ १८ गते भएको थियो । आन्दोलनका शहीद परिवार र घाइतेहरुका माग पुरा गर्न धर्नामा बसेका उनीहरुलाई पक्राउ गरिएपछि उनीहरु प्रहरी हिरासतभित्रै आमरण अनसन बसेका थिए । लोकतन्त्रको पुनर्वहालीलगत्तै आन्दोलनका घाइतेहरुलाई पक्राउ गरिएपछि तत्कालिन सरकार बदनाम भएको थियो । पछि सभामुख सुवाष नेम्वाङ्गले जुस ख्वाएर आमरण अनसन तोडाएका थिए । त्यसपछि गृहमन्त्रीसँग भएको वार्ताको घटनाबारेपनि उनले बेलिबिस्तार लगाइन् । 'वार्तामा जाँदा गृहमन्त्रीको कोठामा ज्ञानेन्द्रको फोटो थियो, यो के हो भनेर सोध्दा यसकोपनि कारण छ' पो भने उनले भनिन्- 'कारण के रहेछ भन्ने कुरा नारायणहिटीमा अझै राजा रहेको घटनाले देखाएको छ।'


जनआन्दोलनका घाइतेहरु Photos: Sitaram Baral

मन्‍चका अध्यक्ष कैलाश तिमििल्सनाका अनुसार घाइतेहरुको आन्दोलनपछि घाइतेको माग पुरा गर्न सरकारले सांसद कृष्णकिशोर घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले घाइतेहरुलाई परिचय पत्र र राहत दिने घोषणा गरेको थियो । 'तर आन्दोलनकाबेला विदेशमा रहेकाहरुले परिचय पत्र पाएका छन्' मन्‍चका अध्यक्ष तिमििल्सना भन्छन्- 'वास्तविक घाइतेलाई दिने भनिएको राहत दिइएको छैन, घाइतेका छोरा-छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने सहमति भएपनि त्यसको कार्यान्वयन भएको छैन ।' नेताहरुले यसअघि संविधान सभासम्म पर्खन भनेकाले आफूहरु चुप लागेको बताउँदै उनले आफूहरुको धैर्यताले सीमा नाघेको बताए ।

आफूहरुले राहत नपाएकोमा भन्दापनि अहिलेसम्म गणतन्त्र स्थापना नभएकोमा आक्रोसित छन् जनआन्दोलनका घाईतेहरु । आन्दोलनका अपराधीहरुलाई सरकारले कार्वाही नगरेकोमापनि उनीहरु लज्जित छन् । 'आन्दोलनका गहनाहरु गणतन्त्र कार्यान्वयन हुन्छ भन्ने आशामा अहिलेपनि पेटमा गोलीका छर्रा लिएरपनि हाँसिरहेका छन् तर नेताहरु कुर्चीको लडाईंमा छन्, केही राजतन्त्र जोगाउन भित्रभित्रै षडयन्त्रमा सकृय छन्' सो मन्‍चका सदस्‍य तथा घाइते सूर्यप्रसाद रेग्मी भन्छन्- 'आन्दोलनमा हामीले आधा शरीर गुमायौं अब गणतन्त्रकालागि हामी पुरा शरीर गुमाउनपनि तैयार छौं, ज्ञानेन्द्रलाई नारायाणहिटीबाट ननिकालुन्‍जेल हामी सभासद्हरुलाईपनि बैठकस्थलबाट बाहिर निस्कन दिने छैनौं ।'

आन्दोलनको अग्रमोर्चामा रहेकाले उनीहरु घाइते भएका थिए । र उनीहरुकै बलिदानबाट आएको हो संविधान सभा । तर संविधान सभामा आन्दोलनकारी पार्टीहरुले न प्रत्यक्षमा कुनै घाइतेलाई उठाए, न समानुपातिकबाट नै ल्याए । आफूहरुलाई सत्तामा पुग्ने भर्याङ्ग बनाइएको र सत्ताको भर्याङ्ग चढिसकेपछि भर्याङ्ग पोलेर खरानी बनाउन खोजिएको आरोप उनीहरुको छ । आन्दोलनका घाइतेहरुको माग पुरा गर्न संविधान सभामा आफूहरुको प्रतिनिधित्वको माग उनीहरुले राखेका छन् । बाँकी २६ जनामा आफ्नो प्रतिनिधित्वको माग गर्नेहरु त धेरै छन् । तर सबैभन्दा धेरै अधिकार आन्दोलनका घाइतेहरुको छ । संविधान सभा उनीहरुको अधिकारको बिषय भएको छ । के सरकारले संविधान सभामा घाइतेहरुका प्रतिनिधिलाई मनोनित गरेर आन्दोलनका घाइतेहरुको सम्मान गर्ला ?

-Sitaram Baral in Kathmandu


जनआन्दोलनका घाइतेहरु


०४६ को आन्दोलनका शहीद रामबहादुर सार्कीका पिता सूर्यबहादुर सार्की, उनीपनि सो कार्यक्रममा उपस्थित थिए। Photos: Sitaram Baral
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®