Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

स्ववियू निर्वाचनको प्रारम्भिक परिणाममा ककस्ले कति क्याम्पस जिते?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

काठमाण्डौं,  21 Mar, 09- स्ववियू निर्वाचनको प्रारम्भिक परिणाममा एमाले निकटको अनेरास्ववियूले ८६ क्याम्पसहरुमा प्यानलसहित विजय हासिल गरेको छ भने नेपाली कांग्रेसनिटक नेबि संघले ५६ क्याम्पसमा विजय हासिल गरेको छ । माओवादी निकट क्रान्तिकारी ५२ क्याम्पसमा विजयी भएको छ ।

सबै क्याम्पसहरुको छाता विश्व विद्यालय त्रिभुवन विश्व विद्यालयमा भने निकै ठूलो मतान्तरकासाथ अखिल क्रान्तिकारी अग्रस्थानमा देखिएको छ । अखिल क्रान्तिकारीका नेताहरुले आफूहरुले पहिलो पटक भाग लिएको स्ववियू निर्वाचनमा प्राप्त परिणामलाई उत्साहबर्धक बताएका छन् ।

स्ववियू निर्वाचनमा पहिलो पटक भाग लिएको क्रान्तिकारीले नेवि संघ र एमाले निकट अखिलका गढका रुपमा चिनिने थुप्रै क्याम्पसहरुमा आफ्नो संगठनको झण्डा फहराएको छ ।

महेन्द्ररत्न, ताहाचल, पाटन संयुक्त क्याम्पस, पुल्चोक क्याम्पसमा आफ्नो विजययात्रालाई एमाले अखिलले कायमै राखेको छ । यी क्याम्पसमा अखिल क्रान्तिकारीले जितको आशा राखेको थियो । यद्यपी महेन्द्ररत्न, ताहाचलमा उपसभापतिलगायत ३ पदमा अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका छन् । एमाले अखिलको गढ मानिएको अमृत साइन्स क्याम्पसमा सभापति र उपसभापति बाहेक सम्पूर्ण पद अखिल क्रान्तिकारीले विजय हासिल गरेको छ ।

अमृत साइन्स क्याम्पसमा आफूले सभापति-उपसभापति विजय हासिल गरेपनि विजुली लाइन गएको मौका पारी धाँधली गरी हराइएको आरोप क्रान्तिकारीको छ । सो क्याम्पस आफ्नो गढ हुँदाहुँदै बिद्रोही उम्मेदवारीका कारण अन्य पदमा पराजित हुनु परेको एमाले अखिलले बताएको छ । उता राजधानीको अर्को महत्वपूर्ण क्याम्पस नेपाल कमर्श क्याम्पस मिनभवनमा एमाले अखिलका बिद्रोही उम्मेदवार तुलसी मैनाली सभापतिमा विजयी भएका छन् । ललितकला क्याम्पसपनि एमाले अखिलकै पोल्टामा गएको छ।

स्थापनादेखि नै नेबिसंघले विजय हासिल गर्दै आएको राजधानीको महत्वपूर्ण क्याम्पस पब्लिक युथमा भने सबैलाई आश्चर्यमा पार्दै अखिल क्रान्तिकारी प्यानलसहित बिजयी भएको छ । विगतमा अखिल-नेविसंघले विजय हासिल गरेको थापाथली इन्जिनियरिङ्गमापनि अखिल क्रान्तिकारीले प्यानलसहित जित हासिल गरेको छ । थलीस्थित इन्जिनियरिङ्ग क्याम्पसको परिणामपनि अखिल क्रान्तिकारीकै पक्षमा गएको छ ।

राजधानीका शंकरदेव, बाल्मिकी, पशुपतिलगायतका क्याम्पसमा नेपाल विद्यार्थी संघले प्यानलसहित जितेको छ । राजधानी बाहिरपनि नेपाल विद्यार्थी संघले बलियो उपस्थिति देखाएको छ । राजधानीभित्र नेवि संघले जित्ने आशा गरेको राजधानीको पद्मकन्या र विश्वभाषामा चुनाव स्थगित छ । दाङ्गको बिजौरीस्थित संस्कृत विश्वविद्यालयको परिणामपनि नेबिसंघकै पोल्टामा गएको छ । निर्वाचनको परिणाम अनुसार नेबि सघ दोश्रो स्थानमा छ ।

राजधानीबाहिरका महत्वपूर्ण क्याम्पसमध्ये दाङ्गको महेन्द्र बहुमुखी क्याम्पस, पूर्वाचलको महेन्द्रमोरङ्ग, आदर्श बहुमुखी क्याम्पस, चितवनको रामपुरस्थित केन्द्रीय कृषि क्याम्पसलगायतका क्याम्पसहरुमा अखिल क्रान्तिकारीले विजय हासिल गरेको छ । चुनाव परिणामलाई अखिल क्रान्तिकारीले महत्वपूर्ण भनेको छ । देशभरका अधिकांस क्याम्पसमा एमाले अखिलले नेबिसंघलगायतका अरु संगठनसँग चुनावी तालमेल नगरेको भए आफ्नै संगठन पहिलो हुने स्थिति रहेको दावीपनि गरेको छ ।
 
'हामी १० बर्षसम्म युद्धमा थियौं हाम्रा धेरै साथीले पढ्न पाएनन् त्यसैले क्याम्पस भर्ना हुनपनि पाएनन्' अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले भने- 'त्यसैले जस्तो परिणाम आएको छ त्यो हाम्रालागि स्वभाविक छ, हामीले थुप्रै क्याम्पस नेबिसंघ र एमालेको हातबाट खोसेका छौं यो नै हाम्रालागि विजय हो, हामीले क्याम्पसमा जित्ने र उनीहरु पराजित हुने क्रम सुरु भएको छ हामी अत्यन्त उत्साहित छौं ।'

देशभरिका चुनावी परिणाममा अखिल क्रान्तिकारी तेश्रो स्थानमा रहेका बेला सबैभन्दा ठूलो र देशभरिको केन्द्रीय क्याम्पस त्रिभुवन विश्व विद्यालयमा भने अखिल क्रान्तिकारीको प्यानल करिव ४ सय भन्दा बढि मतका साथ अग्रस्थानमा देखिएको छ । यसअघि एमाले अखिलको पकडमा रहेको सो विश्वविद्यालयमा अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्माले शनिवार विहानसम्ममा १ हजार १ सय ३२ मत ल्याएर अघि बढ्दैछन् । उनी सो संगठनका महासचिवपनि हुन् ।

त्रिविमा अखिल क्रान्तिकारीको तर्फबाट सचिव पदमा मानुषी यमी भट्टराईले प्रतिस्पर्धा गरेकी छिन् । उनी अर्थमन्त्री डा. बाबुराम भट्टराईकी छोरी हुन् । मानुषी अझ बढि मतान्तरकासाथ अग्रस्थानमा छिन् । त्रिविमा शनिवार विहानसम्म दोश्रो स्थानमा रहेका नेबि संघका सभापतिका उम्मेदवार अन्जान लामाले ७ सय ८ मत ल्याएकी छिन् भने एमाले अखिलका सभापतिका उम्मेदवार बिदुर सुब्बाले ७ सय २ मतमात्र ल्याएका छन् । सुब्बा हालसम्म स्ववियू सचिव छन् ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®