फोरमका थारु नेताले भने "एक मधेश एक प्रदेशको माग मान्य हुन्न"
काठमाण्डौं, December 13, 2008-
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले अझै
एक मधेश एक प्रदेशको माग गरिरहेकै बेला फोरमका थारु नेता भौतिक योजना तथा
निर्माणमन्त्री बिजयकुमार गच्छेदारले एक मधेश एक प्रदेशको माग आफुलाई मान्य
नहुने बताउनु भएको छ ।
मंसिर २८ गते संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारसँग सम्झौंता गर्दा
एक मधेश प्रदेशको माग छोडेकोले आफुहरु त्यसको पक्षमा नरहेको प्रष्ट
पार्नुभयो ।
फोरमका थारु नेता गच्छेदारको यो अभिब्यक्ती थारु आदिबासीले माग गर्दै आएको
थारुहरुको अलग प्रदेश र क मधेश एक प्रदेशको बिरोधको परिणाम मानिएको छ।
नेता गच्छेदारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच गएको फागुन
१६ मा भएको आठ बँदे सम्झौतामा स्वायत्त प्रदेशको कुरा मात्रै रहेको तर एक
मधेस एक प्रदेशको कुरा नरहेको स्पष्ट पार्नुभयो ।
मन्त्री गच्छदारले राजनैतिक रुपमा उठाइएको एक मधेस एक प्रदेशको कुरा
व्यवहारिक रुपमा पुरा गर्न कठिन हुने भएकोले पनि कम औचित्यपुर्ण रहेको
बताउनु भयो ।
उहाँले प्रधानमन्त्रीले फेरि बन्दुक बोक्नु पर्ने अवस्था आउनसक्ने भनी
दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो ।